गोरखालाई समृद्धिको नमूना जिल्लाका रूपमा विकास गरिने « Khabarhub

गोरखालाई समृद्धिको नमूना जिल्लाका रूपमा विकास गरिने


२७ पुस २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

गोरखा– संघीय सरकारका उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले गोरखालाई समृद्धिको नमूना जिल्लाकारूपमा विकास गर्ने बताएका छन् । गोरखा उद्योग वाणिज्य सङ्घको आयोजनामा गोरखा सदरमुकाममा आजदेखि सुरु भएको ११ औँ गोरखा महोत्सव एवं प्रदेशस्तरीय कृषि, पर्यटन तथा औद्योगिक व्यापार मेला-२०७९ को उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले गोरखाको जनताको अपेक्षाअनुसार जिल्लाको विकास निर्माणको काम अघि बढाइने प्रतिबद्धतासमेत व्यक्त गरे।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँगै गोरखा पुगेका उपप्रधानमन्त्री श्रेष्ठले भने ,’निर्वाचनमा गरेका प्रतिबद्धतालाई पूरा गर्ने गरी काम गर्न प्रधानमन्त्रीले मलाई निर्देशन दिइसक्नुभएको छ, अब त्यसैअनुसार गोरखाको विकास निर्माणको काम अघि बढ्छ ।’ 

उपप्रधानमन्त्री श्रेष्ठले जिल्लाभित्र अधुरा रहेका विकास निर्माणको कामलाई तीव्रता दिइनेसमेत बताए । उनले जनताले तीव्र विकास र आर्थिक समृद्धि चाहेकोले अब पुरानो शैलीमा काम गरेर मात्र नहुने बताए। 

उपप्रधानमन्त्री श्रेष्ठले देशको आर्थिक अवस्थालाई चलायमान बनाउन विभिन्न मेला महोत्सवले महत्त्वपूर्ण भूमिका खेल्ने भन्दै गोरखा उद्योग वाणिज्य सङ्घको आयोजनामा भएको औद्योगिक व्यापार मेलाले गोरखाको आर्थिक विकासमा टेवा  पुर्‍याउने विश्वास व्यक्त गरे ।

प्रकाशित मिति : २७ पुस २०७९, बुधबार  ६ : ०३ बजे

टनकपुर ब्यारेजबाट छिट्टै पानी पाउनेमा विश्वस्त छौं : मन्त्री कुलमान घिसिङ

कञ्चनपुर – ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात

मार्गमात्रै प्रयोग गर्दा शुल्क उठाउन नमिल्ने अर्थ मन्त्रालयको प्रष्टोक्ति

काठमाडौं– अर्थ मन्त्रालयले मालवस्तुको ढुवानीका लागि मात्रै मार्ग प्रयोग गर्दा

पहिलो पाँच महिनामा बागमतीको पुँजीगत खर्च ४.४७ प्रतिशत

बागमती– बागमती प्रदेशले चालु आर्थिक वर्ष (आव)को प्रथम पाँच महिनामा

‘पिकअप भ्यान’ सहित १७६ किलो गाँजा बरामद

वीरगञ्ज– एक सय ७६ किलोग्राम गाँजा बोकेको पिकअप भ्यानसहित पर्सा

एमाले महाधिवेशन : सुरु भयो मतदान

काठमाडौं– नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशन अन्तर्गत नयाँ नेतृत्वका लागि