रोयल आचार्य आर्थिक मिडिया सञ्चालक सङ्घको अध्यक्ष चयन « Khabarhub

रोयल आचार्य आर्थिक मिडिया सञ्चालक सङ्घको अध्यक्ष चयन


११ माघ २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- आर्थिक मिडिया सञ्चालकको संस्था इकोनोमिक मिडिया एसोसिएसन नेपाल इमानको नयाँ कार्यसमिति चयन भएको छ । आज सम्पन्न इमानको पहिलो अधिवेशनले केटिएम भ्वाइस डटकमका रोयल आचार्यको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो ।

कार्यसमिति उपाध्यक्षमा दैनिकी डटकमका माधवप्रसाद तिवारी र अर्थबजार डटकमका डिल्लीप्रसाद सापकोटा चयन भएका छन् ।

संस्थाको महासचिवमा अर्थसरोकार डटकमका सुरज प्याकुरेल चयन भएका छन् भने उपमहासचिवमा अर्थतन्त्र डटकमका रामेश्वर कार्की र सचिवमा क्रसचेक मासिकका टङ्क कार्की निर्वाचित भएका छन् ।

संस्थाको कोषाध्यक्षमा रोजगार मिडियाका फणीन्द्रप्रसाद दाहाल र सहसचिवमा आर्थिक प्लस डटकमका अमिर लामा चयन भएका छन् । कार्यकारी सदस्यमा कर्पोरेट बजारकी अप्सरा गौतम चयन भएकी छिन् ।

आर्थिक विधाका सञ्चारमाध्यमको हकहितका लागि भन्दै गठन गरिएको इमानमा हाल २२ वटा आर्थिक मिडिया सदस्य रहेको अध्यक्ष आचार्यले जानकारी दिए ।

प्रकाशित मिति : ११ माघ २०७९, बुधबार  ९ : ३६ बजे

झापामा वित्तीय अपराध बढ्दो, एक वर्षमा ३७३ मुद्दा दर्ता

झापा– डिजिटल प्रविधिको विस्तारसँगै आर्थिक कारोबार सहज बन्दै गए पनि

विश्वकप लिग-२: नेदरल्यान्ड्स शृङ्खला भोलिदेखि, पहिलो खेलमा नामिबियासँग भिड्दै नेपाल

काठमाडौँ – आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गतको त्रिकोणात्मक शृङ्खलाका लागि

रौतहट प्रहरीबाट एक वर्षमा ४४८ फरार प्रतिवादी पक्राउ

पर्सा– जिल्ला प्रहरी कार्यालय रौतहटले आर्थिक वर्ष २०८२–८३ मा विभिन्न

च्याउ टिप्न निकुञ्ज छिरेका कञ्चनपुरका १४ जना महिला सम्पर्कविहीन, खोजी कार्य जारी

काठमाडौँ – कञ्चनपुरमा च्याउ खोज्न जंगल गएका १४ जना महिला

चार महिनामा तीन हजार ४३५ विपद्का घटना

काठमाडौँ– गत वैशाखदेखि हालसम्म विपदमा परेर १६६ जनाको ज्यान गएको