महिला राष्ट्रिय टी-२० क्रिकेटको उपाधि सुदूरपश्चिमलाई | Khabarhub Khabarhub

महिला राष्ट्रिय टी-२० क्रिकेटको उपाधि सुदूरपश्चिमलाई


७ माघ २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

इनरुवा– सुनसरीको इटहरी उपमहानगरपालिकास्थित जनता माविको खेलमैदानमा आज सम्पन्न प्रधानमन्त्री कप महिला राष्ट्रिय टी-२० क्रिकेट प्रतियोगिताको उपाधि सुदूरपश्चिम प्रदेशले जितेको छ । फाइनल खेलमा घरेलु टोली प्रदेश नं १ लाई छ विकेटले पराजित गर्दै सुदूरपश्चिम विजयी भएको हो । प्रदेश नं १ ले दिएको एक सय दुई रनको लक्ष्य पाएको सुदूरपश्चिमले एक बल बाँकी छँदा लक्ष्य पूरा गरेको थियो ।

सुदूरपश्चिमको जितका लागि अन्तिम ओभरमा आठ रन आवश्यक आवश्यक थियो । जसमा ओभरको दोस्रो बलमा कविता कुँवरले छक्का प्रहार गरी टिमलाई विजयी बनाइन् । खेलको सुरुआतमा राम्रो प्रदर्शन नसकेको सुदूरपश्चिमको खेल मध्यक्रमका ब्याटर सम्झना खड्का र डली भट्टले सम्हालेका थिए । सम्झनाले ३३ बलमा दुई चौकासहित अविजित २७ रन बनाउँदा डलीले १६ बलमा एक चौका र दुई छक्कासहित २२ रनको योगदान दिएकी थिइन् । कविता १९ रनमा अविजित भइन् । बलिङतर्फ सवनम राई, हिरनमई रोय, रुविना क्षेत्री र संगीता राईले १(१ विकेट लिएका थिए ।

टस जितेर पहिले ब्याटिङ गरेको प्रदेश नं १ ले २० ओभरमा पाँच विकेटको क्षतिमा एक सय एक रन बनाएको थियो । प्रदेश नं १ का लागि ओपनर काजल श्रेष्ठ र कप्तान रुविनाले ३६ रनको सुरुआती साझेदारी गरेका थिए ।

रुविना १४ रन बनाएर आउट भएपछि अप्सरी बेगम र  काजलले दोस्रो विकेटका लागि ३९ रनको साझेदारी गरेका थिए । अप्सरी १५ रन बनाएर आउट भएकी थिइन् । विजयी भएको सुदूरपश्चिमले नगद पाँच लाख, ट्रफी, मेडल र प्रमाणपत्र पाएको छ भने उपविजेता बुझाएको प्रदेश नं १ ले रु तीन लाख, ट्रफी, मेडल र प्रमाणपत्र पाएको छ ।

प्रकाशित मिति : ७ माघ २०७९, शनिबार  ७ : ०८ बजे

इरानमा बस दुर्घटनामा २१ जनाको मृत्यु, ३० घाइते

एजेन्सी – इरानको दक्षिणी क्षेत्रमा शनिबार एउटा बस दुर्घटना हुँदा

मोरङमा जंगली हात्तीको आक्रमणबाट एक वर्षमा पाँच जनाको मृत्यु

बेलबारी– मोरङको बेलबारीमा जंगली हात्तीको आक्रमणबाट यसै साताको आइतबार ४५

नहरमा डुबेर एक जनाको मृत्यु

लम्की– कैलालीको लम्की चुहानगरपालिका– ६ बाघमारा, रानीजमरा कुलरिया सिँचाइ आयोजनाको

काठमाडौं महानगरको कक्षा ११ र १२ को छात्रवृत्ति प्रवेश परीक्षा सम्पन्न

काठमाडौं – काठमाडौं महानगरपालिकाले शैक्षिक सत्र २०८२-०८३ का लागि कक्षा

कुवेत पठाइदिन्छु भन्दै ठगी गर्ने पक्राउ

काठमाडौं- वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी कुवेत पठाइदिन्छु भन्दै