भारतद्वारा चीनसँगको सीमा क्षेत्रमा पूर्वाधार निर्माणको कार्यलाई तीव्रता | Khabarhub Khabarhub

भारतद्वारा चीनसँगको सीमा क्षेत्रमा पूर्वाधार निर्माणको कार्यलाई तीव्रता


२ माघ २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– भारतले चीनसँग जोडिएको सीमा क्षेत्र वास्तविक नियन्त्रण रेखा एलएसीमा पूर्वाधार निर्माणको कामलाई तीव्रता दिएको छ ।

भारत सरकारले एलएसी र खासगरी पूर्वोत्तर राज्य अरुणाचलमा चीनसँग सीमा जोडिएका क्षेत्रमा पूर्वाधार निर्माणको कामलाई तीव्र पारेको अरुणाचल अब्जरभर अनलाइनले उल्लेख गरेको छ ।

सरकारी तथ्यांकअनुसार एलएसीमा भारतीय पक्षबाट हालसम्म २ हजार किलोमिटर सडक निर्माण गरिएको छ । आगामी मार्च महिनामा अरु ६० वटा सडक बन्ने अपेक्षा गरिएको अरुणाचल अब्जरभरले उल्लेख गरेको छ । यसका लागि भारत सरकारले १५ हजार करोड भारतीय रुपैयाँ खर्च गरेको छ ।

सन् १९६२ मा चीनसँगको युद्धमा अरुणाचल प्रदेशमा सडक पूर्वाधारको कमी भएकै कारण भारतले पराजयको सामना गर्नुपरेको थियो । भारतको अरुणाचल प्रदेश र चीनबीच १ हजार १ सय २६ किलोमिटरको सीमा रहेको छ ।

चीनले अरुणाचल प्रदेशमा सैनिक अतिक्रमणलाई थप विस्तार गर्ने चिन्तामाझ भारतले सो क्षेत्रमा पूर्वाधार निर्माणको कार्यलाई तीव्र पारेको हो ।

गत डिसेम्बर ९ मा अरुणाचलको तवाङ क्षेत्रको याङ्त्सेमा दुई मुलुकका सुरक्षाकर्मीबीच झडप भएको थियो । चीनले अरुणाचल प्रदेश दक्षिण तिब्बतमा पर्ने भन्दै लामो समयदेखि सार्वभौमिकता दाबी गर्दै आएको छ ।

गत जनवरी ३ मा अरुणाचलको बोलेङ सहर पुगेर भारतीय रक्षामन्त्री राजनाथ सिंहले ७ सय २४ करोड भारतीय रुपैयाँ बराबरका २८ पूर्वाधार परियोजनाको उद्घाटन गरेका थिए ।

प्रकाशित मिति : २ माघ २०७९, सोमबार  ९ : ३६ बजे

थ्रेसहोल्ड जति बढाए पनि हामीलाई केही फरक पर्दैन

सत्ता राजनीतिमा साना दलको चलखेल बढेको भन्दै कांग्रेस-एमालेको मिलिभगतमा सरकार

सिँचाइ विभागका इञ्जिनियर श्रेष्ठविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जलस्रोत तथा सिँचाइ विभागमा कार्यरत

कर्णालीका दुग्ध उत्पादक किसानलाई प्रोत्साहन

सुर्खेत– तीन हजार बढी दुग्ध उत्पादक किसानलाई कर्णाली प्रदेश सरकारले

शहीद मार्ग स्तरोन्नति नहुँदा यात्रुलाई सास्ती

गण्डकी– शहीदका नाममा बनेको सडक वर्षौँ बित्दासमेत स्तरोन्नति हुन सकेको

राष्ट्र बैंकको अध्ययन : कोशी प्रदेशमा घट्यो बाली कृषि क्षेत्रफल

काठमाडौं– बढ्दो बसाँइसराई र कृषि भूमिमा घर तथा आवास निर्माण