ललितपुर बारको नयाँ नेतृत्वका लागि मतदान जारी | Khabarhub Khabarhub

ललितपुर बारको नयाँ नेतृत्वका लागि मतदान जारी


७ माघ २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

ललितपुर – ललितपुर बार एसोसिएसनको नयाँ कार्यसमितिका लागि आज मतदान भइरहेको छ।

निर्वाचन समितिका प्रमुख प्रकाश महर्जनका अनुसार ललितपुर बारमा बिहान ८ बजेबाट मतदान कार्य जारी रहेको छ। उक्त मतदान ४ बजे सकिनेछ।

नयाँ नेतृत्वका लागि दुई समूहले उम्मेदवारी दिएका छन्। निर्वाचनमा अध्यक्ष पदका लागि बृहत् प्रगतिशील, पेसागत लोकतान्त्रिक, समाजवादी र समावेशी समूहबाट शशीकुमार कार्की र गणतान्त्रिक, प्रगतिशील, पेसागत कानुन समूहबाट राम श्रेष्ठ प्रतिस्पर्धामा छन्।

बृहत् प्रगतिशील र लोकतान्त्रिक समूहबाट उपाध्यक्षमा प्रमोदकुमार राय, सचिवमा अनिल श्रेष्ठ, सहसचिवमा अनिल श्रेष्ठ, कोषाध्यक्षमा चन्द्रबहादुर महर्जन, सहसचिव (महिला) मा सजनी श्रेष्ठले उम्मेदवारी दिएका छन् भने महिला सदस्यमा सावन्ता थापा र शिरिसा श्रेष्ठ छन्। सदस्यमा सुभाषचन्द्र राई, दीपेन्द्रराज शिल्पकार, धर्मसिंह कार्की, लीलानाथ घिमिरे, विष्णुकुमार गिरी, राम विष्ट, महेश महत र प्रकाश बुढाथोकीले उम्मेवारी दिनुभएको छ।

त्यस्तै गणतान्त्रिक समूहबाट उपाध्यक्षमा बालकृष्ण महर्जन, सचिवमा छोनम मोक्तान, सहसचिवमा रीता श्रेष्ठ, कोषाध्यक्षमा रमेशकुमार महर्जनले उम्मेदवारी दिएका छन्। महिला सदस्यमा अष्ठकुमारी महर्जन र सुशीला कार्की तथा सदस्यमा भूमेराज आलेमगर, इच्छाराम महर्जन, रत्नबहादुर बुढा, रोहितकुमार कार्की, जीवनकुमार बस्नेत, विराज थापा, विपना योगीले उम्मेदवारी दिएका छन्।

निर्वाचनले दुई वर्षका लागि १५ सदस्यीय नयाँ कार्यसमिति चयन गर्नेछ। उक्त बारमा आठ सय १२ मतदाता छन्।

प्रकाशित मिति : ७ माघ २०७९, शनिबार  ११ : २७ बजे

तत्काल उचित निकास दिन तरुण दलको आग्रह

काठमाडौं – नेपाल तरुण दलले जेन्जी आन्दोलनका क्रममा भएको हिंसा

नयाँ दल खोल्दै सुशीलालाई अन्तरिम प्रधानमन्त्रीमा समर्थन गरेका बालेन

काठमाडौँ- मंगलबार दिनभर आन्दोलन गरेर कयौँ सरकारी सम्पदा र नेताका

देशलाई संकटबाट बचाउन संसद विघटन र नयाँ राजनीतिक संरचना आवश्यक: लिङ्देन

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले मुलुकलाई

सोबिताले भनिन्: संसद विघटन गर्न पाइँदैन

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद सोभिता गौतमले संसद

अन्तरिम सरकारको नेतृत्वमा सुशीला कार्कीलाई पूर्ण समर्थन छ : बालेन

काठमाडौं – काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले पूर्व प्रधानन्यायाधीश सुशीला