शैक्षिक क्षेत्र सुधारको अभियानमा मन्थली नगर « Khabarhub

शैक्षिक क्षेत्र सुधारको अभियानमा मन्थली नगर


९ माघ २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

रामेछाप – आफ्नो नगरको शैक्षिक क्षेत्रको सुधार गर्न मन्थली नगरपालिका लागि परेको छ । पछिल्लो समयमा सामुदायिक शिक्षा सुधारको अभियान नै सञ्चालन गरेर नगरपालिकाले सुधारको प्रयास गरेको छ । नगरपालिकाले शिक्षा क्षेत्रको विकासलाई पहिलो प्राथमिकतामा राखेर सामुदायिक विद्यालयको पठनपाठनलाई गुणस्तरीय बनाउने अभियानलाई तीव्र बनाएको हो ।

सोही अभियानअन्तर्गत नगरपालिकाले अहिले अभिभावक, शिक्षक, विद्यार्थी, सरोकारवाला निकायसँग वडा तहमा नै छलफल, प्रशिक्षणलगायतका कार्यक्रम सञ्चालन गरिरहेको छ । त्यसैगरी आन्तरिक व्यवस्थापन सुधार, शिक्षण सिकाइ उपलब्धिको लागि प्रधानाध्यापक तथा शिक्षकसँग पनि दोहोरो सवालजवाफ, दैनिक विद्यार्थी, शिक्षक डायरी व्यवस्थापन र दैनिक कामको अभिलेखीकरणलगायत विभिन्न काम नगरपालिकाले सुरु गरेको छ ।

यही अभियानअन्तर्गत आइतबार मन्थली नगरपालिका–२ कठजोरको निलकण्ठेश्वर माध्यमिक विद्यालयमा गुणस्तरीय शिक्षाको लागि शिक्षक तथा सरोकारवालाबीच अन्तरक्रिया गरेको थियो । विद्यालयका शिक्षक, विद्यालय व्यवस्थापन समिति, अभिवाक र स्थानीय सरोकारवालासँग नगरपालिका प्रमुख लव श्रेष्ठ, उपप्रमुख ईश्वरी बस्नेत, सामाजिक विकास समितिका संयोजक एवं वडा नं–८ का वडाध्यक्ष गोपाल श्रेष्ठ, वडा नं २ का वडाध्यक्ष सुरेन्द्र कार्की, वडा नं ३ का वडाध्यक्ष कृष्णगोपाल थापा, महाशाखा प्रमुख हेमन्त बुढाथोकी समेतको उपस्थितिमा शिक्षा सुधारका सवालमा छलफल गरिएको थियो ।

कार्यक्रमका अवसरमा नगरप्रमुख श्रेष्ठले सामुदायिक शिक्षाको गुणस्तर सुधार नगरपालिकाको पहिलो प्राथमिकतामा रहेको बताए । उनले भने, “मन्थली नगरपालिकाको पहिलो प्राथमिकता शिक्षा नै हो, त्यसैले बजेटको अभावले शिक्षामा सुधार गर्ने काम पैसाको अभावले रोकिँदैन ।” शैक्षिक सुधारका लागि आवश्यकता अनुसारको दीर्घकालीन तथा प्रभावकारी योजना बनाएर लाग्न विद्यालयलाई आग्रह गर्दै नगरप्रमुख श्रेष्ठले आवश्यक स्रोत र साधनको व्यवस्थापन नगरपालिकाले गर्ने बताए ।

कूल १४ वडा रहेको मन्थली नगरपालिकामा १९ माध्ययिक विद्यालय र ४९ आधारभूत विद्यालय सञ्चालनमा रहेका छन् । यी विद्यालयमा अध्ययनरत करिब १० हजार पाँच सयभन्दा बढी विद्यार्थीको शैक्षिक उन्नयनका लागि नगरले अभियान चलाएको र त्यसका लागि सरोकारवालाले पनि सक्रियता र चासो देखाएको नगर पालिकाले जनाएको छ ।

प्रकाशित मिति : ९ माघ २०७९, सोमबार  १० : ५० बजे

काठ र दाउरा बिक्रीबाट करिब चार करोड आम्दानी

नारायणगढ– जिल्ला वन पैदावार आपूर्ति समितिले आर्थिक वर्ष २०८२-८३ मा

इजीजेटमा क्याबिन क्रूको आन्दोलन, फ्रान्सबाट १०० भन्दा बढी उडान रद्द

पेरिस-उडान तालिकामा बारम्बार परिवर्तन भएको भन्दै इजीजेटका क्याबिन क्रूले आन्दोलन

कङ्गोमाको इबोला प्रकोप तीव्र

एजेन्सी– लोकतान्त्रिक गणतन्त्र कङ्गोमामा चलिरहेको इबोला प्रकोप तीव्र रुपमा फैलिएर

अनलाइनमार्फत स्वास्थ्य बिमामा आबद्ध हुन सकिने

काठमाडौं– स्वास्थ्य बिमा बोर्डले अनलाइनबाट बिमामा आबद्ध हुनसक्ने प्रक्रिया सुरु

काठमाडौं प्रवासी नेपालीलाई नेपालमा लगानी गर्न अर्थमन्त्रीको आग्रह 

काठमाडौं– अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले प्रवासमा रहेका नेपालीलाई नेपालमा ढुक्क