सरस्वतीको पूजाले जीवनलाई सिर्जनशील बनाउँछ : राष्ट्रपति भण्डारी « Khabarhub

सरस्वतीको पूजाले जीवनलाई सिर्जनशील बनाउँछ : राष्ट्रपति भण्डारी


१२ माघ २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – राष्ट्रपति विद्यादेवी भण्डारीले सरस्वतीको पूजाले जीवनलाई सिर्जनशील बनाउन प्रेरित गर्ने बताएकी छन्। बिहीबार वसन्त पञ्चमी तथा सरस्वती पूजाको अवसरमा शुभकामना सन्देश दिँदै राष्ट्रपति भण्डारीले यसतो बताएकी हुन्।

‘आजको दिन गरिने वसन्त श्रवण र सरस्वतीपूजा केवल औपचारिकता मात्र होइन, हाम्रो जीवनलाई सदैव उर्जाशील बनाइराख्ने र नवीन सिर्जनाका लागि प्रेरित गरिरहने अवसर पनि हो’, राष्ट्रपतिको शुभकामना सन्देशमा भनिएको छ, ‘यस पर्वको माध्यमबाट मौलिक संस्कृतिको संरक्षण एवम् संवर्द्धनका साथै मुलुकको सामाजिक तथा सांस्कृतिक विविधता बीच एकता कायम गरी राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन समेत योगदान पुग्ने विश्‍वास लिएको छु।’

उनले वसन्त पञ्चमी तथा सरस्वती पूजाको अवसरमा विद्याकी देवी सरस्वतीको हामी सबैमा कृपा रहिरहोस् भन्दै हार्दिक शुभकामना व्यक्त गरेकी छन्।

शुभकामना सन्देशमा राष्ट्रपति भण्डारीले सरस्वतीलाई शिक्षा, ज्ञान, कला र सङ्गीतकी आदिस्रस्टाका रूपमा मानिने परम्परा रहिआएको उल्लेख गरेकी छन्।

‘सरस्वतीको एउटा हातमा रहेको वीणालाई नादको रचना गर्ने यन्त्र मानिएको छ। ब्रम्हाण्डमा नाद अर्थात् ध्वनी मात्र सर्वव्यापक छ। यन्त्र र नादको लयबाट संगीतको रचना भएको वैदिक मान्यता पाइन्छ’, शुभकामना सन्देशमा थप भनिएको छ, ‘अर्को हातमा रहेको पुस्तकलाई अक्षरको स्रोत मानिएको छ। क्षय नहुने रचनालाई अक्षर भनिन्छ। लेखिएका कुराहरू कहिल्यै नाश हुँदैनन् भन्ने भावबाट नै मानव सभ्यताले लेख्य भाषाको विकास र परिष्कार गरेको पाइन्छ।’

वसन्त पञ्चमीकै दिन बालबालिकाहरूलाई घरमै अक्षरारम्भ गराउने वा विद्यालय भर्ना गर्ने, कला(सङ्गीतका साधकहरूले आफ्ना कुची एवं वाद्ययन्त्रहरूलाई सरस्वतीकै देन मानेर पूजा गर्ने परम्परा विकास भएको छ। नवीन कार्यको प्रारम्भ गर्न र साइत जुराउनु पर्ने शुभ कार्यका लागि समेत यही दिनलाई रोजी विवाह, व्रतबन्ध आदि गर्ने प्रचलन रहिआएको छ।

वसन्त पञ्चमीको प्राकृतिक महत्व उत्तिकै छ। साहित्यकार र कविहरूका लागि वसन्त आफैंमा नयाँ रङ्ग र फूलहरूको उत्सव हो। वसन्त ऋतुको प्रारम्भ हुने र सूर्य उत्तरायण हुँदै जाँदा दिन लामो र रात छोटो हुँदै हिउँदको जाडोबाट क्रमशः न्यानो हुँदै जाने भएकाले नेपाली जनजीवन र प्रकृतिको निकटतालाई दर्शाउँने गरेको छ।

प्रकाशित मिति : १२ माघ २०७९, बिहीबार  ७ : ०७ बजे

जलविद्युत् आयोजनाले बढायो वनको राजस्व

म्याग्दी– जलविद्युत् तथा प्रसारण लाइन आयोजनाले सरकारी वन क्षेत्र प्रयोग

पौवादुङमामा ‘गाईभैँसी पकेट विकास कार्यक्रम’

भोजपुर– पशुपालनमार्फत किसानलाई आत्मनिर्भरसँगै आयआर्जनमा जोड्ने उद्देश्यका साथ भोजपुरको पौवादुङमा

पाठ्यक्रम परिमार्जन : पाठ्यभार घटाउनदेखि एआई समेट्नेसम्मका सुझाव

भक्तपुर–  ‘राष्ट्रिय पाठ्यक्रम प्रारूप, २०७६’ परिमार्जनका लागि सातै प्रदेशमा आयोजित

वैदेशिक लगानीकर्ताको आकर्षण सूचना प्रविधिका परियोजनामा

काठमाडौं- पछिल्लो समय सूचना प्रविधि (आईटी) का परियोजनामा वैदेशिक लगानीकर्ताको

पर्सामा गाँजा र ब्राउन सुगरसहित दुई जना पक्राउ

वीरगञ्ज– प्रहरीले पर्साका विभिन्न स्थानबाट गाँजा र ब्राउन सुगरसहित दुई