जनताको आशालाई निराश हुन दिन्न : मन्त्री पाण्डे « Khabarhub

जनताको आशालाई निराश हुन दिन्न : मन्त्री पाण्डे


११ माघ २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

चितवन– सहरी विकासमन्त्री विक्रम पाण्डेले जनताको आशालाई निराश हुन नदिने बताएका छन् । मिडिया नेपाल चितवनले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले जनतासँग गरेका वाचा पूरा हुने गरी काम गर्ने बताएका हुन् । 

सरकारमा सहभागी हुने क्रममा जनताको पक्षमा काम गर्न पार्टीले आफूलाई यो जिम्मेवारी दिएको बताउँदै उनले पार्टीले दिएको जिम्मेवारी र जनताको आशा नमर्ने गरी काम गर्ने बताए। उनले भने, ‘निर्वाचनमा आफूले बोलेका योजना मात्रै होइन ७७ वटै जिल्लामा भइरहेका योजना र गर्नुपर्ने योजना जनताको अपेक्षा अनुसार काम हुन्छ ।’ 

सबै जिल्लामा आफ्नो मन्त्रालयको काम छिटो र फरक तरिकाले हुने उनले बताए। उनले थपे, ‘७७ जिल्लामा भइरहेका र गर्नुपर्ने योजना हेरेर त्यसलाई छिटो भन्दा छिटो, फरक तरिकाले आजसम्म जसरी चलेको थियो त्यो भन्दा पनि फरक तरिकाले चलाउने लक्ष्यसाथ पार्टीले मलाई जिम्मा दिएको हो ।’ आफूले मन्त्रालय सम्हाल्न नपाउँदै स्वार्थ बाँझिने मन्त्रालयको जिम्मा दिएको भनेर टिकाटिप्पणी भएको भन्दै उनले कुनै स्वार्थ नबाझिने बताए। 

सिक्टा सिँचाइ योजनामा आफ्नो कम्पनीलाई राजनीतिक उद्देश्यका साथ फसाउन खोजिएको भए पनि अदालतबाट सफाइ पाइसकेको उहाँले जानकारी दिए। आफूले सञ्चालन गरेका कम्पनीका सबै पदबाट राजीनामा दिइसकेको उनले पत्रकार सम्मेलनमा जानकारी दिए।

फरक प्रसङ्गमा बोल्दै उनले पार्टीको अडान सरकारमा रहेपनि नरहे पनि उही रहेको बताए। उनले भने, ‘हाम्रा मुद्दा यथावत रहेका छन् । पार्टीको धारणा रोकिँदैन ।’ यही संविधानभित्र रहेर आफ्ना मुद्दा उठाइने उनले बताए ।

प्रकाशित मिति : ११ माघ २०७९, बुधबार  ४ : ३८ बजे

मधेशमा सभामुख छान्ने यस्तो छ निर्वाचन कार्यतालिका

काठमाडौं- मधेस प्रदेशसभामा रिक्त सभामुख पदका लागि पुस ६ गते

बागमतीका मुख्यमन्त्री भन्छन्- राज्यले निर्माण व्यवसायीमाथि आतंक बढायो

काठमाडौं- बागमती प्रदेशका मुख्यमन्त्री ईन्द्रबहादुर बानियाँले राज्यले निर्माण व्यवसायीमाथि आतंक

नोबेल पुरस्कार विजेताको प्रमुख आतिथ्यतामा त्रिविको दीक्षान्त हुँदै

कीर्तिपुर- नोबेल पुरस्कार विजेता जापानी प्राध्यापक ताकाआकी काजिताको प्रमुख आतिथ्यतामा

बङ्गलादेशमा विद्यार्थी नेताको हत्यारालाई पक्राउ गर्न आन्दोलनकारीको माग

ढाका – गत वर्षको विद्यार्थी आन्दोलनका एक प्रमुख व्यक्तिलाई गोली

सिफारिस भएर आएका नामहरूलाई केन्द्रमा पठाउने कांग्रेस लुम्बिनीको निर्णय

बुटवल- नेपाली कांग्रेसको लुम्बिनी प्रदेश कार्यसमितिको बैठकले प्रतिनिधिसभा र राष्ट्रियसभा