सङ्खुवासभामा प्रदेशस्तरीय भलिबल प्रतियोगिता सञ्चालन हुने « Khabarhub

सङ्खुवासभामा प्रदेशस्तरीय भलिबल प्रतियोगिता सञ्चालन हुने


१२ माघ २०७९, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

सङ्खुवासभा – सङ्खुवासभाको खाँदबारीमा प्रदेश नं १ स्तरीय पुरुष भलिबल प्रतियोगिता हुने भएको छ । सदरमुकाम खाँदबारीमा माघ १८ देखि २१ गतेसम्म प्रदेश नं १ स्तरीय तेस्रो रेजिना रनिङ शिल्ड पुरुष भलिबल प्रतियोगिता सञ्चालन हुने भएको हो ।

आयोजक सूर्य आवसीय माध्यमिक विद्यालयले खाँदबारीमा आज पत्रकार सम्मेलन आयोजना गरेर प्रतियोगिताबारे जानकारी दिएको हो । भलिबल प्रतियोगितामा आयोजकसहित प्रदेश १ का १४ जिल्लाका १५ टिमको सहभागिता रहने आयोजक सूर्य बोर्डिङ स्कुलले जनाएको छ ।

प्रतियोगिताको विजेताले रु एक लाख ११ हजार एक सय ११, दुई सय तोला चाँदीको ट्रफी, उपविजेताले रु ५५ हजार, तेस्रो हुने टिमले रु ३३ हजार र सान्तवना हुने टिमले रु ११ हजार नगद पुरस्कारसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्ने प्रतियोगिता आयोजक समितिका अध्यक्ष तीर्थ पन्तले जानकारी दिए ।

प्रकाशित मिति : १२ माघ २०७९, बिहिबार  १० : २४ बजे

चङ्गा : अन्तर्राष्ट्रिय खेल पर्यटनदेखि दसैँको उत्सवसम्म

दसैँको सिजन आउँदा सहरका घरका छतहरूबाट चङ्गा उडाउने दृष्य अब

कञ्चनपुरको गड्डाचौकीमा ‘अल्फा’ र ‘डेल्टा’ को ड्युटी: सीमापार अपराध रोक्न कडा सुरक्षा कडाइ

महेन्द्रनगर – नेपाल-भारत सीमावर्ती क्षेत्रमा हुनसक्ने आपराधिक गतिविधि, लागूऔषध ओसारपसार

दसैँको मुखमा नुवाकोटवासीलाई राहत, ढुङ्गे र त्रिशूली बजार जोड्ने झोलुङ्गे पुल सञ्चालन

नुवाकोट – गत भदौ १० गते भोटेकोशीको बाढीले नुवाकोटको विदुर

१२ शय्याबाट सुरु भएको यात्रा: करोडौँको दृष्टि परीक्षण र लाखौँ शल्यक्रिया

काठमाडौँ – कुनै समय पूर्वी नेपालका नागरिकलाई आँखामा सामान्य समस्या

चितवन: दसैँमा ३० करोडभन्दा बढीको खसी-बोकाको व्यापार हुने अनुमान

चितवन – बडादसैँका अवसरमा चितवनमा यस वर्ष ३० करोड रुपैयाँभन्दा