‘सुशासन र समृद्धिको मुद्दामा राष्ट्रिय सहमति आवश्यक’ « Khabarhub

‘सुशासन र समृद्धिको मुद्दामा राष्ट्रिय सहमति आवश्यक’


२९ पुस २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सांसदले राष्ट्रिय एकता कायम गर्दै मुलुकमा सुशासन र समृद्धि हासिल गर्नुपर्नेमा जोड दिएका छन् । राष्ट्रियसभाको आजको बैठकको विशेष समयमा बोल्दै उनीहरूले विगतमा सबै राजनीतिक दलले अघि सारेको साझा ‘एजेण्डा’ मा राष्ट्रिय सहमति कायम गरेर अगाडि बढ्नुपर्छ भने ।

बैठकमा नेकपा (माओवादी केन्द्र) का जगप्रसाद शर्माले देशमा सुशासन कायम गर्ने सबै राजनीतिक दलले अघि सारेको साझा ‘एजेण्डा’ सुशासन र समृद्धिको मुद्दाले सार्थकता नपाएको जनाउँदै संविधान बनाउँदा कायम भएको राजनीतिक सहमतिलाई कायम राख्न आग्रह गरे । नेपाली कांग्रेसका जितेन्द्रनारायण देवले मुलुकको संविधान र नेपाली राजनीतिलाई सम्भावित दुर्घटनाबाट जोगाउन कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई विश्वासको मत दिएको उल्लेख गरे । 

नेकपा (एमाले) का सांसद भैरवसुन्दर श्रेष्ठले लोकतन्त्रको सुन्दर पक्ष प्रतिपक्ष भए पनि कांग्रेस प्रतिपक्षको भूमिकामा बस्न चुकेको बताए । उनले गठबन्धन सरकारको भावनाअनुरुप सहमतिका आधारमा ल्याइएको न्यूनतम साझा कार्यक्रमको प्रभावकारी कार्यान्वयन गरिनुपर्ने खाँचो औँल्याए ।

नेकपा (एकीकृत समाजवादी) का जयन्तीदेवी राईले लामो सङ्घर्षबाट प्राप्त संघीय लोकतन्त्रमाथिनै खतराको संकेत रहेकाले आफ्नो पार्टीले वर्तमान सरकारलाई समर्थन गरेको बताए । बैठकमा जनता समाजवादी पार्टीका मोहम्मद खालिदले राष्ट्रिय सहमति कायम गरेर विकास र समृद्धिको यात्रामा अघि बढ्नुपर्नेमा जोड दिए ।

प्रकाशित मिति : २९ पुस २०७९, शुक्रबार  ३ : १८ बजे

किमाथाङ्का अरुण आयोजनाको काम तत्काल अगाडि बढाउन ऊर्जामन्त्री घिसिङको निर्देशन

काठमाडौं – किमाथाङ्का अरुण जलविद्युत आयोजना स्वदेशी पूँजीमा निर्माण गर्ने

कांग्रेस बैठक सर्‍यो : के छन् एजेन्डा ?

काठमाडौं – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक सरेको छ

कार्की आयोगमा ओलीले दिएको जवाफका पाँच बुँदा

काठमाडौं – भदौ २३ र २४ गतेको घटनाको विषयमा जाँचबुझ

लागुपदार्थसहित टिकट काउन्टरका सात कर्मचारी पक्राउ

काठमाडौं – काठमाडौं महानगरपालिका–१४ बल्खुस्थित सुमो तथा इभी भ्यानको टिकट

आदिवासी जनजाति महोत्सवः नमुना घर निर्माण

तनहुँ – नेपाल आदिवासी जनजाति महासङ्घ तनहुँको आयोजनामा पुस २४