अवैध लागूऔषधसहित चार जना पक्राउ | Khabarhub Khabarhub

अवैध लागूऔषधसहित चार जना पक्राउ


६ माघ २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– चन्द्रागिरी नगरपालिका-२ नागढुङ्गाबाट अवैध लागूऔषध खैरो हिरोईन जस्तो देखिने पदार्थ १ ग्राम ७ मिलिग्रामसहित इलाम सूर्योदय नगरपालिका-१० घर भएका १९ वर्षीय सुबेक प्रधानलाई प्रहरीले पक्राउ गरेको छ । झापाबाट काठमाडौं आउँदै गरेको ना.६ ख ३२६८ नम्बरको बसलाई प्रहरीले जाँच गर्ने क्रममा बसमा सवार उनलाई उक्त पदार्थसहित शुक्रबार बिहान फेला पारी पक्राउ गरेको प्रहरीले जनाएको छ ।

धादिङ, बेनिघाट रोराङ गाउँपालिका-९ मझिमटारबाट अवैध लागूऔषध गाँजा करिब २० केजी र नगद ४९ हजार रुपैयाँ सहित स्याङ्जा भीरकोट नगरपालिका-२ बस्ने ३५ वर्षीय प्रेम गुरुङलाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी जोगिमाराबाट खटिएको प्रहरीले काठमाडौंबाट चितवनतर्फ जाँदै गरेको बा.२ ग १४१० नम्बरको माइक्रोलाई जाँच गर्ने क्रममा  माइक्रोमा सवार गुरुङको झोलाबाट उक्त परिमाणको लागूऔषध फेला पारी उनलाई पक्राउ गरेको हो । 

दाङ, राप्ती गाउँपालिका-१ पुल्चोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ ग्राम ३७ मिलिग्राम सहित सोही ठाउँ बस्ने ३० वर्षीय विशाल थापालाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय भालुवाङबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको हो । 

सर्लाही, बरहथवा नगरपालिका-७ स्थितबाट नियन्त्रित लागूऔषध नाईट्राभेट २७ ट्याब्लेट सहित सोही नगरपालिका-८ बस्ने २३ वर्षीय राम उजैन पासवानलाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय बरहथवाबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति : ६ माघ २०७९, शुक्रबार  ५ : ५२ बजे

माओवादीले डाकेको विपक्षीको बैठकमा रास्वपा गएन

काठमाडौं– प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले

भक्तपुरमा कर्फ्यू : कुनकुन ठाउँमा हिँड्न पाइदैन ?

काठमाडौं – काठमाडौं, ललितपुर जस्तै भक्तपुर जिल्ला प्रशासन कार्यालयले समेत

उषाकिरणको आक्रोश– नानीहरूका हत्याराहरू एक मिनेट पनि सरकारमा बस्नु हुन्न

काठमाडौं– जेन–जी समूहले सोमबार गरेको आन्दोलनमा १९ जनाको मृत्यु भएको

जेन–जी पुस्ताको शान्तिपूर्ण आन्दोलनमा सरकारले दमन गर्‍याे : डा. डिला संग्रौला

काठमाडौं– नेपाली कांग्रेस केन्द्रीय सदस्य एवं पेसागत बुद्धिजीवी विभाग प्रमुख

ग्राउन्ड जिरो : जेनजी प्रदर्शनको इपिसेन्टर बानेश्वरको दृश्य, जुन पहिलाभन्दा फरक थियो

काठमाडौं – सवारी साधानको ट्राफिक जाम भइरहेन बानेश्वर-माइतीघरको सडकमा सोमबार