राष्ट्रिय भलिबल : त्रिभुवन आर्मी सेमिफाइनलमा प्रवेश « Khabarhub

राष्ट्रिय भलिबल : त्रिभुवन आर्मी सेमिफाइनलमा प्रवेश


२९ पुस २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सातौँ संस्करणको राष्ट्रिय महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिपमा विभागीय टोली त्रिभुवन आर्मी क्लबले सशस्त्र प्रहरी बल (एपिएफ)लाई पराजित गर्दै सेमिफाइनलमा पुगेको छ । 

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा आज भएको खेलमा आर्मीले समूहको अन्तिम खेलमा एपीएफलाई ३-२ को सेटमा पराजित गर्दै सेमिफाइनल यात्रा तय गरेको हो । यस खेलसँगै उक्त च्याम्पियनसिपअन्तर्गत महिलातर्फ खेलको सेमिफाइनल समीकरण पूरा भएको छ ।

खेलमा पहिलो सेट आर्मीले २५-२० ले जितेको थियो । तर दोस्रो र तेस्रो सेट एपिएफले क्रमशः २५-१९ र  २५-१३ ले जितेको थियो । तर आर्मीले चौथो र पाँचौ सेटमा क्रमशः २५-२२१५-५ को जित निकाल्दै आर्मी समूह विजेता बन्यो भने एपीएफ उपविजेता बन्यो । अब सेमिफाइनलमा आर्मीले न्यू डायमन्ड युथ स्पोर्ट्स क्लबको सामना गर्नेछ । त्यस्तै अर्को सेमिफाइनल खेलमा एपीएफ र नेपाल पुलिस क्लब भिड्नेछन् । 

दुवै सेमिफाइनल खेल भोलि हुनेछन् । च्याम्पियनसिपको महिला र पुरुषतर्फको विजेता टोलीले रु चार लाख पाउनेछ भने उपविजेताले रु दुई लाख तेस्रो हुने टोलीले रु एक लाख पाउने आयोजकले जानकारी दिएको छ । 

प्रकाशित मिति : २९ पुस २०७९, शुक्रबार  ४ : १० बजे

सुनको मूल्यमा भारी वृद्धि, कतिमा भइरहेछ कारोबार ?

काठमाडौँ– नेपाली बजारमा सुनचाँदीको मूल्यमा भारी वृद्धि भएको छ ।

इरानी आक्रमणको डरले गाडी बोक्ने विमान चढेर ट्रम्प बेलायत पुगेको खुलासा

वाशिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गत महिना टर्कीबाट बेलायत जाने

सीटीईभीटीका करार र ज्यालादारी श्रमिकबाट धर्ना (तस्बिरहरू)

भक्तपुर– प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) का करार,

कोलम्बियामा ७.४ म्याग्निच्युडको भूकम्प: मृतकको संख्या १३२ पुग्यो, ४८० भन्दा बढी घाइते

बोगोटा – कोलम्बियामा विगत केही वर्षयताकै शक्तिशाली भूकम्प जाँदा कम्तीमा

स्रोत नखुलेको ५२ लाख बढी रकमसहित चारजना पक्राउ

पर्सा– प्रहरीले स्रोत नखुलेको ५२ लाख ५० हजार रुपैयाँसहित चार