संसद भवन अगाडि आत्मदाह प्रयास गर्ने युवाको निधन | Khabarhub Khabarhub

संसद भवन अगाडि आत्मदाह प्रयास गर्ने युवाको निधन


११ माघ २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


309
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – संघीय संसद् भवन नयाँ बानेश्वर अगाडि आत्मदाह प्रयास गर्ने युवाको निधन भएको छ।

कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचारका क्रममा उनको बुधबार बिहान निधन भएको डाक्टर किरण नकर्मीले जानकारी दिएका छन्।

शरिरको अधिकांश भाग जलेका कारण उनलाई बचाउन नसकिएको चिकित्सकको भनाइ छ। ​

मंगलबार दिउँसो इलामको सूर्योदय नगरपालिका निवासी ३७ वर्षीय प्रेमप्रसाद आचार्यले शरीरमा पेट्रोल खन्याएर आफ्नै शरीरमा आगो लगाएका थिए ।

तत्काल प्रहरीले आगो निभाएर अस्पताल लिँदा गम्भीर घाइते उनको शरीरको ८० प्रतिशत भाग जलेको पाइएको थियो।

मंगलबार साँझ स्वास्थ्य राज्यमन्त्री डाक्टर तोसिमा कार्की उनलाई भेट्न अस्पताल पुगेकी थिइन्।

प्रकाशित मिति : ११ माघ २०७९, बुधबार  ८ : ३५ बजे

आज भारतको बिहार विधानसभा चुनावको मत गणना हुँदै

काठमाडौं–  भारतको बिहार विधानसभा चुनावको मत गणना आज हुँदैछ।  नोभेम्बर

‘भ्रष्टाचारको ट्याग हटाउन कति पटक मरौं ?’

काठमाडौं – भरतपुरस्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्‍गशाला निर्माणमा धुर्मुस-सुन्तली

थारू महिलाको पौरख : नेपालगञ्जलाई अर्ग्यानिक स्वाद

राँझा– नेपालगञ्ज सहरको व्यस्तता र आयातित तरकारीको भीडमा बाँके र

कुमारी घरको छानो जीर्णोद्धार गर्न एक करोड २५ लाख

काठमाडौं– काठमाडौँ महानगरपालिकाले कुमारीवहाल (कुमारीघर) को छानो जीर्णोद्धार गर्न रु

आज विश्व मधुमेह दिवस मनाइँदै

काठमाडौं– विविध चेतनामूलक कार्यक्रमका साथ आज विश्व मधुमेह दिवस नेपालसहित