विमान दुर्घटना : माछापुच्छ्रेको काभ्रे गाउँ शोकमा « Khabarhub

विमान दुर्घटना : माछापुच्छ्रेको काभ्रे गाउँ शोकमा


१ माघ २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


96
Shares
  • change font
  • change font
  • change font

कास्की : काठमाडौँबाट पोखरा आउँदै गरेको यती एयरलाइन्सको विमान दुर्घटनाले कास्कीको माछापुच्छ्रे गाउँपालिका–२ को काभ्रे गाउँ शोकमा डुबेको छ ।

पोखरामा आज भएको विमान दुर्घटनामा विमानमा सवार काभ्रे गाउँका बेलमान गुरुङ र उनका धर्मपत्नी सीता गुरुङको निधनले गाउँ शोकमा डुबेको हो ।

बेलमान गत साउनमा मौसमी भिसामा बेलायत गएका थिए । उनी यही पुस २९ गते घर आउन काठमाडौँ आउनेभएपछि श्रीमती सीता सोही दिन काठमाडौँ पुगेकी थिइन ।

उहाँहरू दुवै जना यतीको विमानमार्फत पोखरा आउँदै गरेको र दुर्घटनामा परेको माछापुच्छ्रे–२ का वडाध्यक्ष एवं गाउँपालिकाका प्रवक्ता गणेश आचार्यले बताए । उनका अनुसार बेलमान दम्पतीले बिहान ११ः०० बजेको यतीको अर्को जहाजको टिकट लिए पनि बोर्डिङ पास लिइसकेको र अघिल्लो जहाजमा सिट खाली रहेकाले सोही जहाज चढेका थिए।

वडाध्यक्ष आचार्यले दुर्घटनाको खबर लगत्तै गाउँ शोकमा डुबेको बताए । उनले भने , “बेलमान दम्पती गाउँमा सहयोगी हुनुहुन्थ्यो । उहाँहरू सवार विमान दुर्घटना भएको खबर गाउँमा फैलिएसँगै सबै शोकाकुल छन् ।”

बेलमान बेलायत जानुअघि गाउँमै रेष्टुरेण्ट सञ्चालन थिए । उन विदेशिएपछि सीताले रेष्टुेरेन्ट सञ्चालन गर्दै आएकी छिन् ।

प्रकाशित मिति : १ माघ २०७९, आइतबार  १० : ४९ बजे

निर्वाचन आउन ७६ दिन बाँकी : समावेशी प्रतिनिधित्व गराउन कानूनमा संशोधन

काठमाडौं – समानुपातिकतर्फको निर्वाचन प्रणालीमा जनसङ्ख्याको आधारमा प्रतिशत निर्धारणका लागि

शुक्रबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौं – आज २०८२ साल पुस ४ गते शुक्रबार तदनुसार

आज २०८२ साल पुस ४ गते शुक्रबारको राशिफल

काठमाडौं – आज २०८२ साल पुस ४ गते शुक्रबार तदनुसार

पशुपति क्षेत्रमा पश्चिमी बाहिरी ढोका खुला

काठमाडौँ- गौशाला मूल सडकसँग जोडिएको पशुपति क्षेत्रको मूल मन्दिर प्रवेश