डीपीएल: काठमाडौं गोल्डेन्सको लगातार जीत, दोस्रो स्थानमा उक्लियो « Khabarhub

डीपीएल: काठमाडौं गोल्डेन्सको लगातार जीत, दोस्रो स्थानमा उक्लियो


१ फाल्गुन २०७५, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं । धनगढी प्रिमियर लिग (डीपीएल) मा काठमाडौं गोल्डेन्सले लगातार दोस्रो खेलमा जीत हासिल गरेको छ । महेन्द्रनगर युनाइटेडमाथि ७ रनको रोमाञ्चक जीत हासिल गरेको लिगको दोस्रो स्थानमा उक्लिएको हो ।

टस हारेर पहिलो ब्याटिङको निम्तो पाएको काठमाडौंले दिएको १३५ रनको लक्ष्य पछ्याएको महेन्द्रनगरले २० ओभर पूरा खेल्दै ८ विकेट गुमाएर १ सय २७ रन मात्रै बनाउन सफल भयो ।

पहिलो खेलमा पनि हार बेहोेरेको महेन्द्रनगरका लागि अमरसिंह राउटेलाले नटआउट २८ रन बनाए पनि टिमलाई जीत दिलाउन सकेनन् ।

यस्तै, कप्तान शरद भेषावकरले २३ रन, आरिफ शेखले १८ रन, सुब्रमुनियम आनन्दले १५ रन तथा रोहित कुमार पौडेलले १० रन बनाए ।

महेन्द्रनगरविरुद्ध काठमाडौंका राशिद खानले उत्कृष्ट प्रर्दशन गरे । उनले ४ ओभर बलिङ गर्दै १७ रन खर्चेर ३ विकेट लिए । यस्तै, अङ्कित डबासले २ विकेट तथा नन्दन यादव, ललितनारायण राजवंशी र योगेन्द्र्रसिंह कार्कीले समान १—१ विकेट लिए ।

यसअघि टस हारेर पहिलो ब्याटिङको निम्तो पाएको काठमाडौंका लागि विदेशी खेलाडी अङ्कित डबासले सर्वाधिक ६५ रन बनाए भने योगेन्द्रसिंह कार्कीले २२ रन, कप्तान ज्ञानेन्द्र मल्लले १४ रन र मेहवुव आलमले १३ रन बनाए ।

काठमाडौंविरुद्ध महेन्द्रनगरका लागि अमरसिंह राउटेलाले २ तथा मोहमद नाभेद, अभिनास बोहरा र सागर ढकालले समान १—१ विकेट लिए ।

काठमाडौं गोल्डेन्स लगातार दुई खेलमा जीत निकाल्दै धनगढी प्रिमियर लिग (डीपीएल) मा दोस्रो स्थानमा उक्लिएको छ । दुई खेलबाट ४ अंक बनाएको काठमाडौं रन रेटका आधारमा भने समान ४ अंक भएको रुपन्देहीभन्दा तल छ ।

प्रकाशित मिति : १ फाल्गुन २०७५, बुधबार  १ : २४ बजे

जेन-जी शहीद सम्झिन गएनन् प्रधानमन्त्री, को को पुगे ?

काठमाडौं– जेन-जी शहीदहरूको सम्झनामा आज देशभर स्मृति दिवस मनाइँदै छ

सामाजिक सञ्जालमा अशिष्‍टता रोक्न एमाले बाँकेको निगरानी, ‘स्क्रिनसट’ राखेर बुलेटिन निकाल्ने

नेपालगन्ज- नेकपा एमाले बाँकेले सामाजिक सञ्जालमा बढ्दै गएको अशिष्ट, अमर्यादित तथा

क्यान्सरमुक्त महानगरको लक्ष्यमा कामपा

काठमाडौं– काठमाडौं महानगरपालिकाले महिलामा हुने पाठेघरको मुखको क्यान्सर, स्तन क्यान्सर

चेपाङ समुदायले घरघरमै मनाए न्वागी

नारायणगढ– चेपाङ समुदायले यसवर्ष छोनाम (न्वागी) घरघरमै मनाएका छन् । 

सुधन भन्थे : सिंहदरबार त हजारवटा बनाउन सकिन्छ, तर मन्त्री निवासबाहेकका संरचना मर्मतसमेत भएनन्

काठमाडौं- वालेन्द्र शाह नेतृत्वको वर्तमान सरकारका शक्तिशाली मन्त्री हुन् सुधन