अमेरिकामा फेरि गोलीकाण्ड, तीन जना मारिए « Khabarhub

अमेरिकामा फेरि गोलीकाण्ड, तीन जना मारिए


११ माघ २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- अमेरिकामा अर्को गोलीकाण्डको घटना सार्वजनिक भएको छ । अमेरिकाको उत्तर पश्चिममा पर्ने वासिङ्टन राज्यको याकिमा सहरमा एक जनाले जथाभावी गोली हानेर तीन जनाको हत्या गरेको जनाइएको छ । याकिमा सहरको एक पसलमा गोली चलेको अमेरिकी सञ्चारमाध्यमले जनाएका छन् ।

गोली प्रहार गर्नुअघि बन्दुकधारीले उक्त पसलमा कुनै पनि विवाद नगरेको र अकस्मात गोली चलाएको पसलमा उपलब्ध सिसी क्यामेराका फुटेजमा देखिएको प्रहरीले बताएको छ ।

पसलमा आएका बन्दुकधारीले सुरुमा यसो यताउता हेरेजस्तो गरेको र पछि आफ्नो साथमा रहेको बन्दुक झिकेर अकस्मात प्रहार गरेको देखिएको प्रहरीले जनाएको छ ।

गोली प्रहार गरेपछि सो व्यक्ति कार चलाएर भागेको प्रहरीको भनाइ छ । केही दिनमात्र अघि अमेरिकाको क्यालिफोर्नियामा भएको यस्तै गोलीकाण्डमा परेर १० जनाको ज्यान गएको थियो ।

प्रकाशित मिति : ११ माघ २०७९, बुधबार  ५ : ४१ बजे

वाग्मती सफाइ महाअभियान ६८९ औँ हप्तामा प्रवेश

काठमाडौं– ‘राष्ट्रका लागि हप्ताको दुई घण्टा स्वयंसेवा’ भन्ने नाराका साथ

अवरुद्ध कालीगण्डकी करिडोर पुनः सञ्चालन

गण्डकी– पहिरोका कारण अवरूद्ध बनेको कालीगण्डकी करिडोरको बागलुङ खण्डमा आठ

पत्रकार किलम्बूलाई ‘हरिलाल–श्रीलक्ष्मी स्मृति’ पत्रकारिता पुरस्कार

भक्तपुर– यस वर्षको ‘हरिलाल–श्रीलक्ष्मी स्मृति पत्रकारिता पुरस्कार’ कान्तिपुर टेलिभिजनका पत्रकार

हरिशयनी एकादशीका अवसरमा बूढानीलकण्ठमा भक्तजनको भीड (तस्बिरहरू)

काठमाडौँ– प्रत्येक वर्ष आषाढ शुक्ल एकादशीका दिन घर घरमा तुलसीको

एक वर्षमा एक लाख २७ हजार बढी चिठीपत्र तथा हुलाक सामग्री ओसारपसार

कैलाली– मोबाइल, इमेल र सामाजिक सञ्जालको बढ्दो प्रयोगले परम्परागत हुलाक