विश्वकप क्रिकेटमा अब यी रेकर्ड तोड्न सक्छन् रोहित शर्मा « Khabarhub

विश्वकप क्रिकेटमा अब यी रेकर्ड तोड्न सक्छन् रोहित शर्मा


२३ असार २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– इंग्ल्यान्डमा जारी १२ औं सस्करणको आईसीसी एकदिवसीय विश्वकप क्रिकेट भारतीय ओपनिङ ब्याट्सम्यान रोहित शर्माका लागि यादगार बनिसकेको छ ।

जसमा उनी लिग चरणका खेलमा ५ शतकसहित सर्वाधिक रन बनाउने खेलाडी बनिसकेका छन् । आईसीसी एकदिवसीय क्रिकेटको वरियतामा शीर्ष दोस्रो स्थानमा रहेका रोहित भारतीय टोलीका कप्तान विराट कोहलीलाई पछ्याउँदै छन् । यस्तै, उनलाई ‘युनिर्भसल बोस’ क्रिस गेल पछिको ‘युर्निभर्सल बोस’ पनि भन्न थालिएको छ ।

रोहितले जारी विश्वकपमा ६सय४७ रन बनाइसकेका छन् । अब भारतले विश्वकपको सेमिफाइनलमा मंगलबार न्युजिल्यान्डसँग खेल्दैछ । जसमा उनले अझै धेरै किर्तिमानी तोड्दै आफ्नो नाममा किर्तिमान बनाउन सक्छन् ।

उनले न्युजिल्यान्डविरुद्धको खेलमा ३२ वर्षको उमेरमा एकै विश्वकपमा सबैभन्दा धेरै रन पनि बनाउने किर्तिमानी बनाउन सक्छन् । अब उनले सबैभन्दा धेरै रनको किर्तिमानी बनाउन मात्रै २६ रनको आवश्यकता छ । यसअघि सन् २००३ को विश्वकपमा भारतीय खेलाडी सचिन तेन्दुलकरले सर्वाधिक ६ सय ७३ रन बनाएका थिए ।

त्यस्तै, रोहितले मंगलबार अर्धशतकसहित ५३ रनमात्रै बनाउन सके उनी विश्वकपको एकै संस्करणमा ७ सय रन पूरा गर्ने एक्ला खेलाडी बन्नेछन् भने लगातार तीन शतक पूरा गरिसकेका रोहिका लागि लगातार चार शतक पूरा गर्दै ४ शतक बनाउने खेलाडीको किर्तिमानी पनि बराबरी गर्न सक्छन् ।  यसअघि २०१५ को विश्वकपमा श्रीलंकाका ब्याट्सम्यान कुमार साङ्गाकाराले लगातार ४ शतक पूरा गरेका थिए ।

प्रकाशित मिति : २३ असार २०७६, सोमबार  ३ : ४६ बजे

सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती

कास्की – पोखराको प्रसिद्ध शक्तिपीठ विन्ध्यवासिनी मन्दिरमा बडादसैँको सप्तमीका अवसरमा

म्यान्मामा सैन्य हवाई आक्रमण, ११ सर्वसाधारणको मृत्यु

ढाका – म्यान्माको मध्यक्षेत्रमा पर्ने एक गाउँमा सेनाले गरेको हवाई

बागमती किनारमा दसैँको रौनक, लिङ्गे पिङमा रमाउँदै बालबालिका (तस्बिरहरू)

काठमाडाैं – कुपोण्डोलस्थित बागमती नदी किनारमा दसैँको उमङ्ग, लिङ्गे पिङ

अस्थायी मर्मतपछि दसैँमा सहज बन्दै बागलुङका सडक

बागलुङ – बाढीपहिरोले क्षति पुर्‍याएका बागलुङका राष्ट्रिय राजमार्गदेखि ग्रामीण सडकसम्म

करेन्ट लागेर महिलाको मृत्यु

ओखलढुङ्गा – ओखलढुङ्गाको चिशङ्खुगढी गाउँपालिका–१, कुमलटारमा करेन्ट लागेर ५४ वर्षीया