नेपालको राजनीतिक प्रक्रियामा अमेरिकाको कुनै संलग्नता छैन : अमेरिकी राजदूत थम्पसन « Khabarhub

नेपालको राजनीतिक प्रक्रियामा अमेरिकाको कुनै संलग्नता छैन : अमेरिकी राजदूत थम्पसन


२७ पुस २०७९, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपालमा विदेशी शक्तिको प्रभाव बढिरहेको चर्चाबीच नेपालका लागि अमेरिकी राजदूत डिन आर थम्पसनले नेपालको राजनीतिक प्रक्रियामा अमेरिकाको कुनै संलग्नता नरहेको स्पष्ट पारेका छन् । बुधबार सञ्चारकर्मीसँग कुराकानी गर्दै राजदूत थम्पसनले नेपालको राजनीतिक प्रक्रियामा अमेरिकी संलग्नता नरहेको स्पष्ट पारेका हुन् ।

अमेरिका नेपालमा द्विपक्षीय एवम् कूटनीतिक प्रक्रियामा मात्र संलग्न नरहेको बताउँदै नेपालले आफ्नो निर्णय आफैँ गर्नुपर्ने धारणा राखे । उनले मिलेनियम च्यालेन्ज कर्पोरेसन एमसीसीको कार्यान्वयन आफ्नो कार्यकालको सबैभन्दा महत्वपूर्ण प्राथमिकता रहने समेत उल्लेख गरे ।

निर्धारित समयसीमामा एमसीसीका परियोजना सम्पन्न गर्न हालै गठन भएको संघीय एवम् स्थानीय सरकारको सहयोग आवश्यक पर्ने बताउँदै उनले सबै पक्षबाट सहयोगको अपेक्षा गरेको पनि बताए । उनले एमसीसीका परियोजनाबाट नेपालमा १० हजार रोजगारी सिर्जना हुने उल्लेख गर्दै यसको वास्तविक परिणामबारे नेपाली जनता जानकार हुनुपर्ने बताए ।

एमसीसी परियोजना कार्यान्वयनका क्रममा रातमाटे र अन्य केही स्थानमा विरोध भइरहेकोतर्फ सङ्केत गर्दै राजदूत थम्पसनले यस किसिमको विरोधबाट ‘परियोजना कार्यान्वयन गर्ने हाम्रो अपेक्षामा ह्रास नआउने’ स्पष्ट पारे । उनले कुनै पनि बहानामा अमेरिकी सेना वा अरु सुरक्षाकर्मीहरु नेपाल नआउने पनि प्रष्ट पारे ।

६३ करोड अमेरिकी डलर बराबरको परियोजना कार्यान्वयन गर्नका लागि गठित मिलेनियम च्यालेन्ज अकाउन्ट (एमसीए) नेपालले यसबारे सूचना समेत सार्वजनिक गरिसकेको छ । यस परियोजनामा लप्सीफेदी–रातमाटे–हेटौँडा ४०० केभी प्रसारण लाइन, रातमाटे–दमौली ४०० केभी प्रसारण लाइन, दमौली–बुटवल ४०० केभी प्रसारण लाइन र बुटवल नेपाल/भारत सीमा ४०० केभी प्रसारण लाइन निर्माण हुनेछ ।

सञ्चारकर्मीसँगको कुराकानीका क्रममा राजदूत थम्पसनले अमेरिकाले भारतीय दृष्टिबाट नेपाललाई हेर्ने दाबीको पनि खण्डन गरे । उनले नेपाललाई हेर्ने अमेरिकाको दृष्टिकोण द्विपक्षीय सम्बन्धमा आधारित रहेको उल्लेख गरे ।

स्टेट पार्टनरसिप प्रोग्राम एसपीपीबारे सोधिएको प्रश्नमा उनले यस कार्यक्रममा सहभागी हुन नेपालले चासो वा चाहना देखाएको भन्दै अमेरिकाले यसको सम्मान गर्ने उल्लेख गरे । उनले यस कार्यक्रमबाट मानवीय सहायता र विपद प्रतिकार्यमा अमेरिकाले सघाउने र यसको अभ्यास र तालिमका लागि नेपाली सेनासँग सहकार्य गरिने समेत उल्लेख गरे ।

उनले विपदका बेला अमेरिकाले सैनिक सम्बन्धका आधारमा नेपाललाई निरन्तर सहयोग गरिरहने बताए ।

प्रकाशित मिति : २७ पुस २०७९, बुधबार  ६ : ४२ बजे

शुक्रबारसम्म ११ खर्ब १२ अर्ब राजश्व संकलन, पूँजीगत खर्च करिब ३५ प्रतिशत

काठमाडौं– चालु आर्थिक वर्ष पूरा हुन १९ दिन बाँकी हुँदा

तीन महिनादेखि निःशुल्क वितरण गरिने औषधिको अभाव

काँक्रेविहार– सल्यानका अस्पताल तथा स्वास्थ्य संस्थामा तीन महिनादेखि निःशुल्क वितरण

अमेरिकी आक्रमणपछि इरानको जवाफी हमला, सैन्य अड्डा निशानामा

 एजेन्सी – इस्लामिक रिभोलुसनरी गार्ड कप्र्स (आईआरजीसी) इरानी तटीय क्षेत्रहरूमा

अमेरिका-इरान तनावले मध्यपूर्व युद्धविराममा चुनौती

एजेन्सी– अमेरिकाले ‘स्ट्रेट अफ हर्मुज’ मा व्यावसायिक कार्गो जहाजमाथि इरानले

कति राम्रो ‘हेलम्बु हिमालयन ग्रेट ट्रेल’ (तस्बिरहरू)

काठमाडौं- सिन्धुपाल्चोकको हेलम्बु पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटकको आकर्षक गन्तव्यका