भारत र एडीबीबीच १ अर्ब २२ करोड डलर बराबरको ऋण सम्झौतामा हस्ताक्षर « Khabarhub

भारत र एडीबीबीच १ अर्ब २२ करोड डलर बराबरको ऋण सम्झौतामा हस्ताक्षर


२९ पुस २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– भारत सरकार र एसियाली विकास बैंक एडीबीबीच १ अर्ब २२ करोड अमेरिकी डलर बराबरको ऋण सम्झौतामा हस्ताक्षार भएको छ ।

भारतको आर्थिक पत्रिका इकोनोमिक टाइम्सको अनलाइन संस्करणले जनाएअनुसार मुलुकका विभिन्न क्षेत्रमा विकासका पूर्वाधार निर्माणका लागि उक्त रकम बराबरको ऋण सम्झौता भएको हो ।

भारतका विभिन्न राज्यमा ऊर्जा, सडक सञ्जाल, रेलमार्गजस्ता पूर्वाधारको निर्माणका लागि ऋण लिन लागिएको भारतीय वित्त मन्त्रालयले जनाएको छ ।

ऋणबाट प्राप्त रकम पूर्वोत्तर राज्यहरु असम र त्रिपुरामा राजमार्ग र ऊर्जासम्बन्धी परियोजना निर्माण, दक्षिणी सहर चेन्नईमा मेट्रो रेल र पश्चिमी राज्य महाराष्ट्रका महत्वपूर्ण आर्थिक क्षेत्रको विकासमा लगानी गरिने वित्त मन्त्रालयले उल्लेख गरेको छ ।

प्रकाशित मिति : २९ पुस २०७९, शुक्रबार  ९ : २७ बजे

खरानी टक्टक्याएर उठ्दै डेढ अर्ब बढी क्षति व्यहोरेको चितवन (तस्बिरहरू)

चितवन–  जेन–जी आन्दोलनका क्रममा चितवनका विभिन्न सरकारी, सार्वजनिक तथा निजी क्षेत्रमा

बाढी प्रभावित क्षेत्रमा १२ वटा झोलुङ्गे पुलको मर्मत सुरु, असोज २० भित्र सञ्चालनमा ल्याइने

काठमाडौं– सरकारले बाढी प्रभावित क्षेत्रमा क्षतिग्रस्त १२ वटा झोलुङ्गे पुलको

डढुवा रोगले सखाप पार्दै गोलभेँडा, उन्याचौरका किसान चिन्तित 

दोलखा– गोलभेँडामा डढुवा रोगको संक्रमण फैलिएपछि दोलखाको वैतेश्वर गाउँपालिका–४ उन्याचौरका किसान

बाढीपीडितका लागि प्रधानमन्त्री राहत कोषमा जसपाको २१ लाख रुपैयाँ

काठमाडौँ- जनता समाजवादी पार्टी (जसपा), नेपालले बाढीपीडितको उद्धार, राहत तथा

सम्झौताअनुसार निर्माण सम्पन्न नगरेपछि २६ व्यवसायीलाई स्पष्टीकरण

चितवन– भरतपुर महानगरपालिकाले सम्झौताअनुसार निर्माण कार्य सम्पन्न नगरेको भन्दै यहाँका