तीन करोडको लगानीमा कालिज फार्म सञ्चालन  « Khabarhub

तीन करोडको लगानीमा कालिज फार्म सञ्चालन 


१ माघ २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


81
Shares
  • change font
  • change font
  • change font

तनहुँ– जिल्लाको म्याग्दे गाउँपालिका-७ वरभन्ज्याङ खर्कका इन्द्रप्रसाद तिवारीले व्यावसायिक कालिज फार्म सञ्चालन गरेका छन् । करिब २२ रोपनी क्षेत्रफलमा उनले गण्डकी कृषि फार्म दर्ता गरी दुई हजार पाँच सय कालिज पालेका हुन् । करिब डेढ वर्ष अघिदेखि गाउँमा नै कृषि र उत्पादनमा लागौँ भनेर तीन करोडको लगानीमा कालिज पाल्न सुरु गरेको बताए। केही समयपछि तरकारी खेतीलाई पनि सँगसँगै लैजाने उनको सोच रहेको छ ।

कालिजको अण्डालाई ह्यारी गरी फार्ममै कालिज उत्पादन गर्ने गरिएको उनले जानकारी दिए। हरेक कालिजले अण्डा दिनका लागि कम्तीमा छ महिना लाग्छ, उनले भने, ‘उत्पादन भएको अण्डा यही खपत हुने गरेको छ ।’

कालिजलाई दाना र स्थानीय घाँस खुवाउने गरिएको छ । जसले गर्दा कालिज अर्ग्यानिक र स्वादिलो हुनुका साथै लागतमा कमी गर्न सकिन्छ । प्रतिभाले कालिज दुई हजार पाँच सय र पोथी एक हजार आठ सयमा बिक्री गर्दै आएको उनले बताए । अण्डाको प्रतिक्रेट नौ सयमा बिक्री हुन्छ । उनले भने, ‘फार्ममा दैनिक एक हजार पाँच सयसम्म अण्डा उत्पादन हुँदै आएको छ ।’

अण्डा र कालिज खरिदका लागि फार्ममा नै ग्राहक आउने गरेका छन् । ठूलो लक्ष्यका साथ काम गरिएको हुँदा अझ बढी लगानी गर्ने योजना रहेको कृषक तिवारीले बताए । सम्बन्धित निकायले व्यावसायिकरूपमा कृषि र व्यावसायिक फार्मका लागि सरकारले उचित अनुदान र व्यवस्थापन गर्नुपर्ने कृषक तिवारीको सुझाव रहेको छ । कृषकलाई उत्पादनमा जोड्न र समस्या समाधानका लागि पालिकाले जोड दिँदै आएको गाउँपालिका अध्यक्ष श्रीप्रसाद श्रेष्ठले बताए ।

प्रकाशित मिति : १ माघ २०७९, आइतबार  ६ : ४८ बजे

सन् २०२५ : भारत–चीन प्रतिस्पर्धाले आकार लिएको विश्व रूपान्तरणको वर्ष

काठमाडौं–  आगामी साता सन् २०२५ विश्वबाट बिदा हुँदैछ । यो

उज्यालो नेपाल पार्टी कार्यालय उद्‌घाटन (तस्बिरहरू)

काठमाडौं– उज्यालो नेपाल पार्टीको कार्यालय औपचारिक रुपमा सञ्चालनमा आएको छ

बालेन शाहसँग भेटवार्तापछि बाहिरिए रास्वपा सभापति लामिछाने

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर

निर्धारित मितिमै निर्वाचन हुन्छ : अर्थमन्त्री खनाल

सिरहा– अर्थमन्त्री डा रामेश्वर खनालले आगामी फागुन २१ गते हुने

बालेनसँगको वार्तापछि रवि : मेरो अनुहार हेर्नुस्, केही समय प्रतिक्षा गर्नुस्

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर