संघीयतालाई सही तवरले अघि बढाउन विशेष जिम्मेवारी निर्वाह गर्छु : प्रचण्ड « Khabarhub

संघीयतालाई सही तवरले अघि बढाउन विशेष जिम्मेवारी निर्वाह गर्छु : प्रचण्ड


८ माघ २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपालको संघीयतालाई सही तवरले अघि बढाउन आफूले विशेष जिम्मेवारी निर्वाह गर्ने बताएका छन् ।

२८५९ औ सोनाम ल्होछारका अवसरमा नेपाल तामाङ घेदुङले आइतबार काठमाडौंको टुँडिखेलमा आयोजना गरेको बिशेष कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले नेपालको संविधानमा उल्लेख समावेशी र समानुपातीकको प्रावधानका साथै संघीयतालाई सही तवरले अघि बढाउन आफूले विशेष जिम्मेवारी निर्वाह गर्ने बताएका हुन् ।

प्रधानमन्त्री प्रचण्डले विदेशी संस्कृतिको प्रभुत्व, हस्तक्षेप, प्रभावद्वारा नेपालको राष्ट्रिय संस्कृतिलाई जर्गेना हुन नदिने एउटा चेष्टा भइरहेको पनि बताए । सामान्ती एकतात्मकताको हस्तक्षेपविरुद्धको लडाइँ अझै जारी रहेको बताउँदै उनले बैदेशिक सांस्कृतिक हस्तक्षेप हुन थालेकाले नेपालको राष्ट्रिय संस्कृतिको जर्गेना गर्ने दायित्व सबैमा आएको जनाए ।

उनले वर्तमान सरकारमा तामाङ समुदायका प्रतिनिधित्व गर्नेलाई मन्त्री बनाउने प्रतिबद्धता समेत व्यक्त गरे ।

प्रकाशित मिति : ८ माघ २०७९, आइतबार  ४ : ५२ बजे

०८३ को सुरुवात : दयनीय बक्स अफिस कलेक्सन

काठमाडौँ- ०८३ सालको सुरुवाती दुई महिना नबित्दै ११ वटा फिल्म

हुरीका कारण नवलपरासीको विनयी त्रिवेणीमा १७ घर र दुई गोठमा क्षति

नवलपरासी– नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिवेणी गाउँपालिका–१ सिसेनी क्षेत्रमा मङ्गलबार

अर्थ र सार्वजनिक लेखा समितिको बैठक बस्दै

काठमाडौँ– संघीय संसदको प्रतिनिधिसभा अन्तर्गत रहेको विभिन्न दुईवटा समितिको बैठक

विश्वकप: अमेरिकाले इरानी समर्थकको टिकट रद्द गरेको इरानको दाबी

तेहरान – इरानी फुटबल महासङ्घले सन् २०२६ को विश्वकप सह–आयोजक

प्रतिनिधिसभा बैठक बस्दै, बजेटमाथि उठेका प्रश्नमा अर्थमन्त्रीले जवाफ दिने कार्यसूची

काठमाडौँ– संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक