कर्णाली : मुख्यमन्त्रीमा आलोपालो गर्न माओवादी र एमालेबीच सहमति « Khabarhub

कर्णाली : मुख्यमन्त्रीमा आलोपालो गर्न माओवादी र एमालेबीच सहमति


२७ पुस २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

सुर्खेत– प्रदेश प्रमुख सामु मुख्यमन्त्रीमा दाबी पेश गर्न  एक घण्टा मात्रै बाँकी रहेको समयमा  माओवादी केन्द्र र नेकपा एमालेबीच सहमति भएको छ । केन्द्रमा पाँचै वर्ष माओवादीले सरकारको नेतृत्व गर्ने भनेर सहमति भए पनि कर्णालीमा उक्त सहमति उल्टिएको हो ।

अब कर्णालीमा सुरुमा नेकपा माओवादीका संसदीय दलका नेता राजकुमार शर्मा साढे दुई वर्षका लागि मुख्यमन्त्री बन्नेछन् भने त्यसपछिको साढे दुई वर्ष एमाले संसदीय दलका नेता यामलाल कंडेलले नेतृत्व गर्नेछन् । 

अन्ततः झण्डै सात वर्ष पछि नेता कंडेलको मुख्यमन्त्री बन्ने सपना पुरा हुने निश्चित भएको हो । यो सहमति सँगै दुवै दलका नेताहरू प्रदेश प्रमुखको कार्यालयमा जाने तयारीमा लागेका छन् । आजको केही समय भित्र  प्रदेश प्रमुख सामु शर्माले मुख्यमन्त्रीको दाबी पेश गर्ने छन् ।

प्रकाशित मिति : २७ पुस २०७९, बुधबार  ४ : ४३ बजे

तनहुँमा सुन्तला उत्पादन तथा बिक्रीको विवरण सङ्कलन गरिँदै

तनहुँ– तनहुँस्थित कृषि विकास कार्यालयले जिल्लाभित्र उत्पादित सुन्तलाको विवरण सङ्कलन

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

काठमाडौं – नेकपा (एमाले)को नयाँ नेतृत्वका लागि भएको मतदान सम्पन्न

एउटै वडाका ५३८ घरमा पानीको घारा

बागलुङ– गण्डकी प्रदेश सरकारको सबै घरमा खानेपानीको धारा पु¥याउने अभियानअन्तर्गत

एमाले महाधिवेशनको मतदान सकियो: २२२७ मत खस्यो, ३६ अनुपस्थित

काठमाडौं – बुधबार बिहानदेखि सुरु भएको नेकपा (एमाले)को ११ औं

आज देशभरको मौसम कस्तो रहला ?

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल