खोटाङबाट चोरीमा संलग्न तीन जना पक्राउ | Khabarhub Khabarhub

खोटाङबाट चोरीमा संलग्न तीन जना पक्राउ


५ माघ २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

खोटाङ– खोटाङमा चोरीमा संलग्न तीन पक्राउ परेका छन् । दुई घरबाट नगद, सुन, चाँदी, पुरानो सिक्का लगायतका धनमाल चोरीमा संलग्न दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका-१ दिक्तेलका १९ वर्षीय कृष्ण बिक, ३९ वर्षीय पर्शुराम बिक र दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका-४ खाल्लेका २२ वर्षीय इन्द्रबहादुर बिकलाई प्रहरीले पक्राउ गरेको हो । 

अभियुक्तहरुमाथि गत मंसिर १३ गते दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका-५ लफ्याङका देवराज घिमिरेको नगद, सुन, पुराना पैसा, लत्ता कपडा लगायत पाँच लाख ७१ हजार बराबरको धनमाल तथा मंसिर २० गते दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका-२ सोल्माको शान्ता राईको सुन, चाँदी, पुराना सिक्का गरी तीन लाख ७२ हजार बराबरको धनमाल चोरी गरेको अभियोग छ ।

घिमिरे र राईको घरमा चोरी भएपछि दोषीको खोजीका लागि जिल्ला प्रहरी कार्यालयमा परेको उजुरीका आधारमा अनुसन्धान गर्दा तीन जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय  खोटाङका सूचना अधिकारी एवं प्रहरी निरीक्षक पर्शुराम राईले जानकारी दिए । 

शंकित मानिएका कृष्णलाई नियन्त्रणमा लिएर अनुसन्धान थालेपछि क्रमशः इन्द्र र पर्शुरामको संलग्नता खुलेको हो । गत पुस २९ गते इन्द्रको घर खानतलासी गर्दा चोरी भएकामध्ये सिक्का, लत्ताकपडा, चाँदीका चुरा लगायतका नगद र सामान बरामद भएको थियो । 

अभियुक्त विरुद्ध जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान कार्य भइरहेको प्रहरीले प्रेस विज्ञप्तिमार्फत जानकारी दिएको छ ।

प्रकाशित मिति : ५ माघ २०७९, बिहीबार  ७ : १६ बजे

चालु आवको पहिलो महिना : सरकारको आम्दानी ८५ अर्ब, खर्च ४६ अर्ब

काठमाडौं– चालु आर्थिक वर्ष २०८२-८३ को पहिलो महिना सरकारले रू

भैरहवामा १२६ दिन बसे रवि, मंगलग्रहमा लगे पनि नडराउने अभिव्यक्ति

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने भैरहवास्थित

युक्रेन युद्धविरामको जिम्मेवारी जेलेन्स्कीको काँधमा : ट्रम्प

एजेनसी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग अलास्काको

विशेषज्ञ आयुर्वेद चिकित्सक समाजमा नयाँ नेतृत्व, सभापतिमा डा. पुनेश्वर केशरी

काठमाडौं– विशेषज्ञ आयुर्वेद चिकित्सक समाज नेपालको तेस्रो राष्ट्रिय अधिवेशनले दुई

राष्ट्रपति पौडेलद्वारा भगवान् श्रीकृष्णको पूजाआराधना

पाटन– राष्ट्रपति रामचन्द्र पौडेलले यहाँस्थित कृष्णमन्दिरमा भगवान् श्रीकृष्णको पूजाआराधना गरेका