‘राम्रोसँग ब्रस नगर्दा दाँत र गिजामा समस्या’ | Khabarhub Khabarhub

‘राम्रोसँग ब्रस नगर्दा दाँत र गिजामा समस्या’

दिनमा दुई पटक अनिवार्य ब्रस गर्नुपर्छ



विस्तारै मानिस मुखको स्वास्थ्यबारे सचेत हुन थालेका छन्। पछिल्लो समय गिजामा धेरै समस्या देखिन थालेको चिकित्सकले बताएका छन्। दाँतलाई राम्रोसँग हेरचाह नगर्दा धेरै समस्या देखिन थालेको उनीहरुको भनाइ छ। मुख स्वास्थ्यको महत्तवपूर्ण भाग गिजा र दाँतको समस्या समाधान कसरी गर्ने ? उपचारको पद्धति कस्तो छ ? यसै विषयमा आधारित रहेर दन्त चिकित्सक डा. किरण आर्चायसँग खबरहबका लागि विना न्यौपानेले गरेको कुराकानीको सम्पादित अंशः

मुख स्वास्थ्यको महत्त्वपूर्ण भाग गिजामा कस्तो कस्तो समस्या देखा पर्छ ?
दाँत र मुखलाई कसैले पनि धेरै ध्यान दिँदैनन्। गाउँघरमा सामान्य सूर्ती वा खैनी जे पाइन्छ त्यो च्यापेर राख्ने गरेको पाइन्छ। तर उहाँहरूलाई सूर्ती र सुपारीले के असर गर्दछ भनेर थाहा हुँदैन। यसरी सूर्ती र सुपारी खाने बानीले दाँतको बाहिरी भागमा सबै फोहोर जम्मा हुन्छ। यसका अतिरिक्त जुनसुकै खानेकुरा खाएपछि खुला नगरे वा दाँत नमाझेमा दाँतमा फोहोर जम्मा हुन्छ। यो बढ्दै गयो भने गिजामा असर गर्छ। गिजाहरू सुनिन सक्ने अवस्था र दाँतहरू हल्लिन सक्ने अवस्था सिर्जना हुन्छ। मुखमा खानेकुरा अड्किएपछि पहिलो असर भनेको गिजामा नै देखिन्छ। त्यसले एउटा दाँतलाई सर्पोट गर्ने बोनमा असर गर्दछ। हाम्रो समाजमा दाँत सफा गर्नुपर्छ भन्ने भन्दा पनि सफा गरेपछि हल्लिन्छ भन्ने गलत बुझाइ रहेको छ।

धेरै ब्रस गरेर स्कीलिनिङ गर्दा पनि दाँतलाई असर गर्ने हो र ?
यो भनेको उमेर अनुसार फरक हुन्छ। त्यसैले ब्रस गर्ने तरिका नमिलेर समस्या आउने हो। सफा गर्दा असर हुन्छ भन्न मिल्दैन।

कसरी ब्रस गर्ने त ?
अहिले सबै मान्छेहरू पढेलेखेको हुनुहुन्छ। ब्रसको पछाडि हेर्दा सफ्ट वा मिडियम भनेको हुन्छ। त्यो प्रयोग गर्नु पर्दछ। दाँत माझ्दा कहिल्यै हार्ड ब्रस प्रयोग गर्नु हुँदैन। हार्ड ब्रस एउटा मार्केटिङको लागि सस्तो बनाइएको हो। त्यो प्रयोग गर्नु हुँदैन। नरम ब्रस आदि गिजामा र आदि दाँतमा गरेर माझ्दा दुई दाँतको बीचको फोहोर निस्किन्छ। गिजामा पनि मसाज पुग्छ। भित्री तहको सफा गर्दा हामीले छड्के पारेर ब्रस गर्नु पर्दछ। धेरै किरा लाग्ने भनेको पछाडिको बंगारा हो। हामीले बाहिर देखिने भागमा मात्र ब्रस गर्छौ। दिनमा दुई पटक बिहान, केही खाएपछि वा बेलुका सुत्नु भन्दा अगाडि ब्रस गर्नु पर्दछ। ब्रस गरेको दुई घण्टासम्म केही नखाने। केही टाँसिने खालको खाना खाएपछि कुल्ला गरिहाल्नुपर्छ।

कुन मन्जनको प्रयोग गर्ने त ?
कोलगेट दियो भने मान्छे अन्धाधुन्ध यो राम्रो हो भन्नुहुन्छ। एक सय पीपीएस फ्रोराई भएको जुनसुकै मञ्जन चलाए हुन्छ। अहिले सेन्सोडाइन राम्रो भनेर धेरै प्रयोग भएको पाइन्छ। दाँतमा सेन्सेटिभिटी भयो भने मात्र सेन्सोडाइन प्रयोग गर्नु पर्दछ। त्यसैले डाक्टरको सल्लाह लिएर मात्र सेन्सोडाइन प्रयोग गर्नु भन्छु।

दाँतमा कुनै पनि समस्या नआओस् भनेर के के कुरामा ध्यान दिने ?
ब्रस राम्रोसँग गर्नु पर्दछ। जसले गर्दा दाँतमा किरा लाग्दैन। ६ महिनाको फरकमा जाँच गर्नु पर्दछ। हामीले खाएको खाना अड्किएर दाँतमा समस्या हुन्छ। हामीले खाएको खाना दाँतमा जम्मा भएर एसिड बनाउँछ। त्यो एसिडले दाँतलाई खियाउँछ र दाँतको पहिलो सतह इनामेललाई खियाएर किरा लाग्ने हुन्छ।

दाँत बाहिर इनामेल लगाउने कस्तो हो त ?
इनामेल भनेको एउटा भेनिएर भन्ने पाइन्छ। त्यो दाँत कलरको हुन्छ। त्यो दाँतको बाहिरी भागमा लगाइन्छ र त्यसले इनामेलको काम गर्दछ। यो बिरामीले गर्ने ब्रसको तरिका, खाना लगायतले कति टिक्छ भन्ने कुरा निर्धारण गर्दछ। कसैको पाँच वर्ष पनि टिकेको छ। कसैको १० वर्ष पनि टिकेको छ।

गिजामा अरू के के समस्या आउँछ ?
सबै भन्दा कमन समस्या भनेको गिजाबाट रगत आउने हो। चपाएर खाने कुराले गिजामा घोचेर सुनिएर रगत आउने हुन्छ।

सुनिएको कारणले नै रगत आएको भन्न सकिन्छ वा अरू कारण हुन्छ ?
अरू पनि इतिहास हुन्छ। कसैमा हेमोफिलिया भन्ने डिजिज हुन्छन्। बिरामीलाई अरु समस्या पनि हुनसक्छ।

अहिले तपाईंको अनुभवले कस्तो कस्तो मान्छेमा धेरै समस्या देखिएको छ ?
यो प्राय १७ देखि ३२ वर्षसम्मका युवामा देखिएको छ। ब्रस गर्न नजानेर, सफ्ट ब्रसको प्रयोग नगरेर पनि यो उमेरकालाई धेरै भएको छ।

यो समस्या भएकोले के के कुरामा ध्यान दिने त ?
नियमित रूपमा डेन्टिसकोमा गएर जाँच गर्नु पर्दछ। डाक्टरले के कारणले भएको पत्ता लगाएर कुन उपचारको प्रक्रियामा जाने सल्लाह गर्नुपर्छ।

कतिपयले नियमित रूपमा जाँच गर्दा पनि अहिले काम नलाग्ने भयो भन्नु हुन्छ के हो त ?
दाँतलाई गिजा र हड्डीले नै छोडेको छ भने कुनै पनि उपचार लाग्दैन। दाँत झर्छ। तर दाँतलाई हड्डीले नै राम्रोसँग समाएर राखेको छ भने त्यो दाँत सुरक्षित हुन्छ।

यो गिजाको समस्याले अरू रोग निम्त्याउन सक्ने सम्भावना कतिको हुन्छ ?
हामीले डेन्टल भाषामा जिन्जेबाइटिस भन्छौ। यो पहिला गिजामा देखिन्छ र पछि त्यो एल्बेरो बोनमा जान्छ। विस्तारै यो समस्या हड्डीसम्म पुग्छ। हड्डीसम्म समस्या पुग्यो भने हामीले दाँत निकाल्नु पर्ने हुन्छ।

दाँतले गर्दा शरीरको अरू भागमा असर गर्दछ कि गर्दैन ?
अवश्य असर गर्दछ। हामीले जुन कुरा खान्छौँ र दाँतले राम्रो सँग चपाएर खाना मिल्दैन भने समस्या सुरु भइहाल्छ। यसको पहिलो असर पाचन प्रक्रियामा हुन्छ।

छालामा रगत र पिप आयो भने क्यान्सर हुन्छ कि हुँदैन ?
केयर गरेन भने ओरल क्यान्सर हुनसक्छ। सूर्ती, गुट्का धेरै खाने मान्छेलाई ओरल क्यान्सर हुन्छ। यसको पहिला नै संकेत देखा पर्दछ । त्यसमा मुखको भित्र गालाको भाग नरम हुँदै जान्छ। त्यसैले यस्तो लक्षण देखा परेको छ भनेर तुरुन्त जाँच गरिहाल्नु पर्दछ।

यस्तो समस्या न निम्त्याउन के के कुरामा ध्यान दिने त ?
सुपारी, पान, गुट्का खानु हुँदैन। दिनमा दुई पटक ब्रस अनिवार्य गर्नुपर्छ। ६ महिनाको फरकमा दाँतको जाँच गर्नुपर्छ। राज्यको स्तरबाटै दाँत सफाइका लागि अभियान पनि चलाउनुपर्छ यसले जनचेतना बढ्छ।
प्रस्तुति : पुष्पाञ्जली बस्नेत

 

प्रकाशित मिति : २८ पुस २०७९, बिहीबार  ७ : ४४ बजे

दलभन्दा देशमाथि छ भन्ने कुरालाई आत्मसाथ गरौँ  : शेखर कोइराला

काठमाडौं– नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले राष्ट्र नै नरहे

सुर्खेतस्थित मालपोत कार्यालयमा आगलागी

सुर्खेत– सुर्खेतस्थित मालपोत कार्यालयमा आगलागी भएको छ। वीरेन्द्रनगर(७, स्थित मालपोत

अन्नपूर्ण आधार शिविरमा म्याग्दीका जनप्रतिनिधि र सुरक्षा अधिकारीको समन्वय बैठक

म्याग्दी– समुद्री सतहदेखि चार हजार एक सय मिटर उचाइमा अवस्थित

मधेसका जनताप्रतिको जिम्मेवारी भुलेको छैनः प्रधानमन्त्री

सर्लाही– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मधेसका जनताप्रतिको सम्मान र

भारत विदेशीलाई घृणा गर्ने मुलुक होइन : विदेशमन्त्री जयशंकर

नयाँदिल्ली– भारतका विदेशमन्त्री एस. जयशंरले भारत विदेशीलाई घृणा गर्ने मुलुक