ढुक्क भएर ऊर्जामा लगानी गर्न उपप्रधान तथा ऊर्जामन्त्री लिङ्देनको आग्रह « Khabarhub

ढुक्क भएर ऊर्जामा लगानी गर्न उपप्रधान तथा ऊर्जामन्त्री लिङ्देनको आग्रह


४ माघ २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नवनियुक्त उपप्रधानमन्त्री एवं ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री राजेन्द्र लिङ्देनले ऊर्जाका क्षेत्रमा ढुक्क भएर लगानी गर्न गैरआवासीय नेपाली सङ्घ एनआरएनए र स्वतन्त्र ऊर्जा उत्पादक सङ्घसँग आग्रह गरेका छन् ।

आज यी दुवै संस्थाका प्रतिनिधिसँग छुट्टाछुट्टै भएको भेटमा उनले मुलुकमा ऊर्जाका क्षेत्रमा ढुक्क भएर लगानी गर्न र आयोजना पनि समयमै सम्पन्न गर्न आग्रह गरेका हुन् । मन्त्री लिङ्देनले आयोजना समयमै सम्पन्न गरी देशलाई ऊर्जाका क्षेत्रमा आत्मनिर्भर बनाउने लक्ष्य साथ योगदान पु¥याउन पनि दुवै संस्थाका प्रतिनिधिसँग आग्रह गरे ।

उपप्रधानमन्त्री तथा ऊर्जा, जलस्रोत र सिँचाइमन्त्री लिङ्देन र राज्यमन्त्री दीपकबहादुर सिंहलाई बधाई तथा शुभकामना दिन आज सो मन्त्रालयलमा पुगेका दुई छुट्टाछुट्टै प्रतिनिधिमण्डलसँग मन्त्री लिङ्देनले ऊर्जा क्षेत्रका चुनौती, विकास र सम्भावनाका विविध विषयमा पनि छलफल गरेको राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए ।

त्यस अवसरमा उपप्रधानमन्त्री लिङ्देनले ऊर्जा क्षेत्रको समग्र विकासका लागि आइपर्ने जस्तोसुकै चुनौती सामना गर्न आफूले अभिभावकीय भूमिकामा रहेर सकारात्मक वातावरण तयार गरिदिने र अन्तरमन्त्रालय समन्वय सहज बनाउन पहल गर्ने विषयमा पनि जलविद्युत् उद्यमीलाई आश्वस्त तुल्याएका थिए । सो प्रतिनिधिमण्डलमा एनआरएनका अध्यक्षहरू रविना थापा, बद्री केसी र कुल आचार्य, पूर्वअध्यक्ष उपेन्द्र महतोलगायत रहेका थिए ।

प्रकाशित मिति : ४ माघ २०७९, बुधबार  ८ : ४८ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै