कर्णालीको विकासलाई ध्यान दिइयोस् : ज्ञानेन्द्र शाही « Khabarhub

कर्णालीको विकासलाई ध्यान दिइयोस् : ज्ञानेन्द्र शाही


१० माघ २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद ज्ञानेन्द्र शाहीले कर्णालीको विकासमा सरकारले ध्यान दिनुपर्ने बताए ।

प्रतिनिधिसभाको आजको बैठकमा उनले कर्णालीको शिक्षा, स्वास्थ्य र पूर्वाधार विकासमा सरकारले पर्याप्त ध्यान दिनुपर्ने खाँचो औँल्याए । कर्णालीको विकास राज्यको प्राथमिकतामा छैन भन्ने उदाहरण कर्णाली राजमार्ग हो भन्दै उनले उक्त राजमार्गलाई वैकल्पिक राजमार्गका रुपमा अघि बढाउन बजेट व्यवस्थापन गर्न माग गरे । 

सांसद शाहीले जुम्लीको विकाससँग जोडिएको जुम्ला विमानस्थलको स्तरोन्नति गरिनुपर्ने खाँचो औँल्याए । उनले मुलुकमा विधिको शासन कायम गर्न सबै गम्भीर हुनुपर्नेमा समेत जोड दिए। बैठकमा जनता समाजवादी पार्टी (जसपा) नेपालका सांसद अशोक राईले संसद्को प्रभावकारिता र गरिमा बढाउन नवनिर्वाचित सभामुख र उपसभामुखले सक्रिय भूमिका खेल्नुहुने विश्वास व्यक्त गरे ।

उनले भने, ‘संसद्को गरिमा, प्रतिष्ठा र प्रभावकारिता बढाउन र संसदप्रतिको आकर्षण बढाउन सभामुख र उपसभामुखको महत्वपूर्ण भूमिका हुन्छ ।’ उनले सदनलाई आवाजविहीनको आवाज व्यक्त हुने वातावरण बनाइनुपर्नेमा जोड दिए।

प्रकाशित मिति : १० माघ २०७९, मंगलबार  ६ : ०७ बजे

स्थानीय पाठ्यक्रममा देवघाटधामको पहिचान र संस्कृति समेटियो 

तनहुँ– देवघाट गाउँपालिकाले देवघाटधामको पहिचान, संस्कृति र भूगोललाई समेटेर स्थानीय

सडक सुविधाले किचकबध र कचनकबलमा पर्यटकीय चहलपहल

झापा– प्रसिद्ध पर्यटकीयस्थल किचकबध र नेपालकै होचो स्थान कचनकबल जाने

सिंहदरबारमा मन्त्रिपरिषद बैठक जारी, सरकारको नीति तथा कार्यक्रम पारित गरिने

काठमाडौँ– प्रधानमन्त्री वालेन्द्र शाहको आह्वानमा मन्त्रिपरिषद बैठक बसिरहेको छ ।

आजदेखि सरकारी कार्यालयमा सरसफाइ अभियान सुरु (तस्बिरहरू)

काठमाडौँ– सार्वजनिक सेवा प्रवाहलाई मर्यादित, स्वच्छ र वातावरणमैत्री बनाउनका लागि

‘सुपर घलेम्दी’ जलविद्युत् आयोजनाको पहुँचमार्ग निर्माण सुरु

म्याग्दी– म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ मा रहेको नौ दशमलव १४ मेगावाट