‘प्रथम वालिङ गोल्डकप’को उपाधि वालिङ युनाइटेड निलोलाई | Khabarhub Khabarhub

‘प्रथम वालिङ गोल्डकप’को उपाधि वालिङ युनाइटेड निलोलाई


७ माघ २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – स्याङ्जाको वालिङमा आज सम्पन्न प्रथम वालिङ गोल्डकप २०७९ को उपाधि वालिङ युनाइटेड निलोले जितेको छ । फाइनलमा विदेशी टोली एभिनियर फुटबल क्लब क्यामरुनलाई टाइब्रेकरमा ४(३ ले पराजित गर्दै वालिङ युनाइटेड निलोले उपाधि जितेको हो ।

वालिङ युनाइटेड फुटबल क्लबको आयोजनामा गत पुस ३० देखि वालिङ ८ स्थित खेलमैदानमा सुरु राष्ट्रियस्तरको प्रतियोगिता सुरु भएको थियो । फाइनल खेलमा ९० मिनेटको निर्धारित समय गोलरहित बराबरीमा टुङ्गिएपछि खेल ट्राइब्रेकर पुगेको थियो ।

उपाधि विजेता वालिङ युनाइटेडले रू पाँच लाख नगद र ट्रफी हात पारेको छ । उपविजेता एभिनियर फुटबल क्लब क्यामरुनले रू दुई लाख ५० हजार नगद र ट्रफी प्राप्त गरेको आयोजक क्लबका अध्यक्ष लालबहादुर ज्वारचनले बताए ।

वालिङ निलोका गोलरक्षक राजाबाबु थापा फाइनल खेलको उत्कृष्ट खेलाडी र प्रतियोगिताको उत्कृष्ट गोलरक्षक घोषित भए । सर्वाधिक गोलकर्ता एभिनियरका टिम्बा टिम्बा, उत्कृष्ट डिफेन्डरमा वालिङ निलोका आशीष गुरुङ, उत्कृष्ट मिडफिल्डरमा वालिङ निलोकै कमल थापा, उत्कृष्ट फरवार्डमा वालिङ निलोकै टिकाराज गुरुङ, उत्कृष्ट नवप्रतिभा खेलाडीमा वालिङ रातोका रुपेश हमाल, उत्कृष्ट प्रशिक्षकमा वालिङ निलोका दिलीप थापा र सर्वोत्कृष्ट खेलाडीका रुपमा वालिङ निलोका विश्वास श्रेष्ठ पुरस्कृत भएका छन् ।

अनुशासित टिमको उपाधि लिस्नु फुटबल क्लब रुपन्देहीले प्राप्त गरेको छ । प्रतियोगितामा त्रिभुवन आर्मी क्लब, एपिएफ क्लब, विदेशी टोली एभिनियर फुटबल क्लब क्यामरुन, केबिएल ग्लोबल भरतपुर फुटबल क्लब चितवन, लिस्नु फुटबल क्लब रुपन्देही, साहारा क्लब पोखरा र आयोजक वालिङ युनाईटेड निलो र रातो गरी कूल आठ टीमको सहभागिता थियो ।

प्रतियोगिताका विजयी टोली र विधागत बिजेता खेलाडीलाई वालिङ नगरपालिकाका प्रमुख कृष्ण खाणले पुरस्कार प्रदान गरेका थिए । वालिङमा राष्ट्रियस्तरको फुटबल प्रतियोगिता आयोजना गरेर सफलतापूर्वक सम्पन्न भएकोमा खुसी व्यक्त गर्नुहुँदै उनले आगामी वर्ष पनि निरन्तरता दिँदै जानुपर्नेमा जोड दिए ।

प्रकाशित मिति : ७ माघ २०७९, शनिबार  १० : ०७ बजे

पाल्पामा आज सिन्दुर जात्रा

तानसे– नेपाल–अङ्ग्रेज युद्धमा विजय हासिल गरेको सम्झनामा आज पाल्पामा ऐतिहासिक

विपन्नलाई निःशुल्क दाँतको ‘इम्प्लान्ट’

चितवन–  यहाँको डा अजय एण्ड डा सरु फाउन्डेसन र बायोहोराइजनको सहयोगमा

प्रि-ओपन सेसन अपडेड : नेप्से झिनो अंकले बढ्यो

काठमाडौं– आइतबार प्रि-ओपन सेसनमा नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १.४८ अंकले

शिव श्री हाइड्रोपावरले हकप्रद शेयर निष्कासन गर्ने 

काठमाडौं– शिव श्री हाइड्रोपावर लिमिटेडले हकप्रद शेयर निष्कासन गर्ने भएको

सुनको मूल्य तोलामै ७०० रुपैयाँले घट्यो, चाँदीको कति ? 

काठमाडौं– आइतबार सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी रत्न