विश्व इतिहासमा आजः माइक्रोसफ्टको स्थापनादेखि ट्रम्पमाथि महाअभियोगसम्म « Khabarhub

विश्व इतिहासमा आजः माइक्रोसफ्टको स्थापनादेखि ट्रम्पमाथि महाअभियोगसम्म


२९ पुस २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

आज १३ जनवरी। आज विश्व इतिहासमा विभिन्न सामाजिक तथा राजनीतिक घटनाक्रम विकसित भएका थिए। प्रस्तुत छ इतिहासमा आज भएका केही घटनाः

एल सालभाडोरको विनाशकारी भूकम्प
सन् २००१ मा मध्ये अमेरिकी देश एल साल्भाडोरमा शक्तिशाली भूकम्प गएको थियो। १३ जनवरीमा गएको सो भूकम्प देशकै विनाशकारी भूकम्पमध्येको एक थियो।

भूकम्पमा परेर एक हजार जनाको मृत्यु हुनुका साथै ३१५ जना घाईते भएका थिए। ठीक एक महिनापछि अर्को शक्तिशाली भूकम्प जाँदा ३१५ जनाको मृत्यु भएको थियो।

माइक्रोसफ्टको स्थापना
आज नै अमेरिकाका धनाढ्य तथा माइक्रोसफ्टका मालिक बिल गेट्सले माइक्रोसफ्टको सीईओबाट राजीनामा दिएका थिए। पाउल एलनसँग मिलेर सन् १९७५ मा गेट्सले माइक्रोसफ्ट स्थापना गरेका थिए।

इटालीको विनाशकारी भूकम्प
आज नै अर्थात सन् १९१५ मा इटालीमा शक्तिशाली भ्रकम्प गएको थियो। इटालीको इतिहासमै सवैभन्दा विनाशकारी मानिएको सो भूकम्पमा परेर कम्तीमा ३० हजार जनाको मृत्यु भएको थियो। भूकम्पबाट राजधानी रोमबाट १०० किलोमिटर पूर्वमा रहेको एभेजानो सहर नराम्रोसँग प्रभावित भएको थियो।

ट्रम्पमाथि महाअभियोग
सन् २०२१ को १३ जनवरीमा अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पमाथि माथिल्लो सदन हाउस अफ रिप्रिजेन्टेटिभले महाअभियोग लगाएको थियो। माथिल्लो सदनबाट दुई पटक महाअभियोग लाग्ने उनी अमेरिकाकै पहिलो राष्ट्रपति हुन्।

सन् २०२० को राष्ट्रपति निर्वाचनमा जोन बाइडेनसँग पराजित भएपछि उनका समर्थकले मतपरिणाम अस्वीकार गर्दै संसद बैठक चलिरहेको स्थान क्यापिटोलमा हुलदंगा मच्चाएका थिए।

प्रकाशित मिति : २९ पुस २०७९, शुक्रबार  ६ : ४६ बजे

झण्डै दोब्बरले बढ्यो घरजग्गा कारोबार, पुँजीगत लाभकर पनि दोब्बर

काठमाडौं– चालु आर्थिक वर्षको कात्तिक महिनाको तुलनामा मंसिर महिनामा नेपालमा

वीरगञ्ज भन्सारबाट पाँच महिनामा ९६ अर्ब ३८ करोड राजस्व सङ्कलन

वीरगञ्ज– वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको पाँच महिनामा ९६ अर्ब

युके पठाउने भन्दै ५२ लाख ठगी गरेको आरोपमा एकजना पक्राउ

काठमाडौं– वैदेशिक रोजगारीका लागि युके पठाउने भन्दै ५२ लाख रुपैयाँ ठगी

भेनेजुएलामाथि दबाब कडा पार्दै ट्रम्पद्वारा प्रतिबन्धित तेल ट्याङ्कर अवरुद्ध गर्ने आदेश

वासिङ्टन– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मङ्गलबार भेनेजुएलामा जाने र त्यहाँबाट

रौनित साह एमाले केन्द्रीय सदस्यमा निर्विरोध निर्वाचित

काठमाडौं – नेकपा (एमाले)को ११ औं महाधिवेशनमा मधेसी युवा क्लस्टरबाट