तालिबानको कब्जामा रहेका ४० सुरक्षाकर्मी रिहा « Khabarhub

तालिबानको कब्जामा रहेका ४० सुरक्षाकर्मी रिहा


२३ असार २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काबुल– अफगानिस्तानमा सक्रिय इस्लामिक लडाकु समूह तालिबानले आफ्नो नियन्त्रणमा रहेका ४० अफगान सुरक्षाकर्मीलाई रिहा गरेको छ ।

उत्तरी अफगानिस्तानको जवजवान प्रान्तमा तालिबानले आफ्नो नियन्त्रणमा राखेका प्रहरीलाई रिहा गरेको हो । रिहा भएपछि ती प्रहरी नजिकैको सैनिक शिविर पुगेको अफगान अधिकारीले जनाएका छन् ।

आइतबार तालिबान र अफगानिस्तानको सरकारका प्रतिनिधिहरुबीचको भेटवार्ताका क्रममा सहमतिबमोजिम ती सुरक्षाकर्मीलाई नियन्त्रण रिहा गरिएको हुनसक्ने अनुमान गरिएको छ ।

अफगान सरकारले पनि केही महिना अघि करिब ९०० तालिबानलाई रिहा गर्ने घोषणा गरेको थियो ।

गएको दुई सातायता तालिबानहरुले आफ्नो नियन्त्रणमा रहेका सुरक्षाकर्मीलाई रिहा गरेको यो दोस्रो पटक हो । गत हप्तामात्र अघि पनि तालिबानले ४२ सुरक्षाकर्मीलाई जवजवान प्रान्तबाट नै रिहा गरेको थियो ।

केही महिनाअघि तालिबानले जवजवान प्रान्तको काश तेपा जिल्लामा भीषण आक्रमण गरी ९० प्रहरीलाई अपहरण गरेका थिए ।

प्रकाशित मिति : २३ असार २०७६, सोमबार  २ : ४९ बजे

एकै दिन पाँच ठाउँमा चोरी गर्ने व्यक्ति पक्राउ

ललितपुर – ललितपुर महानगरपालिका–२८ हरिसिद्धीस्थित रिना महर्जनको घरसहित विभिन्न पाँच

१० वर्षको प्रेम सम्बन्धपछि रोनाल्डो र जोर्जिनाले औँठी साटे

काठमाडौँ – पोर्चुगिज फुटबल स्टार क्रिस्टियानो रोनाल्डो र उहाँकी लामो

इरफान शुक्कुरको कप्तानीमा बंगलादेश ‘ए’ टोली घोषणा, अगस्ट २२ मा नेपालसँग प्रतिस्पर्धा

काठमाडौँ – अस्ट्रेलियामा आयोजना हुने ‘टप एन्ड टी–२० सिरिज’का लागि

कालीगण्डकीको कटानले पुल जोखिममा

बागलुङ – कालीगण्डकी नदीको कटनाले बागलुङको प्रवेशद्वार मालढुङ्गा पुल जोखिममा

बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैङ्कले बुधबारका लागि विदेशी मुद्राको विनिमयदर