राष्ट्रपति, सभामुखजस्ता पदका लागि छलफल गर्न कांग्रेस तयार « Khabarhub

राष्ट्रपति, सभामुखजस्ता पदका लागि छलफल गर्न कांग्रेस तयार


३ माघ २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाली कांग्रेसले राष्ट्रपति, उपराष्ट्रपति, सभामुख उपसभामुखजस्ता पदका लागि छलफल गर्न तयार रहेको जनाएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सर्वदलीय बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कांग्रेसका नेताहरुलाई तटस्थ पदका लागि सहमती गरेर अघि बढ्न सकिने प्रस्ताव गरेका थिए ।

प्रधानमन्त्रीको प्रस्तावको जवाफमा बैठकमा उपस्थित कांग्रेसका नेताहरुले यसबारे छलफल गर्न आफूहरु तयार रहेको कांग्रेस नेता रमेश लेखकले जानकारी दिए ।

नेता लेखकले आफ्नो पार्टी प्रतिनिधिसभामा प्रतिपक्षमा भएपनि राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनको विषयमा चासो राखेको बताएका थिए ।

प्रकाशित मिति : ३ माघ २०७९, मंगलबार  ७ : २८ बजे

हाकुवासीको पीडा : भूकम्पले उठिबास, बाढीले सर्वनाश

नुवाकोट– रसुवाको उत्तरगया गाउँपालिका–५ खाल्डे, सातविसे र नौबिसेमा अहिले बस्ती

परराष्ट्रमन्त्री खनालद्वारा न्युयोर्कस्थित नेपाली महावाणिज्यदूतावासको अवलोकन

काठमाडौँ – परराष्ट्रमन्त्री शिशिर खनालले न्युयोर्कस्थित नेपाली महावाणिज्यदूतावासको अवलोकन गरेका

ग्लोबल साउथ ‘नियम निर्माण गर्ने’ भूमिकामा पुग्नुपर्छ : परराष्ट्रमन्त्री खनाल

काठमाडौँ – परराष्ट्रमन्त्री शिशिर खनालले ग्लोबल साउथका मुलुकहरू विश्वव्यापी निर्णय

एमाले केन्द्रीय कमिटीको बैठकको आज तेस्रो दिन : केन्द्रीय सदस्यले धारणा राख्ने

काठमाडौँ- नेकपा एमालेको जारी केन्द्रीय कमिटीको तेस्रो दिनको बैठक अहिले

अर्थसहित तीवटा समितिको बैठक बस्दै

काठमाडौँ– संघीय संसद अन्तर्गत विभिन्न तीनवटा समितिको बैठक बस्दैछ ।