हत्याका फरार अभियुक्त १८ वर्षपछि पक्राउ « Khabarhub

हत्याका फरार अभियुक्त १८ वर्षपछि पक्राउ


२९ पुस २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बुटवल– रुपन्देहीको मायादेवी गाउँपालिका-७ का भीम बहादुर यादवको हत्या आरोपितलाई प्रहरीले पक्राउ गरेको छ । मायादेवी घर भई ललितपुर महानगरपालिका–२५ नख्खुडोल भैंसेपाटी बस्ने ४३ वर्षीय गोकुल यादव भनिने रामनरेश यादवलाई केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगन्जले शुक्रबार पक्राउ गरेको हो ।

घटनापछि लुकिछिपी बसेका यादव १८ वर्षपछि पक्राउ परेका हुन् । उनीमाथि २०६१ वैशाख २८ गते राति भीम बहादुरलाई कुटपिट तथा छुरासमेत प्रहार गरी हत्या गरेको आरोप छ । 

प्रहरीले अभियुक्तलाई आवश्यक कारबाहीको लागि शुक्रबार नै जिल्ला प्रहरी कार्यालय रूपन्देहीमा पठाएको रूपन्देही प्रहरी नायब निरीक्षक किरण केसीले बताए ।

प्रकाशित मिति : २९ पुस २०७९, शुक्रबार  ६ : ५१ बजे

अमेरिका-साउदीले गरे आणविक सम्झौता: ऊर्जा सहकार्य कि नयाँ सुरक्षा जोखिम ?

काठमाडौँ – अमेरिका र साउदी अरेबियाबीच एक महत्त्वपूर्ण परमाणु सम्झौतामा

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौँ – २०८३ साल साउन ७ गते बिहीबार सन् २०२६

आज २०८३ साल साउन ७ गते बिहीबारको राशिफल

काठमाडौँ – २०८३ साल साउन ७ गते बिहीबार सन् २०२६

पूर्वी अफगानिस्तानमा बाढीबाट ४० भन्दा बढीको मृत्यु

काबुल – पूर्वी अफगानिस्तानमा भारी वर्षापछि आएको आकस्मिक बाढीमा परी