मधेसमा एक लाख ४६ हजारबढी सवारी साधन कारबाहीमा « Khabarhub

मधेसमा एक लाख ४६ हजारबढी सवारी साधन कारबाहीमा


१० माघ २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

वीरगञ्ज– मधेस प्रदेशमा चालु आर्थिक वर्ष २०७९-८० को छ महिनामा एक लाख ४६ हजारभन्दा बढी सवारी साधन कारबाहीमा परेका छन् । 

सवारी दुर्घटना न्यूनीकरण गर्न प्रदेशका जिल्लामा विशेष अभियान चलाएको ट्राफिक प्रहरीले विभिन्न कसुरमा एक लाख ४६ हजार एक सय ८० वटा सवारी साधनमाथि कारबाही गरेको हो । सवारी साधनमाथिको कारबाहीबाट रू १० करोड ७७ लाख १५ हजार पाँच सय राजस्व संकलन भएको मधेस प्रदेश ट्राफिक कार्यालय पथलैया बाराले जानकारी दिएको छ । 

ट्राफिक प्रहरीले हाल राजमार्गमा जडान गरिएको सिसिटिभी र राडर स्पिड गनबाट सवारी साधनको गति निगरानी गरिरहेको छ । कार्यालय पथलैया बाराका अनुसार तीव्र गतिमा चलाइएको कार-जिप दुई हजार ६ सय ६४ वटा सवारी साधन कारबाहीमा परेका छन् । 

साथै यात्रुबाहक बस, मिनिबस र सुमो आठ सय २१ वटा, मोटरसाइकल तीन सय ४९ वटा र मालबाहक ट्रिपर, ट्रक र ट्र्याक्टर तीन सय २५ वटा गरी चार हजार एक सय ४९ वटा सवारी साधनमाथि कारबाहीमा परेको कार्यालय प्रमुख प्रहरी उपरीक्षक सन्तोषकुमार भट्टराईले जानकारी दिए ।

क्षमताभन्दा बढी यात्रु बोक्ने, तीव्र गतिमा सवारी चलाउने, बिना हेलमेट र तीन जना सवार भइ मोटरसाइकल चलाउने प्रवृत्ति बढेकाले राजमार्ग तथा अन्य सहायकमार्गमा सवारी चेकजाँच कडाइ गरिएको उनको भनाइ छ । 

यस अवधिमा प्रदेशका जिल्लामा भएका दुई हजार आठ सय ७६ सवारी दुर्घटनामा तीन सय नौ जनाको मृत्यु भएको छ । सवारी दुर्घटनामा सबैभन्दा बढी बारामा ६५ जना र सबैभन्दा कम पर्सामा २२ जनाको मृत्यु भएको प्रदेश ट्राफिक कार्यालय पथलैया बाराले जनाएको छ ।  

प्रकाशित मिति : १० माघ २०७९, मंगलबार  १२ : १८ बजे

पोखरामा विद्युत् तार भूमिगतको काम ६५ प्रतिशत सकियो

कास्की – पोखराको मुख्य बजार क्षेत्रमा अहिले बिजुलीको तार भूमिगत

कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक ९ बजे

काठमाडौं – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज पनि

मलेसियाका पूर्वप्रधानमन्त्री महाथिर अस्पताल भर्ना

क्वालालम्पुर – मलेसियाका पूर्वप्रधानमन्त्री महाथिर मोहम्मद मङ्गलबार आफ्नै निवासमा लडेर

आजको मौसम : तराईमा हुस्सुले जनजीवन प्रभावित

काठमाडौं – बुधबार बिहान लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रमा

पल्सर स्पोर्टस अवार्ड आज पोखरामा

पोखरा – नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) को आयोजनामा हुन