‘वैचारिक दृष्टिकोणले मुख्य राजनीतिक शक्ति एकीकृत समाजवादी’  « Khabarhub

‘वैचारिक दृष्टिकोणले मुख्य राजनीतिक शक्ति एकीकृत समाजवादी’ 


७ माघ २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टी वैचारिक दृष्टिकोणले देशको मुख्य राजनीतिक शक्ति भएको  बताएका छन् । सम्पर्क मञ्चद्वारा केन्द्रीय कार्यालय आलोकनगरमा आज आयोजित समसामयिक राजनीतिक विषयक प्रशिक्षण कार्यक्रममा अध्यक्ष नेपालले देशमा राजनीतिक,  आर्थिक, सामाजिक र सांस्कृतिक क्षेत्रको रूपान्तरणमा आफ्नो पार्टीले नेतृत्वदायी भूमिका निर्वाह गर्ने बताए। मुलुकको वर्तमान राजनीतिक सन्दर्भमा आफ्नो पार्टीको बेग्लै भूमिका रहेको उनले प्रष्ट पारे।

पार्टीलाई क्रान्तिकारी भावनामा बढाएर नेपाली जनताको आर्थिक, सामाजिक रुपान्तरणमा लाग्ने क्रियाशील भई पार्टीलाई समाजको आशावादी पार्टी बनाउन आफूहरू लागेको उनको भनाइ थियो । पार्टी निर्माणका लागि दृढ सपना र लक्ष्य बोक्न कार्यकर्तालाई निर्देशन दिँदै उनले भने, ‘सपनाको लागि प्रयासरहित निद्रा चाहिन्छ, तर लक्ष्यका लागि निद्रारहित प्रयत्नको आवश्यकता पर्दछ ।’

अध्यक्ष नेपालले विपरीत राजनीतिक मान्यता बोकेका दलहरूप्रति सत्ता स्वार्थका लागि गरिने गठबन्धनले देश र जनताको समस्या समाधान गर्न नसक्ने बताउँदै  राजनीतिमा देशभक्ति, जनताप्रति सेवाको भावना, इमान्दारिता, त्यागको निष्ठा र समर्पणको खाँचो औँल्याए।

पूर्वप्रधानमन्त्रीसमेत रहेका नेपालले कतिपय पार्टीका केन्द्रीय समिति र विभागमा भएका जिम्मेवार नेताहरू पनि चुनावमा मतदान गर्न सम्बन्धित क्षेत्रमा नपुगेका विषयमा गुनासो आएकाले त्यस्ता नेता र कार्यकर्ताको लगत संकलन भइरहेको जानकारी गराए।

अध्यक्ष नेपालले निर्वाचनबाट आफूहरूले प्राप्त गरेको परिणामले नेता तथा कार्यकर्ता हतोत्साहित हुन नपर्ने बताउँदै आफ्नो दलले अवलम्बन गरेको नीतिले समग्र मुलुकको कम्युनिष्ट आन्दोलनको नेतृत्व गर्ने विचार व्यक्त गरे ।

लोकतन्त्रमा सबै जनताले सामाजिक न्याय, समानताको अवसर प्राप्त गर्नुपर्नेमा उनले जोड दिए। पार्टी निकट उक्त मञ्चले कार्यक्रममा पूर्वअध्यक्षलाई सम्मान गरेको थियो । 

प्रकाशित मिति : ७ माघ २०७९, शनिबार  ६ : ३७ बजे

लुम्बिनी प्रदेशसभाको १०औँ बैठक बस्दै

घोराही– लुम्बिनी प्रदेशसभाको सातौँ अधिवेशनअन्तर्गत १०औँ बैठक आज बिहान ११ः००

कपिलवस्तुमा बस दुर्घटना, २६ जना घाइते

कृष्णनगर– पूर्व–पश्चिम राजमार्गअन्तर्गत कपिलवस्तुको बनकसवासामा गएराति बस दुर्घटना हुँदा २६

आज राष्ट्रपतिले दुबै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्ने 

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसद्को दुबै सदनको संयुक्त बैठकलाई

कार्की आयोगको प्रतिवेदनबारे कांग्रेसले गर्‍यो छलफल आह्वान

काठमाडौँ– नेपाली कांग्रेसले ‘जेनजी’ आन्दोलनका क्रममा भएका घटनाबारे गठित जाँचबुझ

‘मुन्दुम पदमार्ग’ क्षेत्रमा गुराँस ढकमक्क

भोजपुर– वसन्त ऋतुको आगमनसँगै पूर्वी पहाडी भेगका वन–जङ्गल यतिबेला राताम्य