सङ्गठनका नेताहरू जनताको दुःखसुखको साथी बन्नुपर्छ : माधव नेपाल « Khabarhub

सङ्गठनका नेताहरू जनताको दुःखसुखको साथी बन्नुपर्छ : माधव नेपाल


९ माघ २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले सङ्गठनका नेताहरू जनताको दुःखसुखको साथी बन्नुपर्ने बताएका छन् । पार्टी निकट मुस्लिम इत्तेहाद सङ्गठन नेपालको पदाधिकारीको बैठकमा उनले वर्तमान सन्दर्भमा समाजवादको विचारसहित जनताका पिरमर्का तथा समस्या बुझेर समाधानका लागि सम्बन्धित पक्षलाई जानकारी गराउन कार्यकर्तालाई निर्देशन दिए ।

उनले नेपालमा रहेका मुस्लिम समुदायका बस्तीबस्तीमा पुगेर समुदायका आवश्यकता पहिचान गरी समाधानका लागि पार्टीमा सुझाव पेस गर्नसमेत सुझाव दिए । अध्यक्ष नेपालले सङ्गठनले नेपालमा रहेका मुस्लिम समुदायका अवस्था तथा उनीहरूका समस्या समाधान गर्न सहयोग गर्नुपर्ने बताए ।

नेकपा (एकीकृत समाजवादी)का उपमहासचिव तथा मोर्चा फाँट प्रमुख विजय पौडेलले उक्त समुदायमा हुने गरेका अन्याय, अत्याचारका विरुद्ध सङ्गठनले देशभर अभियान सञ्चालनमा सक्रियता देखाउनुपर्ने बताए । पार्टीका अर्का उपमहासचिव तथा प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले सङ्गठनले पार्टी केन्द्रीय कार्यालयमा आफ्नो सुझाव पेस गर्दा प्रचार विभागलाई समेत जानकारी गराउँदा त्यसको प्रचारप्रसारमा सहयोग पुग्ने विचार व्यक्त गरे ।

सङ्गठनका अध्यक्ष ताज मोहम्मद मियाँको अध्यक्षतामा बसेको बैठकले सचिवालयको बैठक आगामी फागुन १५ गतेभित्र अधिवेशन सम्पन्न गर्ने, प्रदेश कमिटीको बैठक यही माघ मसान्तभित्र सम्पन्न गर्ने, जिल्ला भेला आगामी चैत मसान्तभित्र सम्पन्न गर्ने, नयाँ सदस्यता वितरण कार्य फागुनदेखि सुरु गर्ने, विधान मस्यौदा तत्काल छपाइ गर्ने र सदस्यता पत्र छपाइ कार्य अघि बढाउने निर्णय गरेको छ । बैठकले लुम्बिनी प्रदेशको इञ्चार्जमा मोहम्मद अब्दुल र कर्णाली प्रदेशको इञ्चार्जमा अनारकली मियाँलाई जिम्मेवारी तोकेको छ ।

प्रकाशित मिति : ९ माघ २०७९, सोमबार  ८ : १७ बजे

सुडानमा विमान दुर्घटना, विमानमा सवार १४ जनाको मृत्यु

जुवा – दक्षिण सुडानको राजधानी जुबा नजिकै सोमबार एउटा सानो

शेखर गोल्छालाई थप तीन दिन हिरासतमा राख्न अनुमति

काठमाडौँ । व्यवसायी शेखर गोल्छालाई तीन दिन हिरासतमा राखेर अनुसन्धान

ब्याटिङ नचल्दा दिल्लीको लज्जास्पद हार, आरसीबी ९ विकेटले विजयी

काठमाडौं – आईपीएल २०२६ मा रोयल च्यालेन्जर्स बेंगलुरुले आफ्नो छैटौँ

बागमतीमा मन्त्रालयको संख्या ७ मात्रै बनाउन विपक्षीको सुझाव

काठमाडौँ- नेकपाले बागमती प्रदेश सरकारमा मन्त्रालयको संख्या ७ वटामात्रै गर्न

पर्यटन प्रवर्द्धनका लागि नेपाली फोटो पत्रकार टोली बङ्गलादेश प्रस्थान

काठमाडौं – नेपालको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यसहित नेपालका १० सदस्यीय