ट्रक र पिकअप गाडी ठक्कर खाँदा एक जनाको मृत्यु « Khabarhub

ट्रक र पिकअप गाडी ठक्कर खाँदा एक जनाको मृत्यु


२९ पुस २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


9
Shares
  • change font
  • change font
  • change font

नवलपुर – नवलपरासी (बर्दघाट सुस्तपश्चिम)को सुनवलमा आज बिहान ट्रक र पिकअप गाडी एकापसमा ठक्कर खाँदा एक जनाको मृत्यु भएको छ । अर्का एक गम्भीर घाइते भएका छन् ।

पूर्वपश्चिम राजमार्गअन्तर्गत सुनवल नगरपालिका–४ स्थित अल्कत्रेडाँडामा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना४च ९६३१ नंको पिकअप र विपरीत दिशाबाट आउँदै गरेको ना५ख ९७१५ नंको कोइला बोकेको ट्रक एकापसमा ठक्कर खाँदा उक्त दुर्घटना भएको हो ।

दुर्घटनामा गम्भीर घाइते भएका पिकअप चालक चितवन भरतपुर महानगरपालिका–१४ का ५२ वर्षीय राजकुमार विकको पृथ्वीचन्द्र अस्पताल परासीमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय परासीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक भोजराज पाण्डेयले जानकारी दिए ।

दुर्घटनामा घाइते भरतपुर महानगरपालिका–२३ का २५ वर्षीय शिव श्रेष्ठको देवदह मेडिकल कलेजमा उपचार भइरहेको छ । उनको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ । प्रहरीले ट्रक चालक मकवानपुरको मनहरि गाउँपालिका–३ का ४८ वर्षीय कान्छा तामाङलाई पक्राउ गरेको छ ।

प्रकाशित मिति : २९ पुस २०७९, शुक्रबार  ९ : ४७ बजे

भरतपुरस्थित क्यान्सर अस्पताललाई चीनबाट सवारीसाधन सहयोग

काठमाडौं– नेपालस्थित चिनियाँ दूतावासले चितवनको भरतपुरस्थित बीपी कोइराला मेमोरियल क्यान्सर

नेपाल–चीन आर्थिक सहकार्यमा जोड

काठमाडौं– अर्थमन्त्री रामेश्वर खनालले नेपाल–चीन आर्थिक सहकार्य र लगानी वृद्धिमा

आईपीएल अक्सन : क्यामरुन ग्रीनले बनाए महंगो खेलाडीको कीर्तिमान, कुन खेलाडी कतिमा बिके ?

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपीएल) २०२६ को अक्सनमा अष्ट्रेलियाका

पोखरा महानगरले आज ६७औँ स्थापना दिवस मनाउँदै

कास्की– कास्कीको पोखरा महानगरपालिकाले आज ६७औँ स्थापना दिवस मनाउँदै छ

कोपा डेल रे : बार्सिलोनाको सहज जित

काठमाडौं – स्पेनिस कप प्रतियोगिता कोपा डेल रेमा बार्सिलोनाले सहज