मधेस प्रदेशमा होटेल व्यवस्थापकलाई तालिम | Khabarhub Khabarhub

मधेस प्रदेशमा होटेल व्यवस्थापकलाई तालिम


६ माघ २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

महोत्तरी – होटेल तथा पर्यटन व्यवसायी संघ र नेपाल पर्यटन तथा होटेल व्यवस्थापन प्रतिष्ठानको संयोजकत्वमा मधेस प्रदेशका होटेल व्यवसायीहरुलाई तालिम दिइएको छ।

पर्यटन प्रवर्द्धन र होटेल व्यवसायलाई थप व्यवस्थित र मर्यादित बनाउने उद्देश्यले प्रदेशभरिका होटेल व्यवस्थापकलाई एक दिने व्यवस्थापन र अतिथि सत्कार तालिम दिइएको हो। होटेल व्यवस्थापन क्षेत्रमा लामो समयदेखि काम गरेका न्याथम कलेजमै अध्ययन गरेका दक्ष प्रशिक्षकहरुले दिएको तालिममा प्रदेशभरिका झन्डै तीन सयजना सहभागी भएका थिए।

२८ माघदेखि वीरगन्जको होटेल भिस्वाबाट शुभारम्भ भएको उक्त तालिम आठ दिनपछि बर्दिबासको गौतम होटलमा आएर समापन गरिएको छ।

निरज सुवेदी, सतिश मिश्र, श्याम थापामगर, निसाल पोखरेल र टासी शेर्पाले दिएको उक्त प्रशिक्षण होटेल व्यवसायी र व्यवस्थापकका लागि निक्कै उपयोगी साबित भएको प्रशिक्षार्थीहरुले बताए। काठमाडौं विश्वविद्यालयबाट सञ्चालित न्याथम कलेज मधेस प्रदेशमै पहिलोपटक बर्दिबासमा स्थपना भएको हो।

होटेल तथा पर्यटनसम्बन्धी तालिम र एकेडेमिक कक्षाहरु सञ्चालन गरी रोजगारीको समेत सुनिश्चित गर्दै आएको न्याथम राष्ट्रिय र अन्तर्राष्ट्रिय क्षेत्रमा प्रतिष्ठित कलेज मानिन्छ। न्याथमको सहकार्यमा मधेस प्रदेशमा यस्ता तालिम सञ्चालन गर्न पाउँदा निकै खुसी लागेको होटेल तथा पर्यटन व्यवसायी संघ मधेस प्रदेशका अध्यक्ष हिरा गौतमले बताए। बिहीबार भएको समापन कार्यक्रममा न्याथम कलेजका शिक्षक, होटेल तथा पर्यटन व्यवसायी संघ महोत्तरी र मधेस प्रदेशका पदाधिकारीलगायतको उपस्थिति थियो।

प्रकाशित मिति : ६ माघ २०७९, शुक्रबार  ११ : ११ बजे

प्रधानमन्त्री भन्छन् : नेपालीको नशा नशामा क्रिकेट छ

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालले अन्तरराष्ट्रिय क्रिकेट काउन्सिल

‘महाभोज’ हेरेपछि प्रचण्डले भने : सामन्तवादको अवशेष समाजमा अझै छ

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल

प्रधानमन्त्रीको भारत भ्रमणको तयारीमा जुट्यो परराष्ट्र मन्त्रालय

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीको छिमेकी मुलुक भारतको औपचारिक

धरहरा चढ्नेहरुको संख्या दोब्बरले बढ्याे

काठमाडौं – धरहरा खुल्ने समय थप भएसँगै अवलोकनका लागि आउनेहरूको

सप्तरीबाट ठूलो परिमाणमा गाँजासहित एक महिला पक्राउ

सप्तरी – सप्तरीको राजगढ गाउँपालिका–३ नर्घोस्थित रामकेवल मण्डलको घरबाट ठूलो