स्वास्थ्यमन्त्री गिरी दादुराको प्रकोप फैलिएको क्षेत्र जाँदै « Khabarhub

स्वास्थ्यमन्त्री गिरी दादुराको प्रकोप फैलिएको क्षेत्र जाँदै


७ माघ २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री पदम गिरीको नेतृत्वमा एक टोली आज दादुरा–रुवेला प्रकोप फैलिएको बाँकेको नेपालगञ्ज जाँदैछ।

दादुरा फैलिएको अवस्थाको अध्ययन तथा रोकथाम र नियन्त्रणको पहलका लागि मन्त्री गिरीसहितको टोली आज नेपालगञ्ज जान लागेको मन्त्रीका स्वकीय सचिव लक्ष्मण गिरीले जानकारी दिए।

मन्त्रीसँगै स्वास्थ्य सचिव डा रोशन पोखरेलसहित मन्त्रालयका उच्च अधिकारी जाँदै छन्। गत पुस १३ गतेदेखि नेपालगञ्ज उपमहानगरपालिकामा फैलिएको दादुरा अहिले कोहलपुर नगरपालिका, खजुरा गाउँपालिका, नरैनापुर गाउँपालिका र डुडुवा गाउँपालिकामा समेत फैलिएको छ।

अहिलेसम्म नेपालगञ्जमा दई सय बालबालिका सङ्क्रमित र एकको निधन भएको छ। यस्तै खजुरामा १८, कोहलपुरमा पाँच, नरैनापुरमा १५, डुडुवामा आठ बालबालिकामा दादुराको प्रकोप देखिएको छ।

मन्त्रालयले दादुरा विरुद्धको खोप नलगाएकाले दादुरा–रुवेलाको प्रकोप फैलिएको जनाएको छ। मन्त्रालयले पुस २२ गतेदेखि प्रकोप फैलिएका ठाउँमा छ महिनादेखि १५ वर्ष मुनिका बालबालिकालाई दादुरा विरुद्धको खोप लगाइरहेको छ। अहिलेसम्म ४२ हजार नौ सय ७८ बालबालिकालाई खोप लगाउनुपर्नेमा लक्ष्यभन्दा बढी ४४ हजार चार सय दुईजनालाई खोप लगाइसकेको मन्त्रालयको बाल स्वास्थ्य तथा खोप शाखाले जनाएको छ।

सरकारले सन् २०२३ सम्म नेपाललाई दादुरा निवारण गर्ने लक्ष्य लिएको छ। अहिले बाँकेको नेपालगञ्जमा दादुरा देखिएकाले चुनौती थपिएको छ।

प्रकाशित मिति : ७ माघ २०७९, शनिबार  १२ : २७ बजे

कांग्रेस लेखा समितिमा तीन सदस्य मनोनीत

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले केन्द्रीय लेखा समितिमा

कामिरिता शेर्पा ३२औँ पटक सगरमाथा चुचुरोमा

काठमाडौं – विश्वविख्यात हिमाल आरोही कामिरिता शेर्पाले ३२औँ पटक सगरमाथाको

कांग्रेसलाई संविधान संशोधनबारे जेनजीले के दिए सुझाव ?

काठमाडौं – नेपाली कांग्रेसले संविधान सांसोधनका विषयमा विज्ञ तथा जेनजीहरुसंग

धार्चेको नौलीखोलामा पुल निर्माण सम्पन्न

गोरखा – उत्तरी गोरखाको लाइफलाइन मानिने बेनिघाट-आरुघाट-लार्के सडकखण्डअन्तर्गत धार्चे गाउँपालिका–७

कांग्रेस कर्णालीले सार्वजनिक गर्यो ‘एकताको दश सूत्र’

सुर्खेत । नेपाली कांग्रेस कर्णाली प्रदेश कार्यसमितिले पार्टीभित्र बृहत्तर एकता