पोखरामा विमान दुर्घटना : यात्रुको शव गण्डकी अस्पतालमा « Khabarhub

पोखरामा विमान दुर्घटना : यात्रुको शव गण्डकी अस्पतालमा


१ माघ २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


120
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- पोखराको सेती नदीको खोँचमा आज बिहान भएको विमान दुर्घटनामा परेका यात्रुको शव गण्डकी अस्पतालमा ल्याइएको छ । दुर्घटनास्थलमा फेला परेका शव गण्डकी अस्पताल ल्याइएको जिल्ला प्रशासन कार्यालय कास्कीका प्रशासकीय अधिकृत दीपक रेग्मीले जानकारी दिए ।

शवहरू अस्पताल लगिएसँगै दिवङ्गत यात्रुका परिवारजनले अस्पताल परिसर भरिएको छ । अस्पताल परिसरमा दिवङ्गत यात्रुका परिवारजन शोकाकुल अवस्थामा छन् । शवहरू अधिकांशः पहिचान गर्न नसकिने अवस्थामा रहेको जनाइएको छ ।

दिउँसो २ः१५ बजेसम्म एक बच्चासहित ३० जनाको शव अस्पताल ल्याइएको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका निर्देशक प्रा डा भरतबहादुर खत्रीले जानकारी दिए । उनका अनुसार हालसम्म मृतकको शव पहिचान भइसकेको छैन ।

प्रकाशित मिति : १ माघ २०७९, आइतबार  ३ : १६ बजे

अमेजनले १६ हजार कर्मचारी कटौती गर्ने

न्यूयोर्क – अमेरिकी बहुराष्ट्रिय प्रविधि कम्पनी (अमेजन)ले अक्टोबरमा घोषणा गरिएको

घरदैलो अभियानमा भ्याइनभ्याइ उम्मेदवार

कञ्चनपुर – आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनका

सरोकारवालाको चिन्ता : मूल मुद्दा छाडेर गरिने निर्वाचनले निकास दिँदैन

काठमाडौं– मुलुक निर्वाचनमय बनिसकेको छ । निर्वाचन आयोगले आगामी फागुन

लुम्बिनी प्रदेशसभा : दुई विधेयकमाथि सैद्धान्तिक छलफल

लुम्बिनी– लुम्बिनी प्रदेशसभामा दुई वटा विधेयकमाथि सैद्धान्तिक छलफल आज सकिएको छ