अर्घाखाँची महोत्सवलाई सबैको साझा मेला बनाउने प्रतिवद्धता « Khabarhub

अर्घाखाँची महोत्सवलाई सबैको साझा मेला बनाउने प्रतिवद्धता


७ माघ २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

अर्घाखाँची– यही माघ ११ गतेदेखि सदरमुकाम सन्धिखर्कमा सञ्चालन हुने अर्घाखाँची महोत्सवलाई सबैको साझा उत्सवको रुपमा साझा मेला बनाउनुपर्नेमा अर्घाखाँची जिल्लाका सरोकारवालाहरूले प्रतिवद्धता जनाएका छन् ।

अर्घाखाँची महोत्सव मूल आयोजक समितिले सदरमुकाम सन्धिखर्कमा आयोजना गरेको सल्लाहकार समिति तथा मूल आयोजक समितिको बैठकमा सहभागीहरूले सिंगो अर्घाखाँची जिल्लाले अपनत्व महसुस गर्नेगरी मेला सञ्चालनको माहौल बनाउन आग्रह गरेका हुन् । 

अर्घाखाँची जिल्ला सदरमुकाम सन्धिखर्कमा रहेको गच्छेघाट सम्म पुग्ने बाटो निर्माण मुख्य लक्ष्य लिएको मेलाको विषयमा छलफलको लागि चलेको बैठकमा जिल्लामा क्रियाशील राजनीतिक दलका प्रतिनिधि, कार्यालय तथा संघ संस्थाका प्रतिनिधीहरुले मेला सफल बनाउनका लागि पूर्ण सहयोग गर्ने प्रतिवद्धता जनाएका हुन् । 

अर्घाखाँची चेम्बर अफ कमर्स र अर्घाखाँची उद्योग वाणिज्य संघको संयुक्त आयोजनामा सञ्चालन हुने महोत्सवमा जिल्लामा उत्पादित कृषि तथा औद्योगिक सामग्रीहरूको प्रदर्शनीसमेत गरिने अर्घाखाँची चेम्बर अफ कमर्सका अध्यक्ष एवं मूल आयोजक समितिका सहसंयोजक अशोक कुमार श्रेष्ठले जानकारी दिए ।

कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख जविनारायण कोइराला, सन्धिखर्क नगरपालिकाका नगर प्रमुख कृष्ण प्रसाद श्रेष्ठ लगायतले सबैको साझा महोत्सव बनाउनका लागि आफूहरूको पूर्ण साथ र सहयोग रहने प्रतिवद्धता व्यक्त गरेका थिए ।

कार्यक्रम उद्योग वाणिज्य संघका महासचिव तुल्सीराम खनालको संकलन र अर्घाखाँची उद्योग वाणिज्य संघका अध्यक्षसमेत रहेका पाचौँ अर्घाखाँची महोत्सव मूल आयोजक समितिका संयोजक प्रदीप मिश्रको अध्यक्षतामा सम्पन्न भएको हो ।

प्रकाशित मिति : ७ माघ २०७९, शनिबार  ६ : १० बजे

बाढीपछि कति आयो अन्तरराष्ट्रिय सहयोग ?

काठमाडौं – रसुवाको भोटेकोशीमा यही भदौ १० गते बिहान आएको

भोटेकोशी बाढीमा ज्यान गुमाएका सशस्त्रका परिवारलाई २५ लाख राहत, एपीएफबाट १५ करोड ५० लाख सहयोग

काठमाडौं – सशस्त्र प्रहरी बल नेपालले रसुवाको भोटेकोशी नदीमा आएको

भोटेकोशी बाढीमा ज्यान गुमाएकाको सम्झनामा बौद्धमा दीप प्रज्वलन (तस्बिरहरू)

काठमाडौं – भोटेकोशीमा आएको बाढीमा परी ज्यान गुमाएकाहरूको चिरशान्तिको कामना

भोटेकोशी बाढी : १२ हजार ३८ जनाको उद्धार, एक हजार २८२ शव फेला

काठमाडौं – रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परी मृत्यु

उद्धार गर्न गएको सेना नै जब टनेलभित्र रात बिताउन बाध्य भयो

काठमाडौं – रसुवाको चिलिमे जलविद्युत् आयोजनाको आउटलेट टनेल क्षेत्रमा उद्धार