चिसोले मुटु रोगीलाई मृत्युको जोखिम हुन सक्छ | Khabarhub Khabarhub

चिसोले मुटु रोगीलाई मृत्युको जोखिम हुन सक्छ


१ माघ २०७९, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ : संसारमा सबै भन्दा बढी मानिस मुटु रोगको कारणबाट मृत्यु हुने गरेको छ । मुटु रोगलाई प्राणघातक रोगका रूपमा लिइन्छ तर पनि समयमा नै यसको उपचार नहुनु यसको जटिलताका कारण मानिन्छ । जनचेतनाको कमिले आम जनता मृत्युको सिकार भएका छन् । मुटुका धेरै प्रकारका रोगहरू हुन्छन् र प्रत्येक रोगका आ-आफ्नै प्रकारका लक्षण हुन्छन् । जस्तै छाती दुख्नु, बेहोस हुनु, बढी थकाई लाग्नु, खुट्टा सुनिनु मुख्य लक्षण हुन् । लक्षणका आधारमा केही जाँचहरूको मद्दतले मुटु रोगको निदान गर्न सकिन्छ । यसै विषयमा आधारित रहेर मुटु रोग विशेषज्ञ ओम मूर्ति अनिलसँग त्रिगुना भट्टराई बस्नेतले गरेको कुराकानीको सम्पादित अंश:

मुटु रोग बढ्नुको कारण खानपिन र जीवनशैली हो ?
उमेर बढेपछि हुने हो यो ५०-६० वर्षका मानिसका धेरै भएको पाइन्छ । उमेरको बढ्दै जाँदा मुटु रोग उच्च रक्तचापमा समस्या आउने र मुख्य कारण त खानपिनको कारण नै भएको छ । मधुमेह, कोलेस्ट्रोल जस्ता समस्या भएर पनि समयमा नै उपचार नहुनु राम्रो ज्ञान नहुनु, त्यसको उपचार गर्न समयमा नजानु, मानसिक तनाव लिँदा मुटुमा असर गर्छ । रिस, भावना, तनावलाई व्यक्तिले सही देखाउन नसक्नाले पनि मुटुमा असर पार्न जान्छ । मानिसको नकारात्मक भावनाले पनि शरीरलाई असर गरेको हुन्छ । व्यक्तिले यो रोगलाई नजर अन्दाज गरेको पाइन्छ।

जन्मजात भएको मुटुको रोग वंशाणुगत हुन्छ ?
जन्मजात मुटुका रोगहरू गर्भमै उत्पन्न हुने गर्छ जन्मजात मुटुको रोग कहिले कँही ५० वर्षको उमेरमा पनि देखा पर्छ । त्यो मुटु रोग नै हुन्छ तर पता लगाउन धेरै समय लाग्छ । मुटुको विभिन्न रोगहरू रहेका हुन्छन् मुटुको भल्भ सम्बन्धी हुन्छ । अधिकांश मानिसको मृत्यु मुटुको रोगको कारण भएको छ । यो रोग बढ्दै गएको कारण यसमा बढी ध्यानाकर्षण भएको हो ।

हृदयाघात मुटु रोग भएको मान्छेमा हुन्छ या अन्य मान्छेमा हुन्छ त यसको लक्षण के हुन्छ ?
हृदयाघात नयाँ बिरामीलाई हुन्छ । पहिला केही समस्या नभएको मानिसलाई हुन्छ । मुटु रोगी भए नि थाहा पाउन नसकेको पनि हुनसक्छ । छाती भारी भएर आउने, दुख्ने र आराम गरेपछि ठिक हुने जस्ता लक्षण देखा पर्दछन् । कोही कोही व्यक्तिमा अचानक हुन्छ । जुनसुकै उमेरमा पनि देखा पर्न सक्छ । उपचार र जाँच समय समयमा गराउन आवश्यक छ । आफ्नो शरीरको महत्त्वपूर्ण पाटका रूपमा मुटुलाई लिइन्छ । यो रोगले सानो कारणले पनि ठुलो रूप लिन सक्छ ।

जाडो र मुटु रोगको सम्बन्ध कस्तो छ ?
जाडोमा हाम्रो स्वास्थ्य उच्च जोखिममा हुन्छ । चिसोले शरीरमा रक्तनलि खुम्चिन्छ र रक्तचाप बढ्ने, रगत गाडा हुने हुन्छ । रोगीलाई बढी समस्या देखा पर्न जान्छ । स्वास्थ्य व्यक्तिमा पनि चिसोले रोग निम्त्याउन सक्छ र झन् जाडोमा यो रोग बढ्ने सम्भावना देखिन्छ ।

नेपालमा मुटु रोगको पद्धति तथा उपचार के छ र पहिला र अहिलेमा के फरक छ ?
अहिले एक त मानिस आफू नै सजग भएका छन् । पहिले भन्दा धेरै फरकपन आएको छ, शिक्षाको विकास, जनचेतनाको विकास भएको छ । पहिला उपचार नपाएर धेरै मानिसहरूको मृत्यु भएको थियो भने अहिले धेरै मात्रामा कम भएको छ । स्वास्थ्यको पहुँच भने अझ पनि कम छ । स्वास्थ्यमा सिङ्गो देशको ध्यान जानु पर्छ ।

खानपिन र आफ्नो दैनिकीमा के कसरी सुधार ल्याउने गर्नु पर्छ ?
अहिलेको खानपिन त कुरै नगरूँ आफूले नै परिवर्तन गर्न आवश्यक रहन्छ । जस कारण सचेतनाको कारण आफै परिवर्तन गर्नु पर्छ । हाम्रो खानपिन व्यवहारको कारण आफैले रोग निम्त्याएका छौँ । मुटुको रोग मात्र नभएर अन्य रोग पनि निम्त्याउँछ

 (प्रस्तुति : पुष्पाञ्जली बस्नेत)

प्रकाशित मिति : १ माघ २०७९, आइतबार  ६ : १९ बजे

१७९ कैदीलाई प्यारोलमा राख्न सिफारिस

काठमाडौं – सङ्घीय प्यारोल बोर्डको बैठकले १७९ जना कैदीलाई प्यारोलमा

इजरायल-हिज्बुल्लाह संघर्ष : सीमा क्षेत्रबाट लाखौं सर्वसाधारण विस्थापित

एजेन्सी – पश्चिम एसियाको इजरायल-लेबनान सीमा क्षेत्रबाट केही दिनभित्रै लाखौं

नेपाल र ओमान बीचको खेल वर्षाले रोकियो

काठमाडौं – आइसीसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गत नेपाल र ओमान

नेपाल प्रहरीका १४३ डीएसपीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित)

काठमाडौं – नेपाल प्रहरीले एकैपटक १४३ प्रहरी नायब उपरीक्षक (डीएसपी)

बालविवाहमा महान्यायाधिवक्ताको निर्देशन – ‘बहुमुद्दा नचलाउनू’

काठमाडौं – महान्यायाधिवक्ता कार्यालयले महिला र पुरुष दुवै जना नाबालक