७ वर्ष पछि छविलालको कृत्रिम खुट्टा प्रत्यारोपण  « Khabarhub

७ वर्ष पछि छविलालको कृत्रिम खुट्टा प्रत्यारोपण 



दोहा – कतारमा सवारी दुर्घटनामा परेका सल्यान कपुरकोट गाउँपालिकाका छविलाल बुढाको कृत्रिम खुट्टा प्रत्यारोपण गरिएको छ।

गैरआवासीय नेपाली संघ (एनआरएनए) कतारको समन्वयमा कतारको परोपकारी संस्था कतार रेडक्रिसेंटले कृत्रिम खुट्टा जोड्नका लागि आवश्यक रकम सहयोग गरेको हो।

राष्ट्रिय समन्वय परिषद् कतारका अध्यक्ष मोहम्मद मुक्तदा मुसलमानका अनुसार एनआरएनएको सहयोगमा हमद हस्पिटलमा बिहीबार कृत्रिम खुट्टा जोडिएसँगै छविलाल सामान्य हिँडडुल गर्न सक्ने भएका छन्।

२०१७ नोभेम्बरमा भएको सवारी दुर्घटना परि खुट्टा गुमाएर हमद हस्पिटलमा उपचाररत उनलाई त्यतिबेला पनि एनआरएनएले कतार रेड क्रसियन्टमार्फत सुविधा सम्पन्न व्हिल चिअर प्रदान गरेको थियो।

विगत १३ वर्ष अघि कतार पुगेर आईटीसीसी कम्पनीमा काम गर्न थालेका उनी छुट्टीमा घर आउने जाने गरिरहेका थिए। दुर्घटनामा परेपछि उनी दुई वर्ष काम गर्न नसक्ने अवस्थामा बसे।

कृत्रिम खुट्टा लगाएपछि सन् २०२० मा कम्पनी स्टोरमा काम पाए। कम्पनीले बेसिक तलब ८ सय कतारी रियाल दिने भनेको थियो। त्यो पनि उनले नियमित पाएनन्। त्यसपछि सुरु भएको कोरोना महामारीको करण त्यो काम पनि छोड्नु पर्‍यो। फेरि उनले कम्पनीमा वाचमेनका रुपमा काम पाएका थिए।

पछिल्लो समय एनआरएनए कतारले समस्यामा परेका नेपालीलाई सहयोग गरिररहेको छ।

प्रकाशित मिति : १३ माघ २०७९, शुक्रबार  ८ : ०० बजे

सम्पत्ति छानबिन आयोगको काम अघि नबढाउन सर्वोच्चको अन्तरिम आदेश

काठमाडौं – सम्पत्ति छानबिन आयोगलाई कसैको पनि सम्पत्ति छानबिन नगर्न

गिद्ध संरक्षणसँगै पर्यटकीय र अध्ययन केन्द्रका रूपमा विकसित हुँदै जटायु रेष्टुरेन्ट

नवलपरासी – नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको कावासोती नगरपालिकास्थित नमूना मध्यवर्ती

नेपाल–भारत ऊर्जा बैठक : विद्युत् आयात-निर्यात क्षमता बढाउने सहमति

काठमाडौं – नेपाल र भारतबीच विद्युत् आयात–निर्यातको क्षमता विस्तार गर्ने

सरकार आर्थिक सुधारमा प्रयत्नशील छ : अर्थमन्त्री

काठमाडौं – अर्थमन्त्री डा स्वर्णिम वाग्लेले उच्चस्तरीय आर्थिक सुधार सुझाव

सुदूरपश्चिममा बजेट पारित गर्न दलहरूसँग संवाद जारी

सुदूरपश्चिम – सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले संवैधानिक व्यवस्थाअनुसार आगामी