माओवादी बैठक : राष्ट्रपति निर्वाचनको बारेमा के भयो छलफल ? | Khabarhub Khabarhub

माओवादी बैठक : राष्ट्रपति निर्वाचनको बारेमा के भयो छलफल ?


१२ माघ २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेकपा (माओवादी केन्द्र) स्थायी कमिटीको बैठकमा पार्टी एकता, सङ्गठन विस्तारलगायत समसामयिक विषयमा छलफल भएको छ ।

बैठकमा पार्टी अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पछिल्लो समसामयिक विषयमा संक्षिप्त लिखित प्रतिवेदन प्रस्तुत गर्नुभएको उपाध्यक्ष कृष्णबहादुर महराले जानकारी दिए । सोही अवसरमा अध्यक्ष दाहालले सरकार बन्नुभन्दा पहिला सम्पन्न भएको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन, निर्वाचनपछिको समग्र पार्टीको अवस्था, सरकार निर्माणका क्रममा भएको गठबन्धन निर्माण, सरकारको गतिविधिलगायतका विषयमा ब्रिफिङ गरेका थिए । बैठकमा राष्ट्रपतिय निर्वाचनको बारेमा सामान्य छलफल भएको थियो ।

त्यसैगरी बैठकमा पार्टीका उपमहासचिव वर्षमान पुनको स्वास्थ्यलाभको कामना गर्दै पोखरामा भएको यती एयरलाइन्सको हवाई दुर्घटनामा परी मृत्यु हुनेका परिवारलाई राहतको व्यवस्था गर्नुपर्ने विषयमा पनि छलफल भएको थियो । आजदेखि सुरु भएको सो बैठक शुक्रबार बिहान ११ बजे पुनः बस्ने छ । शुक्रबारको बैठकमा राष्ट्रपतिको निर्वाचनको सम्बन्धमा पनि छलफल हुनसक्ने उपाध्यक्ष महराले जानकारी दिए ।

प्रकाशित मिति : १२ माघ २०७९, बिहीबार  ८ : ३९ बजे

सौर्य जहाज दुर्घटना पीडितका प्रश्नै प्रश्न, गृहमन्त्रीले भने : फेरि जाँच हुनुपर्छ, सहयोग गर्छु

काठमाडौँ– सौर्य एयरलाइन्सको जहाज दुर्घटनाको न्यायिक जाँच गर्न माग गर्दै

रुसको रियाजानमा कारखाना विस्फोट : २० जनाको मृत्यु, १३४ घाइते

एजेन्सी – रुसको रियाजान क्षेत्रको शिलोभ्स्की जिल्लामा अवस्थित एक कारखानामा

बोको हरामका संस्थापकका छोरा चाडबाट पक्राउ

एजेन्सी– बोको हरामका संस्थापकका कान्छा छोरालाई चाडबाट पक्राउ गरिएको छ

नेपाल र चीनका तीन गाउँबीच ‘जीवन्त गाउँ परियोजना’मा सम्झौता

काठमाडौं– चाइना फाउन्डेसन फर रूरल डेभलपमेन्ट (सिएफआरडी)को १०औँ वार्षिकोत्सवका अवसरमा