साउदीमा थप ७४ नेपालीले पाए एक्जिट भिसा « Khabarhub

साउदीमा थप ७४ नेपालीले पाए एक्जिट भिसा



दोहा – साउदी अरबमा विभिन्न कारण अवैध बसोबास गर्दै आएका थप ७४ नेपालीले ‘एक्जिट भिसा’ (बहिर्गमन भिसा) पाएका छन्। साउदीको रियादबाट ४२ र दमामबाट ३२ नेपालीले एक्जिट भिसा पाएको रियादस्थित नेपाली दूतावासले जनाएको छ।

दूतावासका अनुसार साउदी अरेबियाका विभिन्न कम्पनी तथा प्रतिष्ठानहरूमा कार्यरत रहँदा साउदी आवासीय अनुमति पत्र (इकामा) नबनाइएका वा नवीकरण नगरिएका वा हुरूब लगाइएका नेपालीहरुलाई स्वदेश फर्काउन आवश्यक बहिर्गमन भिसाका लागि सम्बन्धित साउदी निकायमा अनुरोध गरिएको थियो।

अवैध रूपमा साउदीमा रहेका आप्रवासी कामदार स्वदेश फर्कनु परे अनिवार्य रूपमा एक्जिट भिसा आवश्यक पर्छ। एक्जिट भिसा नभएसम्म कामदार स्वदेश फर्कन पाउँदैनन्। सम्बन्धित देशको दूतावासले अनुरोध गरेपछि साउदी सरकारले एक्जिट भिसा उपलब्ध गराउने गर्छ।

यसैगरी, साउदी जवाजतको नयाँ नियम अनुसार हुरूब लागेकाहरूले एक्जिट भिसा लागेको २ हप्ताभित्र साउदी छोडिसक्नु पर्ने भएको दूतावासले जनाएको छ।

केही आवेदकको एक्जिट भिसा लागेको केहि समय भइसकेकाले दूतावासले प्रकाशित गरेको लिष्टमा नाम भएका हुरूब लागेका व्यक्तिहरूले अनिवार्य रूपमा अबको ७ दिन भित्रै साउदी छोडी सक्न पनि दूतावासले अनुरोध गरेको छ। अरूलाई पनि आफ्नो एक्जिट भिसाको म्याद हेर्न र एक्जिट भिसाको म्याद भित्रै साउदी छोड्न दूतावासले भनेको छ।

प्रकाशित मिति : ३० पुस २०७९, शनिबार  ९ : ०० बजे

एमाले नेतृत्वले बुझोस् : भित्र फुटेको पार्टीले बाहिर कहिल्यै जित्दैन

एमालेको आशन्न एघारौँ महाधिवेशन पार्टीको भित्री उत्सव मात्रै होइन, अस्तित्व

जेन-जी आन्दोलनपछि पहिलो पटक ओली-देउवा भेट

काठमाडौं- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष

निर्वाचन कानुनमा दलितमैत्री व्यवस्था गर्न प्रधानमन्त्रीसँग हाम्रो पार्टी नेपालको आग्रह 

काठमाडौं– हाम्रो पार्टी नेपालले निर्वाचन कानुनमा दलितमैत्री व्यवस्था गरिदिन प्रधानमन्त्रीसँग

जनकपुरले गुमायो पहिलो विकेट, माज शदाकत ‘कट बिहाइन्ड’

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलको दोस्रो सिजनको पच्चिसौँ खेलमा अहिले

साफ महिला क्लब च्याम्पियनसिप : उद्घाटन खेल बराबरीमा सकियो

काठमाडौं– अखिल नेपाल फुटबल संघ (एन्फा)को आयोजनामा आजदेखि काठमाडौंको त्रिपुरेश्वरस्थित