ढुक्क भएर ऊर्जामा लगानी गर्न उपप्रधान तथा ऊर्जामन्त्री लिङ्देनको आग्रह « Khabarhub

ढुक्क भएर ऊर्जामा लगानी गर्न उपप्रधान तथा ऊर्जामन्त्री लिङ्देनको आग्रह


४ माघ २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नवनियुक्त उपप्रधानमन्त्री एवं ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री राजेन्द्र लिङ्देनले ऊर्जाका क्षेत्रमा ढुक्क भएर लगानी गर्न गैरआवासीय नेपाली सङ्घ एनआरएनए र स्वतन्त्र ऊर्जा उत्पादक सङ्घसँग आग्रह गरेका छन् ।

आज यी दुवै संस्थाका प्रतिनिधिसँग छुट्टाछुट्टै भएको भेटमा उनले मुलुकमा ऊर्जाका क्षेत्रमा ढुक्क भएर लगानी गर्न र आयोजना पनि समयमै सम्पन्न गर्न आग्रह गरेका हुन् । मन्त्री लिङ्देनले आयोजना समयमै सम्पन्न गरी देशलाई ऊर्जाका क्षेत्रमा आत्मनिर्भर बनाउने लक्ष्य साथ योगदान पु¥याउन पनि दुवै संस्थाका प्रतिनिधिसँग आग्रह गरे ।

उपप्रधानमन्त्री तथा ऊर्जा, जलस्रोत र सिँचाइमन्त्री लिङ्देन र राज्यमन्त्री दीपकबहादुर सिंहलाई बधाई तथा शुभकामना दिन आज सो मन्त्रालयलमा पुगेका दुई छुट्टाछुट्टै प्रतिनिधिमण्डलसँग मन्त्री लिङ्देनले ऊर्जा क्षेत्रका चुनौती, विकास र सम्भावनाका विविध विषयमा पनि छलफल गरेको राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए ।

त्यस अवसरमा उपप्रधानमन्त्री लिङ्देनले ऊर्जा क्षेत्रको समग्र विकासका लागि आइपर्ने जस्तोसुकै चुनौती सामना गर्न आफूले अभिभावकीय भूमिकामा रहेर सकारात्मक वातावरण तयार गरिदिने र अन्तरमन्त्रालय समन्वय सहज बनाउन पहल गर्ने विषयमा पनि जलविद्युत् उद्यमीलाई आश्वस्त तुल्याएका थिए । सो प्रतिनिधिमण्डलमा एनआरएनका अध्यक्षहरू रविना थापा, बद्री केसी र कुल आचार्य, पूर्वअध्यक्ष उपेन्द्र महतोलगायत रहेका थिए ।

प्रकाशित मिति : ४ माघ २०७९, बुधबार  ८ : ४८ बजे

‘एमालेमा पुस्तान्तरण र पुनर्गठनको बहस सेलाएको छैन, स्थानीय चुनावसम्म कुरौँ’

काठमाडौँ- ठाकुर गैरे नेकपा एमालेका पुनर्गठन, पुस्तान्तरण र रूपान्तरणका मुखर

कोशी मन्त्रिपरिषद्का निर्णय सार्वजनिक

विराटनगर- कोशी प्रदेश सरकारले संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी ३१औँ सम्मेलनमा

स्थानीय चुनावका लागि रास्वपा क्यान्डिडेट क्लबको आवेदन खुला

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीले आगामी स्थानीय निर्वाचनलाई लक्षित गर्दै नगरपालिका

१२ वर्षपछि खुल्यो चीन–उत्तर कोरिया जोड्ने पुल

बेइजिङ- चीन र उत्तर कोरियालाई जोड्ने तीन किलोमिटर लामो नयाँ

तनहुँमा एक वर्षमा ४६ वन्यजन्तुको उद्धार

दमौली (तनहुँ)- डिभिजन वन कार्यालय तनहुँले एक वर्षमा जिल्लाका विभिन्न