देशको अवस्थादेखि ५९ प्रतिशत मानिस निराश, स्थानीय सरकारप्रति सकारात्मक « Khabarhub

नेपाली जनमत सर्वेक्षण सार्वजनिक

देशको अवस्थादेखि ५९ प्रतिशत मानिस निराश, स्थानीय सरकारप्रति सकारात्मक


९ माघ २०७९, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ : काठमाडौँ विश्वविद्यालयले नेपाली जनताको पछिल्लो अवस्थाका बारेमा गरेको सर्वेक्षण सार्वजनिक गरेको छ । सोमबार होटल याक एण्ड यतिमा एक कार्यक्रम आयोजना गर्दै काठमाडौँ विश्वविद्यालयले जनमत सर्वेक्षण सार्वजनिक गरेको हो ।

सन् २०१७ देखि सुरु भएको नेपाली जनमत सर्वेक्षण यसवर्ष गरेर चौथोपटक सार्वजनिक गरिएको हो । सर्वेक्षण काठमाडौँ विश्वविद्यालय स्कूल अफ आर्ट्सको नेतृत्वमा इन्टरडिसिप्लिनरी एनालिस्ट्स आईडीए र स्थानीय सरकार सबलीकरण कार्यक्रमले संयुक्त रुपमा गरेका थिए ।

नेपालका ७ प्रदेशका ५८८ वडाहरुमा १८ वर्षभन्दा माथिका ७ हजार ६० जना प्रतिनिधि सर्वेक्षणमा सहभागी रहेको काठमाडौँ विश्वविद्यालयले जनाएको छ । यसपटकको सर्वेक्षणमा विकास र सहकार्यका लागि स्वीस संस्था एडीसीले पनि सहकार्य गरेको थियो ।

सर्वेक्षणमा गरिएको अध्ययअनुसार मुख्य ५ वटा परिच्छेदमा १२ वटा बुँदामा निष्कर्ष निकालिएको छ । जसको पहिलो बुँदामा नेपालका ४१ दशमलव ७ प्रतिशत मानिसहरु मात्रै देशको वर्तमान अवस्थाप्रति आशावादी छन् । बाँकी ५९ प्रतिशत मानिससहरु देशको अवस्थादेखि निराश छन् ।

यसरी आशावादी हुने मानिसहरु स्थानीय सरकार तथा क्षेत्रबाट ७० प्रतिशत मानिसहरु सकारात्मक छन् । यसरी सकारात्मक हुनुमा बाटोघाटो, शिक्षा र विद्यूत आपूर्ति मुख्य कारण छन् । यसबाहेक अरु धेरै अध्ययन तथा सर्वेक्षण ‘नेपाल जनमत सर्वेक्षण, २०२२’ प्रतिवेदनमा छ ।

कार्यक्रममा काठमाडौँ विश्वविद्यालयका प्राध्यापक, उपप्राध्यापक, विषयविज्ञ, शिक्षाविद्, राजनीतिशास्त्री, नेपालका लागि विदेशी राजदूत, डोनर एजेन्सीदेखि, सांसददेखि सरोकारवालाहरुको सहभागिता थियो ।

सोमबार सार्वजनिक गरिएको नेपाली जनमत सर्वेक्षण २०२२ को विस्तृत प्रतिवेदन काठमाडौँ विश्वविद्यालयको वेबसाइटमा राखिएको कार्यक्रम सञ्चालक तथा काठमाडौँ विश्वविद्यालयका प्रोफेसर डा.उद्धव प्याकुरेलले जानकारी दिए ।

प्रकाशित मिति : ९ माघ २०७९, सोमबार  ९ : १३ बजे

रास्वपा कार्यकर्ताले झण्डा जलाएको घटनामा एमालेको कडा आपत्ति

दाङ- नेपाल कम्युनिष्ट पार्टी (एमाले) जिल्ला कमिटी दाङले तुलसीपुर बजार

रुपन्देही–४ का मतदाता भन्छन् : हामीलाई विकासप्रेमी नेता चाहिएको छ

देवदह– ‘मर्चवार आउने सडकको अवस्था राम्रो छैन, यहाँको मुख्य समस्या

रास्वपाले स्थगित गर्‍यो भैरहवा र पोखराको चुनावी सभा

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीले भैरहवा र पोखरामा आयोजन गर्न लागेको

जबरजस्ती करणी गरेको अभियोगमा एकजना पक्राउ

इलाम– १५ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा माङसेबुङ गाउँपालिका-३ घर

निर्वाचन रिपोर्टिङलाई विश्वसनीय बनाउन अभिमुखीकरण कार्यक्रम

काठमाडौं– नेपाल पत्रकार महासङ्घले निर्वाचन रिपोर्टिङलाई तथ्यपरक, सन्तुलित र विश्वसनीय