म्याच फिक्सिङको आरोपमा अंसारी र आलम पक्राउ « Khabarhub

म्याच फिक्सिङको आरोपमा अंसारी र आलम पक्राउ


१० माघ २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

सप्तरी – म्याच फिक्सिङ गरेको आरोपमा सोमबार प्रहरीले नेपाली राष्ट्रिय क्रिकेट टिमका सदस्य आदिल अन्सारी र पूर्व राष्ट्रिय खेलाडी महबुब आलमलाई पक्राउ गरेको छ।

सोही प्रकरणमा सप्तरीको राजविराज घर भएका पूर्वराष्ट्रिय खेलाडी महबुब आलमलाई विराटनगरबाट नियन्त्रणमा लिइएको प्रहरी स्रोतले बताएको छ।

राजविराजस्थित पब्लिक विन्देश्वरी माध्यमिक विद्यालयको खेल मैदानवाट पक्राउ परेका आदिललाई बुद्ध एयरको उडानवाट राजविराजबाट काठमाडौं पठाइएको प्रहरी स्रोतले जानकारी दिएको छ।

सप्तरीको राजविराज वडा नं ४ घर भएका पूर्वराष्ट्रिय खेलाडी महबुब आलमलाई विराटनगरबाट नियन्त्रणमा लिइएको प्रहरी स्रोतले बताएको छ।

अन्सारी र आलममाथि नेपाल टी–टवान्टी लिग क्रिकेट प्रतियोगितामा म्याच फिक्सिङ गरेको आरोप छ। अन्सारीलाई केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) लगिने र अनुसन्धान गरिने तयारी छ। लिगमा अन्सारी जनकपुर रोयल्स टिमबाट खेलेका थिए।

बारा जिल्ला घर भएका आदिललाई सप्तरीको राजविराजस्थित पब्लिक बिन्देश्वरी माध्यमिक विद्यालयको खेलमैदानबाटै सोमवार बिहान प्रहरीले नियन्त्रणमा लिएको हो।

सो मैदानमा जारी मुन्ना साह मेमोरियल अन्तर कलेज क्रि केट प्रतियोगितामा जानकी उच्च माध्यमिक विद्यालयका तर्फबाट प्रतियोगिता खेल्न मैदान पुगेका उनलाई प्रहरीले नियन्त्रणमा लिएको हो।

नेपाल क्रिकेट संघ (क्यान)ले भारतीय कम्पनी सेभेन थ्री स्पोर्टससँगको साझेदारीमा गत पुस ८ गतेदेखि टी-२० लिग प्रतियोगिता गरेको थियो। सो प्रतियोगितामा म्याच फिक्सिङका आधारहरू फेला परेपछि सीआईबीले छानबिन गरिरहेको छ।

प्रकाशित मिति : १० माघ २०७९, मंगलबार  १० : १२ बजे

यू–१९ एसिया कप र विश्वकपका लागि नेपालको प्रारम्भिक टोली घोषणा

काठमाडौँ : आसन्न एसिया कप र आउँदो वर्ष आयोजना हुने आइसिसी

विदेश पठाउने भन्दै ठगी गर्ने पाँच जना पक्राउ

काठमाडौँ । प्रहरीले वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न

युक्रेनमा नेटो सेनाको उपस्थिति अस्वीकार्यः क्रेमलिन

काठमाडौँ । युक्रेनमा उत्तर एटलान्टिक सन्धिसङ्गठन (नेटो) सदस्य राष्ट्रका सैनिक

काठमाडौंका विद्यालयदेखि हिमाली गुम्बासम्म इनलाइटको सहयोग

काठमाडौं– नेपालका विभिन्न विद्यालय, स्वास्थ्य केन्द्र, बौद्ध गुम्बा तथा हिमाली

लुम्बिनी सरकारले गर्‍यो प्रदेशसभा अधिवेशन अन्त्य

काठमाडौँ । लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले प्रदेशसभाको चालू आठौँ