अनार खेती गरेर आत्मनिर्भर बन्दै राजेन्द्र र ऋषिराम | Khabarhub Khabarhub

अनार खेती गरेर आत्मनिर्भर बन्दै राजेन्द्र र ऋषिराम


१२ माघ २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

चौतारा– सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका–१० भोटसिपाका दुई किसान ४० रोपनी जमिनमा अनार खेती गरेर आत्मनिर्भर बनेका छन् । 

कृषक राजेन्द्र आचार्य र ऋषिराम भट्टराईले १० वर्षअघि भारतबाट बिरुवा झिकाई आफ्नै १५ लाखको लगानीमा अनार खेती सुरु गरेका हुन् । अरबत्ता, मृदुला, सिन्दुरे र गणेश प्रजातिका अनारको खेतीबाट प्रतिरोपनी एक लाखका दरले ४० लाख आम्दानी हुने अनुमान कृषक आचार्यले गरेका छन् । अघिल्लो वर्ष रु १० लाखको अनार उत्पादन भएकामा यस वर्ष १५ लाखको उत्पादन हुने आचार्यले बताए।

उक्त अनार खेतीलाई नेपाल सरकारले बिरुवाको स्रोत केन्द्रका रूपमा मान्यता दिएको दाबी गर्दै गुणस्तरीय प्रजातिको बिरुवा नेपालभर बिक्री वितरण गर्न सक्षम भएको कृषक आचार्यको भनाइ छ । 

नेपालमा अनारका लागि भारतको भर पर्नुपर्ने अवस्था रहेको र त्यसको खेती नेपालमै हुनसके ठूलो धनराशि विदेश जानबाट रोकिनुका साथै किसानले पनि राम्रो फाइदा लिन सक्ने अपेक्षा कृषक भट्टराईको छ ।

प्रकाशित मिति : १२ माघ २०७९, बिहीबार  ७ : ५४ बजे

बाढी र पहिरोले पाँच राजमार्ग अवरुद्ध

काठमाडौं – बाढी र पहिरोका कारण आज देशका विभिन्न पाँच

‘खेलको माध्यमबाट खेलाडी आयआर्जन गर्ने अवस्था बनिरहेको छ’

मोरङ– युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले सरकारले खेलाडीलाई खेलको माध्यमबाट

पर्यटकको गन्तव्य बाजुराको ‘वीरेखोला झरना’ 

धनगडी – समयसँगै मानव स्वभाव र रुचिहरू फेरिएको देखिन्छ । घरपरिवार

टिचिङमा इर्मजेन्सी १५ शैय्या र आधुनिक एमआरआईको उद्‌घाटन

काठमाडौं– स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले त्रिवि शिक्षण अस्पतालमा