प्रचण्डसँग अल्पकालीन, मध्यकालीन र दीर्घकालीन रणनीति छ | Khabarhub Khabarhub

प्रचण्डसँग अल्पकालीन, मध्यकालीन र दीर्घकालीन रणनीति छ

‘एमालेलाई राष्ट्रपति नदिन कांग्रेस र माओवादीको भित्री स्वार्थ हुन सक्छ’


४ माघ २०७९, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – एमाले नेतृत्वको नयाँ सात दलीय सत्ता गठबन्धनबारे अझै बहस सेलाएको छैन । गठबन्धनमा रहेपनि प्रतिपक्ष भनेपनि नेपाली कांग्रेसका निर्णय झन् एकपछि अर्को गरी बहसमा तानिएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा रहेको सरकारलाई विश्वासको मत दिएपछि कांग्रेसको आलोचना र प्रतिपक्ष भूमिकाबारे बहस तातेको हो । कांग्रेसको समर्थनले प्रचण्ड नेतृत्वको सरकारलाई दिगो फाइदा होला र राजनीतिक समीकरण नै फेरिएला ? यसै सन्दर्भमा विश्लेषक डा.विष्णु दाहालसँग नयन सापकोटाले गरेको कुराकानीको सम्पादित अंशः

प्रचण्ड नेतृत्वको सरकार र अहिले सत्ता गठबन्धनलाई तपाईँले कसरी हेर्नु भएको छ ?
अहिलेको परिवेश हेर्दा छिटो छिटो राजनीति बदलिएको छ । राष्ट्र र जनताका लागि भनेर पहिले केहि समय लिने चलन थियो । अहिले पदको बाँडफाँडमा को सन्तुष्ट, को असन्तुष्ट थाहा नै हुँदैन । थाहा भए पनि हाराहारी ६ वर्ष यही कुरामा राजनीति चलिरहेको छ । निर्वाचन एउटा गठबन्धन र सरकार अर्को गठबन्धनमा भयो । प्रचण्डले आलोपालो गर्ने भनेको अहिले सहमति भएको एमाले अध्यक्ष केपी ओलीसँग हो । मुख्य पद प्रधानमन्त्री र राष्ट्रपति रहेका छन् । आफूले सरकार र सत्ताको नेतृत्व लिनका लागि एकै ठाउँमा अड्किने पनि देखिन्न ।

राष्ट्रपति पद पाउनको लागि र अन्य पदमा नेपाली कांग्रेसले पालो पाउनको लागि पुष्पकमल दाहालको सरकारलाई समर्थन गरेको कुरा मान्नुहुन्छ ?
विश्वासको मत पुग्दा पुग्दै पनि कांग्रेसलाई दिनु त्यो सदस्यता होइन । आफू भोलि राजनीतिमा हराइन्छ । पुस्तान्तरणको दबाब हो । राष्ट्रपति एमालेलाई नदिनको लागि प्रचण्डको भित्रि कुरा रहन सक्छ । प्रचण्डको पार्टीभित्र धेरै भोगाई छ । एमाले, काग्रेससँगको संगतले उनले धेरैका स्वार्थ बुझेका छन् ।

नेपाली कांग्रेसले एमालेलाई सत्ताबाट बिस्तारै बाहिर निकालेर आफू भित्रिनका लागि प्रचण्डको सरकारलाई विश्वासको मत दिएको हो ?
शक्तिको एक पटक प्रयोग गरिसके पछि त्यो शक्तिबाट विमुख रहन ठुलो चित्कार हुँदो रहेछ । प्रत्येक नेताले कुनै न कुनै प्रतिष्ठान खोलेका छन् । राज्यसत्ताको ढुकुटी प्रतिष्ठानमा कुनै न कुनै रुपमा दिने र आफू काम गर्ने देखिन्छ । राज्य सत्ता कुनै ठाउँमा पुग्नै पर्छ । आफ्नो गुड जोगाउन राज्य सत्ताको कुनै न कुनै ठाउँमा पुग्नु पर्छ भन्ने स्वार्थ छ । आफ्नो पहिचान जोगाउन चाहे विचार नमिले पनि सत्तामा जान आवश्यक देख्छन् नेताहरु ।

एक प्रमुख पदमा नेकपा एमालेलाई कमजोर बनाएर पुरानो गठबन्धनलाई नयाँमा ल्याउन सकिन्छ भन्ने चाल कसले चलिरहेको छ ?
एमाले आफ्नो कार्यकालतर्फ रहन्छ । कांग्रेस आफ्नो एउटा पोजिसनमा छ । राम्रो एजेन्डा र राम्रो पक्षतर्फ लागे जनताले मत दिन्छन् । आफ्नो कार्यकताभन्दा पनि जनमतको आवश्यकता छ । एमालेको आफ्नै संगठित कार्यकर्ताहरु छन् । प्रचण्डको तीन वटा रणनीति छन् । अल्पकालीन, मध्यकालीन, दीर्घकालीन । शक्तिको सन्तुलन तथा बाडँफाँड गरेका छन् । यसका लागि उनले विश्वासको मत पनि पाइसकेका छन् ।

कांग्रेसले प्रचण्ड सरकारलाई समर्थन गर्दा कांग्रेसको दाउपेच पदको लागि वा गठबन्धनमा बिग्रह ल्याउनको लागि हो ?
कांग्रेसको युवाहरुले त्यसमा ठुलो दबाब सिर्जना गर्न सक्थे । बाह्य राजनीतिको प्रभाव बढ्दो छ । दलहरू कुनै क कुनै शक्ति केन्द्रसँग नजिक भएका छन् । छिमेकको विकास, छिमेकको स्वार्थ र सुरक्षा तथा छिमेककै व्यापार मुख्य प्रभाव पार्ने होडबाजी देखिन्छन् ।

एमालेको बुझाई आलोपालोमा प्रधानमन्त्री नभए, सभामुख वा राष्ट्रपति पद नपाए नेपाली राजनीतिले कस्तो रूप लिन्छ होला ?
संसद् विघटन प्रधानमन्त्रीको अधिकार हो भन्ने कुरा पनि आयो । आफू सरकारमा गएपछि विघटन गरेर आफू अनुकुलको निर्वाचन गर्ने हो । प्रचण्डलाई आफू र आफ्नो पार्टीको औचित्य जोगाउनुपर्ने चुनौती छ । दलभित्रको कुरामा छलफल गर्न आवश्यक हुन्छ होला ।

(प्रस्तुति : कुसुम गौतम)

प्रकाशित मिति : ४ माघ २०७९, बुधबार  १० : १६ बजे

तस्बिरमा ‘मनसरा’को प्रिमियर, दयाहाङ किन अनुपस्थित ?

काठमाडौं– उपेन्द्र सुब्बाको लेखन र निर्देशनमा बनेको फिल्म ‘मनसरा’को बुधबार

काभ्रेका अग्निपीडितलाई आर्थिक सहयोग

काभ्रे– काभ्रेको रोशी गाउँपालिका–४ सानोपोटा गाउँका अग्निपीडितलाई आर्थिक सहयोग गरिएको

संघीय संसदका तीन समितिको बैठक बस्दै

काठमाडौं– संघीय संसदका तीनवटा समितिको बैठक बस्दै छन् । आज

गोबरका ‘गुइँठा’ बनाउँदै महोत्तरीका गृहिणी

महोत्तरी– अहिले वैशाखको तेस्रो सातामै महोत्तरीमा तापक्रम दैनिकजसो ४२ डिग्री

रामेछापमा जुनारको जुस बिक्री बढ्यो

रामेछाप– गर्मी बढेसँगै रामेछापमा जुनारको जुस बिक्री पनि बढेको छ