रेसुङ्गा नगरपालिकाद्वारा पशु बीमा सम्झौता « Khabarhub

रेसुङ्गा नगरपालिकाद्वारा पशु बीमा सम्झौता


२९ पुस २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

तम्घास – गुल्मीको रेसुङ्गा नगरपालिका र अजोड इन्स्योरेन्स लिमिटेड गुल्मी शाखाबीच पशु बीमासम्बन्धी सम्झौता गरिएको छ। रेसुङ्गा नगरपालिका पशु विकास शाखाको आर्थिक वर्ष २०७९/०८० को स्वीकृत कार्यक्रमअनुसार नगरपालिकाअन्तर्गत सबै वडामा रहेका पशुहरूको बीमा सम्झौता गरिएको हो ।

रेसुङ्गा नगरपालिकामा रहेका गाई, भैँसी, बाख्रा भेडाहरूको पशु बीमा गरिएको हो । सम्झौताअनुसार प्रति गाई भैंसी बीमाका लागि रेसुङ्गा नगरपालिकाले ५० प्रतिशत बीमा शुल्क उपलब्ध गराउने छ । बाँकी रकम किसान स्वयंले उठाउनुपर्ने सम्झौतामा उल्लेख छ ।

विभिन्न रोग तथा दैवी प्रकोपवाट पशु चौपायाको क्षति हुँदै आएको अवस्थामा कृषकको सहजताका लागि नगरपालिकाले पशु बीमा कार्यक्रम ल्याएको नगरपालिका प्रमुख खिलध्वज पन्थीले बताए ।

सम्झौतापत्रमा अजोड इन्स्योरेन्स लिमिटेड गुल्मीका शाखाका प्रमुख सन्तोष न्यौपाने र रेसुङ्गा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिप्रसाद अर्याल तथा पशु शाखा प्रमुख रुमाखर मरासिनीले हस्ताक्षर गरेका छन् । नगरपालिकाले सुरु गरेको पशु बिमा कार्यक्रमबाट किसानलाई पनि ठूलो राहत पुग्ने बताइएको छ ।

प्रकाशित मिति : २९ पुस २०७९, शुक्रबार  ८ : ५१ बजे

डीएनए विश्लेषणदेखि शव व्यवस्थापनमा विदेशी सहयोग माग्दै सरकार

काठमाडौं- सुरुङमा फसेका व्यक्तिको खोज तथा उद्धारलाई प्रभावकारी बनाउन सरकारले मित्रराष्ट्रहरूसँग

बाढीपीडितलाई एक्सपर्ट फाउन्डेशनको २० लाख सहयोग

काठमाडौं- रसुवा जिल्लाको भोटेकोशी नदीमा आएको भीषण बाढीबाट प्रभावित नागरिकको उद्धार,

बाढीपीडितलाई पाँच लाख ५१ हजार सहयोग

मुस्ताङ- रसुवाको भोटेकोशी बाढी प्रभावित क्षेत्रमा उद्धार तथा राहतका लागि मुस्ताङको

शिक्षा क्षेत्रमा समानुपातिक बजेट विनियोजन गरिन्छ : मुख्यमन्त्री भट्ट

सुदूरपश्चिम– सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले गुणस्तरीय शिक्षा सुधारका लागि

उद्धार गरिएका व्यक्ति र शव घरसम्म पुर्‍याउने खर्च प्रदेश सरकारले बेहोर्ने

हेटौँडा- भोटेकोशी बाढी प्रभावित क्षेत्रबाट उद्धार गरिएका व्यक्ति तथा पहिचान भएका