समानताको पहिलो आवाज उठाउने अमर योद्धा | Khabarhub Khabarhub

मार्टिन लुथर किङको सम्झना

समानताको पहिलो आवाज उठाउने अमर योद्धा

‘जसले आवाजबाटै विद्रोह गरेर विश्वभर प्रसिद्धी कमाए’


४ माघ २०७९, बुधबार  

पढ्न लाग्ने समय : 4 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – मान्छे मान्छे बिचको भेदभाव आधुनिक र सभ्य समाजका सबैभन्दा ठूलो चुनोति र विकृति बनेको छ। सभ्यताको विकाससँगै मानिसले आफूलाई व्यवस्थित बनाउनकै लागि समाज बनायो। त्यसरी सामाजिक भएको मानिसकै बिचमा ठुलो पर्खाल पनि खडा गरियो। जात, धर्म,वर्ण, वर्ग र देशको सीमाको आधारमा बनेका यसै पर्खाल भत्किएर अहिलेको स्वरूपको समाजमा धेरै जनाको भूमिका छ, जो सधैँ प्रेरणाका श्रोत हुन्।

अमेरिकामा कुनै दिन मानव अधिकार, गरिबी र समानताको लागि गरेको सङ्घर्ष संसारमा रहेका सबैका लागि प्रेरणाका श्रोत हुन सक्छ। तीनै मार्टिन लुथर किङका बारे केही तथ्य छन्, जुन महत्त्वपूर्ण छन्, उदाहरणीय पनि छन्। तर, कमै चर्चा हुने गरेका छन्।

सन् १९६३ मा मार्टिन लुथर किङ भाषण गरिरहेका थिए। यसै समयमा एक गायक महलीया ज्याक्सन कराए ‘हामीलाई सपनाकोबारे बताउनुस् मार्टिन।’ तत्कालै किङले समानताकाबारे आफ्नो धारणा राखे। उनले न्याय र समानताको बारेमा आफ्ना कुरा प्रस्टसँग राखे।

‘मेरो सपना यो हो की मेरा चार सन्तानको मूल्याङ्कन उनीहरूको छालाको रङको आधारमा होइन। उनीहरूको कर्मको आधारमा होस’, मार्टिनले भनेका थिए। धेरै पछि यो संसारका लागि ‘मैले देखेको सपना’ भाषणको रूपमा परिचित भयो। स्ट्यानफोर्ड विश्वविद्यालय अन्तर्गत मार्टिन लुथर किङ जुनियर अध्ययन तथा अन्वेषण विभागका निर्देशक लीयोनल मार्टिनले किङको सपनालाई साकार बनाउन अझ धेरै गर्न बाँकी रहेको बताउँछन्। मार्टिन लुथर किङको यो सपना थियो की सबै अमेरिकीको परिचय अमेरिकीकै रूपमा सीमित होस्।

४ अप्रिल १९६८ का दिन डा. मार्टिन लुथर किङको गोली हानी हत्या गरियो। १३ वर्ष समानताको मुद्दा उठाएकै कारण धेरैको प्रिय उनको स्मरण आजसम्म पनि त्यत्तिकै सम्मानका साथ लिइने गरिन्छ।

‘जीवनमा थुप्रै अपमान भोग्नुका बाबजुद किङले आफूलाई अमेरिकाको मिथक पुरुष बनाउने क्रममा अनवरत मेहनत गरी रहे,’ मार्टिनले भने। मार्टिन लुथरको जन्मको नाम माइकल किङ थियो। १५ जनवरी १९२९ मा जन्मिएका उनले बाबुकै नामबाट आफ्नो नाम धारण गरेका थिए। उनी जन्मेको ६ वर्षपछि उनका बाबु जर्मनी भ्रमणमा गएका थिए। त्यसै स्थानमा उनले विद्रोही नेता मार्टिन लुथरको बारेमा थाहा पाए। जर्मनीबाट घर फर्किएका उनले आफू र आफ्नो जेठो छोराको नाम मार्टिन लुदर राखे।

मार्टिन लुथर किङ सन् १९४४ मा १५ वर्षको उमेरमा मोर हाउस कलेजमा भर्ना भएका थिए। किङ परिवारका पुर्खाहरू अश्वेतहरूका लागि ऐतिहासिक मानिएको जर्जीयाको एटलान्टाबाट ग्र्याजुएट हुन्। किङ इन्स्टिच्युटकै अनुसार उनी विलक्षण प्रतिभाका खानी थिए। मोरहाउसको यान्त्रिक जीवनमा उनमा कुनै रुचि देखिएन। राजनीतिक र सामाजिक रूपमा सक्रिय उनलाई त्यसै समय धर्म प्रचारक बन्ने जोस चलेको थियो।

३० वर्षे नागरिक अधिकार नेताको अवधिमा उनी ३० पटक गिरफ्तार भएका थिए। किङ सेन्टरकै अनुसार समाजमा भएको दुष्कर्मको प्रतिकार गरेकै कारण धेरै पटक उनी गिरफ्तार भएका हुन्। कानून कार्यान्वयनका लागि भन्दै उनलाई दबाब दिए पनि किङ कहिले पनि आफ्नो अभियानमा पछि हटेनन्।

सन् १९६० मा एटलान्टाको एउटा डिपार्टमेन्टल स्टोरमा बसेको समयमा उनलाई गिरफ्तार गरिएको थियो। त्यहीँबाट उनलाई जर्जीयाको प्रान्तीय जेलमा राखिएको थियो। यहीँबाट उनले आफ्नो परिवारको नाममा चिठ्ठी लेख्दै एटलान्टालाई राम्रो सहर, जर्जीयालाई राम्रो राज्य र अमेरिकालाई राम्रो देश बनाउनका लागि परिवारले पाएको दुःख सामान्य भएको बताएका थिए।

किङ सेन्टरकै दाबी अनुसार पछिल्ला ३ सय वर्षमा अमेरिकामा हुन नसकेको समानताका काम उनको सक्रियतामा त्यस १३ वर्षमा भएका थिए।

निकेल निकोलासलाई स्टार ट्रेकमा लेफ्टिनेन्ट नुयहरा उहाराको नामले पनि चिनिन्छ। उनलाई मार्टिन लुदर किङको सबैभन्दा ठुलो प्रशंसकको रूपमा पनि एक समय चिन्ने गरिन्थ्यो। एक अवार्ड समारोहमा मार्टिनलाई भेट भएको एक दिन अगाडी उनले आफ्नो जिम्मेवारीबाट राजीनामा दिएकी थिइन्।

किङ त्यस कार्यक्रममा उपस्थित नहुने कुराको जानकारी भए पछि उनले टेलिभिजन एकेडेमी फाउन्डेसनलाई मुख्य प्रस्तोताको रूपमा कार्यक्रम सञ्चालन गर्न नसक्ने कुराको जानकारी गराएकी थिइन्। त्यसपछि सम्बोधनमा लागि मार्टिनलाई भनिएको थियो। उनले पहिलो पटक टेलिभिजन कार्यक्रममा सम्बोधन गरेर भनेकी ‘हामी हरेक दिन बौद्धिक, गुणस्तरीय र समान मानिसहरू देख्न सकूँ जसले चन्द्रमासम्मको यात्रा तय गर्न सकुन्।’

उनको यो भाषणसँगै उनले पनि केही वर्ष त्यस जागिरलाई निरन्तरता दिएकी थिइन्। उनले मार्टिनले भनेका हरेक कुरा आफूलाई सत्यको अनुभूत भइरहेको समेत पछिल्लो समय जानकारी गराइन्। किङ एक पटक अप्ठेरो अवस्थामा पनि परेको थिए। एक मानसिक रोगी महिला उनको सम्पर्कमा आएकी थिइन्।

न्युयोर्कमा रहेको हर्लेम सहरमा स्वतन्त्रको बाटोको अन्तिम संस्करणमा हस्ताक्षर गर्ने क्रमको उनको चिनाजानी भएको हो। उनलाई ती महिलाले सात इन्च लामो ब्लेड भएको चक्कुले प्रहार गरेकी थिइन्। किङ इन्स्टिच्युटले दिएको जानकारी अनुसार उनको मर्ने सम्भावना धेरै थियो। किनकि त्यो चक्कुको प्रहारले उनको मुटुको धमनी नजिकै लागेको थियो। अलिकतिमा यताउता भएको भए ठिक हुने सम्भावना नै थिएन। उनले ती महिला मानसिक रोगी भएको थाहा पाए पछि उपचार गराएका थिए।

किङ माथि आक्रमण भएको ६ वर्ष पछि उनको आमाको पनि यसै ढङ्गले हत्या भएको हो। ३० जुन १९७४ का दिन उनको आमाको गोली प्रहारबाट हत्या गरिएको हो। गोली प्रहार गर्नेलाई मृत्यु दण्डको सजाय भएको थियो। पछि यो घटेर जन्म कैदमा परिणत भएको थियो। किनकि किङ परिवार नै मृत्यु दण्डको विरोधी भएको कारण उनीहरूले मृत्यु दण्डको प्रावधान नै हटाए।

हालसालै अभिनेत्री जुलिया रोबर्टको अन्तरवार्ताबाट पत्ता लागेको छकी उनी जन्मिँदा अस्पतालको बिल मार्टिनले तिरेका थिए। यी दुईको परिवार एकदमै निकट थिए। रोबर्टको अभिभावकले किङका बच्चालाई एटलान्टा आर्ट स्कुल प्रवेशमा हरियो झन्डा देखाएका थिए। पछि रोबर्ट जन्मिदा आर्थिक अभाव थियो। त्यो समयमा मार्टिनले बिल तिरेर सहयोग गरेका थिए।

किङ माथि आक्रमण भएको ६ वर्ष पछि उनको आमाको पनि यसै ढङ्गले हत्या भएको हो। ३० जुन १९७४ का दिन उनको आमाको गोली प्रहारबाट हत्या गरिएको हो।

४ अप्रिल १९६८ का दिन डा. मार्टिन लुथर किङको गोली हानी हत्या गरियो। १३ वर्ष समानताको मुद्दा उठाएकै कारण धेरैको प्रिय उनको स्मरण आजसम्म पनि त्यत्तिकै सम्मानका साथ लिइने गरिन्छ। किङ सेन्टरकै दाबी अनुसार पछिल्ला ३ सय वर्षमा अमेरिकामा हुन नसकेको समानताका काम उनको सक्रियतामा त्यस १३ वर्षमा भएका थिए।

टेनिसको मेम्फीजमा बसी रहेको समयमा उनको हत्या भएको हो। उनी त्यहाँ सफाइ मजदुरहरूको मागको बारे बुझ्न गएका थिए। बेलुका खाना खाएर बसेको समयमा उनलाई गोली प्रहार भए पछि अस्पताल लगिएको हो। अस्पतालमा उनी मृत घोषित भए।

यसरी हत्या हुनु एक महिना अगाडी मात्र उनले अमेरिकामा जारी आर्थिक असमानताका बारे प्रश्न उठाएका थिए। उनले त्यहाँ रहेका विपन्नहरूको भेला नै गराएका थिए। यसै मुद्दा उठाइ रहेका उनले मेम्फीसमा फरक व्यवहार सहेका मजदुरको आवाज उठाउन त्यहाँ पुगेका थिए।

२८ मार्चमा त्यसै स्थानमा हिंसा समेत भड्किएर एक अफ्रिकन अमेरिकी टिन एजरको ज्यान समेत गएको थियो। त्यस पछि मेम्फिसबाट फर्किसकेका उनी ३ अप्रिलका दिन फेरी अर्को प्रदर्शनको नेतृत्व गर्न त्यहाँ पुगेका थिए।

उनले ३ अप्रिलकै दिन आफूले खाएको सबै बाचा कसम पुरा गर्ने कुरामा जोड दिएका थिए। ४ अप्रिलका दिन निधन भएका उनको ९ अप्रिलका दिन अन्त्येष्टि भएको थियो। उनको अन्त्येष्टिमा हजारौँ जना उपस्थित भएर सम्मान अर्पण गरेका थिए।

३९ वर्षकै उमेरमा ज्यान गुमाएका मार्टिन लुदरले गरेको योगदान, उनले उठाएको आवाज र उनले देखको समानताको मुद्दामा संसारका सबै विकसित देश पुगेका छन्। उनको सपनाले नै उनलाई सधै अजर र अमर बनाएको छ।

(श्रोत : बीबीसी, हिस्ट्री डटकम)

प्रकाशित मिति : ४ माघ २०७९, बुधबार  ८ : ५३ बजे

मोरङको मिक्लाजुङ गाउँपालिका र जापानको मिनामिताने सहरबीच भगिनी सम्बन्ध

काठमाडौं– मोरङ जिल्लाको मिक्लाजुङ गाउँपालिका र जापानको खागोसीमा प्रान्तस्थित मिनामिताने

कांग्रेस कोषाध्यक्षमा उमेश श्रेष्ठ मनोनीत

काठमाडौं– नेपाली कांग्रेसले पार्टीको कोषाध्यक्षको जिम्मेवारी उमेश श्रेष्ठलाई दिएएको छ।

जरिवाना नतिरेको भन्दै एमाले कार्यालय पुग्यो महानगरको टोली

काठमाडौं- यही शुक्रबार काठमाडौं महानगरपालिका-१ दरबारमार्गमा फोहोर गरेको भन्दै तोकिएको

मह बेचेर वार्षिक चार लाख आम्दानी

मुगु– जिल्लाको छायाँनाथरारा नगरपालिका–६ लिउँडी गाउँका रूपबहादुर सेजुवालले मह बेचेर

जोर्डनस्थित इजरायली दूतावास नजिकै गोली चल्दा एक जनाको मृत्यु

अम्मान– जोर्डनको राजधानी अम्मानमा इजरायली दूतावास रहेको क्षेत्रमा आइतबार बिहान