वडा कार्यालयबाट राष्ट्रिय परिचयपत्र वितरण गर्ने तयारी  « Khabarhub

वडा कार्यालयबाट राष्ट्रिय परिचयपत्र वितरण गर्ने तयारी 


६ माघ २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


81
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– काठमाडौँ महानगरपालिकाले यही माघ १५ देखि प्रत्येक वडा कार्यालयबाट राष्ट्रिय परिचयपत्र वितरण गर्ने तयारी गरेको छ । निश्चित स्थानमा मात्र परिचयपत्र वितरणको व्यवस्था हुँदा समयमा नै प्राप्त गर्न नसकेको गुनासो नागरिकबाट आएपछि कामपाले वडा कार्यालयबाट वितरणको तयारी थालेको जनाएको छ ।  

कामपाका प्रवक्ता नवीन मानन्धरका अनुसार वडा कार्यालयबाट परिचयपत्र उपलब्ध गराउनका लागि सम्बध भएका निकायसँग छलफल भइरहेको छ ।  उनले भने, ‘कामपाको ३२ वटै वडाबाट उक्त सुविधा उपलब्ध गराउनका लागि कामपाले राष्ट्रिय पञ्जिकरण विभागसँग छलफल भइरहेको छ  । ‘

छलफल सकारात्मक रहेकाले आगामी माघ १५ देखि वडा कार्यालयबाटै नागरिकले राष्ट्रिय परिचय प्राप्त गर्ने विश्वास कामपाले लिएको छ । यसअघि सिंहदरबारमा रहेको राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागबाट परिचयपत्र तयार गरी प्रत्येक जिल्लामा जिल्ला प्रशासन कार्यालयहरूबाट वा राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागले तोकेको स्थानबाट मात्रै वितरण गरिँदै आएको थियो । 

सरकाले नेपाली नागरिकको वैयक्तिक तथा जैविक विवरण सहितको परिचय खुल्ने गरी विद्युतीय प्रणालीबाट तथ्यांक तथा अभिलेख तयार गरी सुरक्षित भण्डारण व्यवस्थापन, उपयोग र नियन्त्रण गर्ने सो तथ्यांकका आधारमा राष्ट्रिय परिचय नं सहितको बहुउपयोगी राष्ट्रिय परिचयपत्र उपलब्ध गराउने उद्देश्यले परिचयपत्र वितरणको कार्य सुरु गरिएको हो ।  

उक्त परिचयपत्रमा व्यक्तिगत विवरणहरू नाम, थर, जन्म मिति, लिङ्ग, आमाबुबाको नाम, ठेगाना, नागरिकताको किसिम, पति  पत्नीको  नाम, बाजेको नाम औँला छाप व्यक्तिगत विवरण समावेश गरिएको हुन्छ । सोह्र वर्ष उमेर पूरा गरी नेपाली नागरिकताको प्रमाणपत्र लिएको व्यक्तिले नेपाली  उक्त परिचयपत्र लिने सक्ने व्यवस्था रहेको छ । 

व्यक्तिका वैयक्तिक र जैविक सूचनालाइ आधिकारिक रूपमा संकलन गरी प्रत्येक नागरिकलाई एकअर्कासँग मेल नखाने परिचय नं दिई बहुउपयोगी र आधुनिक प्रविधियुक्त राष्ट्रिय परिचयपत्र वितरण गर्ने उद्देश्य रहेको छ । नागरिकहरूको वैयक्तिक तथा जैविक विवरण समावेश भएको राष्ट्रिय पहिचान सहितको बायोमेट्रिक सुविधायुक्त बहुउपयोगी प्रमाणपत्र राष्ट्रिय परिचयपत्र  हो ।  

प्रकाशित मिति : ६ माघ २०७९, शुक्रबार  २ : ०१ बजे

इरानी संसद्का सभामुख गालिबाफ चीन मामिला हेर्ने विशेष प्रतिनिधि नियुक्त

तेहरान- अमेरिकासँगको वार्तामा प्रमुख वार्ताकारका रूपमा उदय भएका इरानको संसदका

राजनीतिक दलबीच परस्पर संवाद भइरहनुपर्छ : महासचिव पोखरेल

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले) का महासचिव शंकर पोखरेलले संसदीय

प्रदीप पौडेलको दाबी- प्रधानमन्त्रीले जानीजानी संसद्को उपेक्षा गरे, प्रतिपक्ष चुप बस्न हुँदैन

काठमाडौं– कांग्रेस महामन्त्री प्रदीप पौडेलले कांग्रेसले लडेर स्थापित गरेको विधिमा

गगन थापाले भने- पार्टी मिलाउन विधानको परिधिमा रहेर जे पनि गर्न तयार छु

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टी मिलाउनका लागि विधानको